कोरोनासँग जुध्दै आर्थिक क्रियाकलापलाई अघि बढाउन अर्थमन्त्रीको निर्देशन
नेपालबहस संवाददाता
असोज २९, २०७७ शुक्रबार १:४५:२
२९ असोज, काठमाडौं । नवनियुक्त अर्थमन्त्री विष्णुप्रसाद पौडेलले कोरोना भाइरसको महामारीका कारण अन्य मुलुकमा झैँ नेपालको आर्थिक क्षेत्र पनि प्रभावित भएकाले यसविरुद्ध जुध्दै अगाडि बढ्नुपर्नेमा जोड दिएका छन् । आफ्नो पद बहालीपछि आज मन्त्रालय र मातहत निकायका प्रमुखलाई निर्देशन दिँदै उनले अर्थतन्त्रलाई थप सबल बनाउनु्पर्ने भएकाले त्यसमा सबैको उत्तिकै साथ र सहयोग जरुरी रहेको बताए।
कोरानाका कारण अन्तर्राष्ट्रिय र राष्ट्रिय अर्थतन्त्र तथा आर्थिक क्रियाकलाप सुस्त भएकाले यस्तो अवस्थामा आर्थिक क्रियाकलापलाई माथि उठाउनुपर्नेमा जोड दिँदै उनले अर्थतन्त्रलाई गतिशील बनाउँदै रोजगारी सिर्जना गरी आर्थिक वृद्धिमा समेत लाग्नुपर्ने बताए ।
सरकारको बजेट र मौद्रिक नीतिले लिएका लक्ष्य हासिल गर्न सबैको इमान्दार प्रयास जरुरी रहेकोमा जोड दिँदै उनले नागरिकको जीवनरक्षा गर्दै आर्थिक गतिविधिलाई बढावा दिनुपर्ने बताए । चालु आर्थिक वर्षको बजेटले समेत कोरोनाका कारण सिर्जित समस्या समाधानका लागि मार्गदर्शन गरेको र त्यसको व्यवहारिक कार्यान्वयनले आर्थिक क्षेत्र थप सबल बन्ने मन्त्री पौडेलको भनाइ छ । उनले कोरोना प्रभावित वर्ग तथा क्षेत्रलाई राहत तथा पुनः उत्थानका लागि सरकारले अगाडि सारेका नीति तथा कार्यक्रमको व्यावहारिक कार्यान्वयन नै आजको प्रमुख आवश्यकता हो भने ।
अर्थमन्त्रीले भने “चालू आवको बजेटले पनि धेरै विषय समेटेको छ । यस्तै राष्ट्र बैंकको मौद्रिक नीतिले पनि आर्थिक तथा वित्तीय क्षेत्रको सबलीकरणका लागि धेरै विषय समेटेको छ, त्यसको व्यावहारिक कार्यान्वयन गर्नु जरुरी छ ।” उनले पूँजीगत खर्चका विषयमा सधैँ प्रश्न उठ्ने भएकाले विकास निर्माणको कामलाई प्रभावकारी रुपमा अगाडि बढाउन अवलम्बन गर्न गर्नुपर्ने स्पष्ट दृष्टिकोणका साथ काम गर्न पनि आग्रह गरे ।
अर्थमन्त्री पौडेलले आर्थिक अनुशासन कायम गर्दै अगाडि बढ्न निर्देशन दिँदै वित्तीय क्षेत्रमा सुशासन कायम गर्ने विषय पनि अर्को महत्वपूर्ण कार्यभार रहेको उल्लेख गरे। उनले आर्थिक अनुशासन कायम गर्दै समग्र वित्तीय सुशासनलाई विशेष ध्यान दिएर अन्तरनिकाय समन्वयलाई पनि प्रमुख प्राथमिकतामा राखेर काम गर्नुपर्ने बताए ।
अर्थमन्त्री पौडेलले अन्तरनिकायबीचको सम्बन्धलाई समेत नयाँ ढंगले परिभाषित गरेरअगाडि बढ्नुपर्ने स्पष्ट गर्दै एकार्का निकायबीचको भूमिका परिपूरक भएको भएको र त्यसमा अर्थ मन्त्रालय सहयोगीका रुपमा रहनुपर्ने बताए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपअर्थतन्त्रका सबल सूचकका जगमा कमजोर क्षेत्रहरु सुधार्न अर्थमन्त्रीको निर्देशन
कात्तिक २७, २०८१ मंगलबार
महालेखाले बुझायो आन्तरिक लेखा परीक्षण प्रतिवेदन
कात्तिक २७, २०८१ मंगलबार
लेखापरीक्षण: संघीय र प्रदेश सरकारको गरी साढे २१ अर्ब बेरुजु, पेश्की मात्र १० अर्ब ४५ करोड
कात्तिक २६, २०८१ सोमबार
रविको बयान : खातामा आएको २ करोड झिकेर चलाएको हुँ, कसले पठायो थाहा भएन !
नेपालबहस संवाददाता
कात्तिक २९, २०८१ बिहिबार
प्रहरीद्वारा रवि लामिछानेको सम्पत्ति रोक्का गर्न सम्बन्धित निकायमा पत्राचार
नेपालबहस संवाददाता
कात्तिक ३०, २०८१ शुक्रबार
नेपाल प्रहरीमा १६ करोडको 'ट्रयाक सुट' खरिदमा करोडौं रुपैया घोटाला !
नेपालबहस संवाददाता
मंसिर १, २०८१ शनिबार
नेपाल प्रहरीमा १६ करोडको 'ट्रयाक सुट' खरिदमा करोडौं रुपैया घोटाला !
मंसिर १, २०८१ शनिबार
नेपाल प्रहरीमा ५ डीआईजीको दरबन्दी थप गर्ने अन्तिम तयारी, बढुवाको लिगलिगे दौड !
मंसिर १, २०८१ शनिबार
मेलानिया ट्रम्प ह्वाइटहाउसमा नबस्ने
मंसिर १, २०८१ शनिबार
६ सय एक हप्ता सफाइ गर्दा पनि वागमतीको अवस्था उस्तै
मंसिर १, २०८१ शनिबार
कीर्तिपुर नगरप्रमुखमा कांग्रेसबाट डङ्गोलले चुनाव लड्ने
मंसिर १, २०८१ शनिबार
सहकारी ठगीको अनुसन्धान कहिँकतैबाट प्रभावित हुँदैन् : सञ्चारमन्त्री गुरुङ
मंसिर १, २०८१ शनिबार
‘कूटनीतिक माध्यमबाट’ युद्ध अन्त्य गर्न चाहेको जेलेन्स्कीको भनाइ
मंसिर १, २०८१ शनिबार
जनतासँग सहकार्य गरेर काम गर्न मुख्यमन्त्री कार्कीको निर्देशन
मंसिर १, २०८१ शनिबार
‘गौतम बुद्ध विमानस्थल दीर्घकालिनरूपमा सञ्चालन गरौं’
मंसिर १, २०८१ शनिबार