साताको अन्तिम दिन सामान्य मात्र बृद्धि भएको बजारको प्राविधिक विश्लेषणले के देखायो ?
![आर्थिक संवाददाता](
https://nepalbahas.prixacdn.net/media/albums/NB_r6hvTcJYac_jYm4x4A9NS.jpeg
)
आर्थिक संवाददाता
असोज २९, २०७७ बिहिबार २२:४६:४५
![](https://nepalbahas.prixacdn.net/media/albums/Graph-5_aVy1LgcxN1.png)
२९ असोज, काठमाडाैं । आज शेयरबजारमा सामान्य मात्र वृद्धि देखिएको छ । नेप्से परिसूचक १ दशमलव २९ अंकले वृद्धि हुँदै १५६२ दशमलव ४६ को विन्दुमा बन्द भएको छ ।
आज १९६ कम्पनीको शेयर कारोवार हुँदा १ अर्ब ४२ करोडको शेयर कारोवार भएको छ । नेकपाका महासचिव विष्णु पौडेल अर्थमन्त्री भएको खबरसँगै सुरुवाती समयमा लगानीकर्ताहरु आकर्षित भएपनि त्यो आकर्षण धेरै बेर टिक्न सकेन् ।
नेप्से परिसूचक शुन्य दशमलव ०८ प्रतिशतले वृद्धि भएको छ । बजार १५६४ दशमलव ६९ को विन्दुमा खुलेकोमा बजारको उच्च विन्दु १५७९ दशमलव ५६ रहेको थियो । बजारले १५६० दशमलव ६९ को न्यून विन्दु समातेको थियो । आज बजारमा बिक्रीकर्ता नै हावी भएको देखिन्छ।
आज सर्वाधिक कारोवार हुने ५ कम्पनीहरु :
आज सर्वाधिक कमाउने ५ कम्पनीहरु :
आज सर्वाधिक गुमाउने ५ कम्पनीहरु :
✍ प्राविधिक बिश्लेषण :
प्रतिरोध २ः १६१५ । प्रतिरोध १ः १५८० । टेवा १ः १५४० । टेवा २ः १५००
✍ आज शेयर कारोबारको पहिलो समयमा नेप्से बढे पनि बजार खुलेको ४० मिनटमा नै बजार घट्यो, त्यसपछि बजार प्रवृत्तिहिन रहेको थियो । आजको मैनबत्तीले “इन्भर्टेड ह्यामर” मैनबत्तीको आकृति बनाएको छ, यसले बजारको प्रवृत्तिमा परिवर्तन हुन सक्ने संकेत गरे पनि अर्को दिनको मैनबत्तीलाई पनि बिश्लेषण गर्नु पर्ने हन्छ । आजको परिमाण भने प्रभावकारी देखिन्दैन ।
✍ दैनिकी अवधिमा “आरएसआई” ५४ दशमलब ४२ को बिन्दुमा छ। यसको प्रवृत्तिले बजारमा विक्रेताको चाप भए पनि बजार घट्दो प्रवृत्तिमा नरहेको जानकारी गराएको छ ।
✍ “एडीएक्स” र जोड ÷ बिजोड “डाइरेक्सनल इन्डेक्स”हरुले पनि बजारमा विक्रेताको चाप रहेको जानकारी गराएको छ।
✍ “अन ब्यालेन्स भल्यूम” ले बजारमा माग घट्न थालेको जानकारी गराएको छ।
✍ बजार लगभग तीन सातादेखि प्रवृत्तिहिन रहेको देखिन्छ र हाल बजार १५५० को टेवा क्षेत्र नजिक रहेको देखिए पनि बजार बढी हाल्ने संकेत भने गरेको नदेखिएकोले बजार प्रवेश गर्न अघि सूचकहरुको सकारात्मक संकेत पर्खनु उपयुक्त देखिन्छ ।
आर्थिक संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपप्रि-ओपन सेसनमा नेप्से ३.६७ अंकले बढ्यो
माघ २३, २०८१ बुधबार
२४.५० अंकले बढ्यो बजार: ९ अर्ब ४० करोडको कारोबार, सबै समूहको उपसूचकमा हरियाली
माघ १५, २०८१ मंगलबार
नेकपा माओवादीभित्र नेतापिच्छे गुटः कमजोर वर्षमान, उदाए जनार्दन
नेपालबहस संवाददाता
फागुन ४, २०८१ आइतबार
नेपाल प्रहरीमा बढुवा भएका ७२ जना डीएसपीले दर्ज्यानी चिन्ह पाए, १४ जनाको सरुवा
फागुन ४, २०८१ आइतबार
७१ जना उपसचिवको सरुवाः नामावलीसहित
फागुन ४, २०८१ आइतबार
कार दुर्घटनामा परी महाकुम्भ मेलाबाट फर्कदै गरेका रुपन्देही देवदहका ३ जनाको मृत्यु
फागुन ५, २०८१ सोमबार
प्रधानमन्त्री ओलीले गरे लुम्बिनी प्रदेश सभामा विशेष सम्बोधन
फागुन ५, २०८१ सोमबार