सांस्कृतिक सभ्यता जोगाउँदै शहरी विकास गरिने छः मन्त्री श्रेष्ठ
नेपालबहस संवाददाता
असोज २९, २०७७ बिहिबार २३:३६:३३
२९ असोज, काठमाडौं । नवनियुक्त शहरी विकासमन्त्री कृष्णगोपाल श्रेष्ठले सांस्कृतिक सभ्यता जोगाउँदै विकासको काम अघि बढाइने बताएका छन् । सिंहदरबारस्थित मन्त्रालयमा आज कार्यभार सम्हाल्दै उनले यसअघि मन्त्रालयको जिम्मेवारी सम्हालेका वसन्तकुमार नेम्वाङले शुरु गरेको सकारात्मक कामलाई निरन्तरता दिँदै आफ्ना कार्यक्रम अघि ल्याइने जानकारी दिए ।
मन्त्री श्रेष्ठलाई भौतिक पूर्वाधार तथा यातायातमन्त्री नेम्वाङ, शहरी विकास राज्यमन्त्री रामवीर मानन्धर, सचिव मधुसूदन अधिकारीलगायत मन्त्रालय र मन्त्रालयअन्तर्गतका विभाग र महाशाखा प्रमुख र कार्यरत कर्मचारीले स्वागत गरेका थिए । काठमाडौं महानगरपालिकाका प्रमुख विद्यासुन्दर श्रेष्ठ, प्रदेशसभा सदस्य अजयक्रान्ति शाक्य, केशव पोखरेललगायतको पनि कार्यक्रममा सहभागिता थियो ।
मन्त्रालयले आज मन्त्री श्रेष्ठको स्वागतसँगै निवर्तमान शहरी विकासमन्त्री नेम्वाङको बिदाइसमेत गरेको छ । मन्त्री नेम्वाङले मन्त्रालयको इतिहासमा अहिले राम्रो नेतृत्व आएको बताउँदै श्रेष्ठको कार्यकाल सफल र गौरवपूर्ण हुने विश्वास व्यक्त गरे । मन्त्रालयका सचिव अधिकारीले मन्त्री नेम्वाङले जिम्मेवारी सम्हालेपछि ‘जनता आवास कार्यक्रम’ ले गति लिएको, उनकै पहलमा चालु आवमा डेढ लाख घरका खरको छाना विस्थापन र आगामी तीन वर्षमा देशभरबाट विस्थापित गर्ने कार्ययोजना बनाइएको जानकारी दिँदै अब मन्त्री श्रेष्ठको नेतृत्वमा पहिले शुरु भएका कामले गति लिने र अरु थप कार्यक्रम अघि बढ्ने बताए ।
उनले भने, “गत वर्षदेखि गोदावरीमा अन्तरराष्ट्रिय सम्मेलन केन्द्र, सैँबुमा मन्त्री निवास, मुख्यमन्त्रीहरुको सम्पर्क कार्यालय, सिंहदरबारमा संसद् भवनलगायत महत्वपूर्ण संरचना अघि बढिरहेका छन् ।”सो मन्त्रालयमा एक वर्षबीच तीन मन्त्रीले जिम्मेवारी सम्हालिसकेका छन् । विसं २०७५ जेठ १८ गते सङ्घीय समाजवादी फोरम पार्टीका तर्फबाट मोहम्मद इस्तियाक राईले मन्त्रालयको जिम्मेवारी सम्हालेका थिए । पार्टी सरकारबाट बाहिरिने निर्णयसँगै मन्त्री राईले पुस ८ गते प्रधानमन्त्री ओलीसमक्ष राजीनामा दिए ।
गत पुस २५ गते सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटालाई नै शहरी विकास मन्त्रालयको जिम्मेवारी दिइएको थियो । मन्त्री बाँस्कोटाले गत फागुन ८ गते राजीनामा दिएपछि फागुन १२ गते भौतिक पूर्वाधारमन्त्री नेम्वाङले शहरी मन्त्रालयको समेत जिम्मेवारी सम्हालेका थिए । सो मन्त्रालयमा गत वर्ष मङ्सिर ५ गते राज्यमन्त्रीका रुपमा मानन्धरले जिम्मेवारी पाएका थिए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपप्रधानमन्त्री ओली र कांग्रेस सभापति देउवाबीच भेटवार्ता
मंसिर ३, २०८१ सोमबार
उपनिर्वाचनका लागि सुरक्षा व्यवस्था प्रभावकारी बनाउन गृहमन्त्रालयलाई आयोगको निर्देशन
मंसिर ३, २०८१ सोमबार
नेपाल प्रहरीमा १६ करोडको 'ट्रयाक सुट' खरिदमा करोडौं रुपैया घोटाला !
नेपालबहस संवाददाता
मंसिर १, २०८१ शनिबार
नक्कली फेसबुक आइडिको प्रयोग गरी २७ लाख ठगी आरोपमा पक्राउ
मंसिर ३, २०८१ सोमबार
नेपाल–भारत सीमा सुरक्षा बैठक : सीमापार अपराध नियन्त्रण थप प्रभावकारी बनाउने निष्कर्ष
मंसिर ३, २०८१ सोमबार
काठमाडौं महानगरले वर्गीकृत फोहर मात्रै व्यवस्थापन गर्ने
मंसिर ३, २०८१ सोमबार
आगोले पोलेर घाइते महिलाको उपचारका क्रममा मृत्यु
मंसिर ३, २०८१ सोमबार
डेडिकेटेड तथा ट्रंकलाइन विवाद: ‘टीओडी’का आधारमा बक्यौता गणना गर्न विज्ञ समिति गठन
मंसिर ३, २०८१ सोमबार
प्रधानमन्त्री ओली र कांग्रेस सभापति देउवाबीच भेटवार्ता
मंसिर ३, २०८१ सोमबार