सरकारी स्कुटर जलाउने चार युवक पक्राउ
नेपालबहस संवाददाता
असोज २९, २०७७ शुक्रबार १:१८:५९
२९ असोज, रुपन्देही । प्रदेश राजधानीको विषयलाई लिएर बुटवलमा भएको विरोध प्रदर्शनका क्रममा सरकारी स्कुटर जलाउने चार युवकलाई प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालयले आज सूचना निकालेर रुपन्देहीको तिलोत्तमा नगरपालिकाको नाममा रहेको लु १ प २४७० नम्बरको स्कुटर जलाएको अभियोगमा उनीहरुलाई मुद्धा चलाई कारबाही प्रक्रिया अघि बढाइएको जानकारी गराएको छ ।
जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक खड्कबहादुर खत्रीकाअनुसार बुटवल उमहानगरपालिका –११ बुद्धनगरका २५ वर्षीय भेषराज पोख्रेल, देविनगर बस्ने ३५ वर्षीय रोशन थापा, तिलोत्तमा नगरपालिका –२ बस्ने २८ वर्षिय सन्दिप पाण्डेय र गुल्मीको मालिका गाउँपालिका–८ घर भई बुटवल बस्ने ३० वर्षीय सुरज क्षेत्रीलाई नियन्त्रणमा लिइएको हो । उनीहरुले गत असोज १६ गते बुटवल–११ देविनगरको होराईजन चोकमा सरकारी स्कुटर जलाएका थिए ।
यसैगरी प्रहरीको स्कुटर रोकी धम्की दिने दुई जना युवालाई पनि प्रहरीले नियन्त्रणमा लिएको छ । देवदह नगरपालिका –४ का वसन्त रेग्मी र सोही ठाउँका वसन्तलाई देवदह–५, खैरेनी कचहरा पुलमाथि डिउटीमा जाँदै गरेका प्रहरीको स्कुटर रोकी फुटाईदिउ भन्दै धम्की समेत दिई जबरजस्ती लाईसेन्स बिलबुक मागेको अभियोगमा नियन्त्रणमा लिई कारबाही प्रक्रिया अघि बढाइएको प्रहरी प्रवक्ता खत्रीले बताए । उनीहरुलाई सार्वजनिक शान्ति विरुद्धको कसुर मुद्दा दर्ता गरिएको प्रहरीले जनाएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपप्रहरी अतिरिक्त महानिरीक्षकद्वयलाई दर्ज्यानी चिन्ह प्रदान
कात्तिक १४, २०८१ बुधबार
विधि विज्ञान प्रयोगशालामा जनशक्ति अभाव
कात्तिक १२, २०८१ सोमबार
नायव निरीक्षक दर्नालसहित सम्पर्कविहिन भएका १२ प्रहरीलाई ७ दिनभित्र हाजिर हुन निर्देशन
कात्तिक ११, २०८१ आइतबार
लामिछाने छुटाउन भित्रभित्रै हारगुहारः गृहमन्त्री लेखकसँग डीपीको भेटघाट
कुसुम सेञ्चुरी
कात्तिक १३, २०८१ मंगलबार
प्रहरीमा बढुवा सकसः आठ डीआईजीका लागि दर्जन प्रतिस्पर्धी
नेपालबहस संवाददाता
कात्तिक १३, २०८१ मंगलबार
एआईजी बढुवा र अवकाशमा हुने राजनीतिक चलखेलः को को होलान् एआईजी र डीआईजी ?
नेपालबहस संवाददाता
कात्तिक १४, २०८१ बुधबार
साम्बा भन्छिन्- यो हार बिर्सिन धेरै समय लाग्छ
कात्तिक १५, २०८१ बिहिबार
आयल निगमले घटायो पेट्रोलियम पदार्थको मूल्य
कात्तिक १५, २०८१ बिहिबार
अर्जुन कपुर र मलाइकाकाे ब्रेकअप !
कात्तिक १५, २०८१ बिहिबार
स्पेनको बाढीमा मृत्यु हुनेको संख्या १५८ पुग्यो
कात्तिक १६, २०८१ शुक्रबार
कुश्मिसेरा–राङ्खानी सडक निर्माणमा चरम लापरवाही
कात्तिक १६, २०८१ शुक्रबार
सवारी दुर्घटनामा एकको मृत्यु, एक जनाको अवस्था गम्भीर
कात्तिक १६, २०८१ शुक्रबार
आज देशभर मौसम अनुकूल रहने
कात्तिक १६, २०८१ शुक्रबार
लायन्स क्लव ३२५ केले चोभारमा मञ्जुश्री पार्क बनाउने, अनुमानित लागत ३५ लाख
कात्तिक १६, २०८१ शुक्रबार
दुखाई कम गर्न खाएको पेनकिलरले झन बढाउँछ दुःख
कात्तिक १६, २०८१ शुक्रबार