गाँजा खान नपाएपछि बञ्चरो प्रहार गरी साथीको हत्या
नेपालबहस संवाददाता
असोज २९, २०७७ बिहिबार १८:१३:३
२९ असोज, बनियानी । बञ्चरो प्रहार गरी साथीको हत्या गरेको अभियोगमा प्रहरीले झापाको कनकाई नगरपालिकाबाट एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा कनकाई–७ का २२ वर्षीय रविन राजवंशी रहेका छन् । इलाका प्रहरी कार्यालय अनारमनीमा आज पत्रकार सम्मेलन गर्दै जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक कृष्ण कोइरालाले अभियुक्तलाई सार्वजनिक गरे ।
बुधबार बिहान कनकाई–३ एकान्त टोलस्थित सुरुङ्गा खोलाको बाँध र बाँसघारीको झ्याङको बीचमा सोही स्थानका २२ वर्षीय अभिषेक चौधरीको धारिलो हतियार प्रहार गरी हत्या गरिएको अवस्थामा शव फेला परेको थियो । “युवाको शव हत्या गरेको अवस्थामा फेला परेको सूचना पाएपछि प्रहरीले अनुसन्धान थालेको हो”, प्रमुख कोइरालाले भने, “सोही दिन अभियुक्तलाई पक्राउ ग¥यौँ ।’
शव फेला परेको अघिल्लो दिन अर्थात् मंगलबार राति ९ः३० बजे घटना भएको प्रारम्भिक अनुसन्धानबाट खुलेको प्रहरीले जनाएको छ । मृतक र अभियुक्त दुवै लागुऔषध दुव्र्यसनी रहेको प्रहरीले जनाएको छ ।
यसरी भयो हत्या
मृतक अभिषेकले रविनलाई रू १०० दिएर गाँजा किन्न पठाएका थिए । रविनले गाँजा किनेर ल्याएको र सेवन गर्ने बेलामा मृतक अभिषेकले ‘तलाई दिन्न त के गर्छस्’ भनेर गाली गलौज गरेर एक झापड हिर्काएका थिए । अभिषेकसँग रहेका अन्य साथीले समेत कान तानेर निस्काएको अनुसन्धानबाट खुलेको छ ।
सोही घटनापछि आफू अपमानित भएको महसुस गरेर रविनले आफ्नो घर गएर दाउराको थाकमा राखिएको बञ्चरो लिएर आएका थिए । अभिषेकलाई पर्खिएर गतिविधि नियालिरहेका रविनले अभिषेकले मोबाइलको टर्च बालेर भुइँमा घोप्टो परेर केही खाने चिज बनाउँदै गरेको देखे र सोही अवस्थामा पछाडिबाट बञ्चरोले टाउकोमा प्रहार गरेको अनुसन्धानबाट खुलेको छ ।
“घटना हुनुमा लागुऔषध दुव्र्यसन कारक रहेको देखिन्छ”, प्रमुख कोइरालाले भने, “गाँजा खान नपाएपछि र अपमानित भएको महसुस गरेर अभियुक्तले हत्या गरेको बुझिन्छ ।” घटनापछि मृतकका साथीको पहिचान गर्ने क्रममा अरू सबै सम्पर्कमा आए पनि रविन नआएकाले शङ्का लागेर खोजी गर्दा कनकाई–७ त्रिवेणी टोलबाट बुधबार राति करिब ९ः४५ बजे उनलाई प्रहरीले पक्राउ गरेको हो ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपअवैध लागूऔषधसहित तीन जना पक्राउ
असोज ११, २०८१ शुक्रबार
अवैध लागूऔषध खैरो हेरोइनसहित दुई जना पक्राउ
असोज ११, २०८१ शुक्रबार
जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ
असोज ११, २०८१ शुक्रबार
न्यून कार्बन उत्सर्जन गर्न ऊर्जा प्रभावकारी भवन निर्माण आवश्यक छ : उपप्रधानमन्त्री सिंह
असोज ११, २०८१ शुक्रबार
नेपाली कांग्रेस शिक्षा विभागमा १० सदस्य मनोनीत
असोज ११, २०८१ शुक्रबार
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा चङ्गा, ड्रोन र बेलुन उडाउनेलाई कारबाही गरिने
असोज ११, २०८१ शुक्रबार
उखु र दुध किसानको भुक्तानीका लागि रकम निकासा
असोज ११, २०८१ शुक्रबार
उपत्यकाका नदीहरुमा पानी सतह बढ्यो, बागमती नदीले खतराको तह पार गर्यो
असोज ११, २०८१ शुक्रबार
न्यायाधीश सिफारिस गरेकोप्रति बारको असन्तुष्टि
असोज ११, २०८१ शुक्रबार