प्रचण्ड र नेता यामलाल कँडेलबीच भेटवार्ता
नेपालबहस संवाददाता
असोज ३०, २०७७ शुक्रबार २०:१०:१४
३० असोज, काठमाडौं । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नेता यामलाल कँडेलसँग भेटवार्ता गरेका छन् । केही दिनअघि कँडेलकै नेतृत्वमा कर्णाली प्रदेशका मुख्यमन्त्री एवम् कर्णाली नेकपा संसदीय दलका नेता महेन्द्रबहादुर शाहीविरूद्ध १८ सांसदले अविश्वासको प्रस्ताव दर्ता गराएका थिए ।
त्यहाँको विवाद तात्दै गएपछि यता प्रचण्ड सक्रिय भएर विवाद साम्य पार्नतिर लागि परेका थिए । पार्टीका नेता माधवकुमार नेपाल पक्षले साथ दिएपछि प्रचण्ड मुख्यमन्त्री शाहीको पद जोगाउन सफल भएका थिए ।
विवाद साम्य भएपछि प्रचण्डले छलफलका लागि शाही र कँडेल दुवै पक्षलाई काठमाडौं बोलाएका थिए । आज बिहानदेखि भेटवार्ता भएको हो । कँडेलसहित मायाप्रसाद शर्मा र गुलाबजंग शाह आज खुमलटार पुगेको बताइएको छ । मुख्यमन्त्री शाही समूहले भने बिहीबार नै प्रचण्ड र बरिष्ठ नेता माधवकुमार नेपालसँग भेटवार्ता गरेका थिए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपन्यून कार्बन उत्सर्जन गर्न ऊर्जा प्रभावकारी भवन निर्माण आवश्यक छ : उपप्रधानमन्त्री सिंह
असोज ११, २०८१ शुक्रबार
नेपाली कांग्रेस शिक्षा विभागमा १० सदस्य मनोनीत
असोज ११, २०८१ शुक्रबार
लेबनानमा रहेका नेपालीहरुलाई आफ्नो विवरण उपलब्ध गराउन सरकारको आग्रह
असोज ११, २०८१ शुक्रबार
न्यून कार्बन उत्सर्जन गर्न ऊर्जा प्रभावकारी भवन निर्माण आवश्यक छ : उपप्रधानमन्त्री सिंह
असोज ११, २०८१ शुक्रबार
नेपाली कांग्रेस शिक्षा विभागमा १० सदस्य मनोनीत
असोज ११, २०८१ शुक्रबार
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा चङ्गा, ड्रोन र बेलुन उडाउनेलाई कारबाही गरिने
असोज ११, २०८१ शुक्रबार
उखु र दुध किसानको भुक्तानीका लागि रकम निकासा
असोज ११, २०८१ शुक्रबार
उपत्यकाका नदीहरुमा पानी सतह बढ्यो, बागमती नदीले खतराको तह पार गर्यो
असोज ११, २०८१ शुक्रबार
न्यायाधीश सिफारिस गरेकोप्रति बारको असन्तुष्टि
असोज ११, २०८१ शुक्रबार