बैतडीमा चाडपर्व लक्षित लकडाउन, शक्तिपीठहरुमा मेला, जात्रा नगर्न आग्रह
नेपालबहस संवाददाता
असोज ३०, २०७७ शुक्रबार २१:३३:२५
३० असोज, बैतडी । चाडपर्वका बेला भीडभाड बढेर कोराना संक्रमणको जोखिम बढ्ने भन्दै बैतडीमा लकडाउन गरिएको छ । जिल्ला प्रशासन कार्यालयले एक सूचना जारी गर्दै आङ्शिक लकडाउन गर्ने जनाएको हो । दशैँ तिहारका बेला जिल्लाका विभिन्न शक्तिपीठहरुमा हुने मेला, जात्रा, उत्सव, पर्व, सांस्कृतिक तथा सामाजिक जमघट नगर्न आग्रह गरिएको प्रमुख जिल्ला अधिकारी मोहनराज जोशीले जानकारी दिए ।
यसका साथै खेलकुद, विद्यालय, कलेज तथा शैक्षिक संस्थामा पठनपाठन अर्को व्यवस्था नभएसम्मका लागी नगर्न नगराउन सूचनामा भनिएको छ । राजनीतिक दल तथा भ्रातृ सङ्गठनहरुलाई भीडभाड हुने गरी आमसभा गोष्ठी नगर्न र नागरिकहरुलाई सार्वजनिक स्थलहरुमा भीडभाड तथा जमघट नगर्न जिप्रकाले आग्रह गरेको छ ।
जिल्ला प्रशासन कार्यालय बैतडीले दशैँ तिहारका बेला स्वास्थ्यसम्बन्धी मापदण्ड पालनाबारे थप कडाइ गरिएको प्रमुख जिल्ला अधिकारी जोशीले बताए । उनले भने, “चाडपर्वका बेला हुन सक्ने कोरोना संक्रमणको जोखिमलाई मध्यनजर गर्दै स्वास्थ्यसम्बन्धी मापदण्ड पालनाबारे थप कडाइ गरेका हौं, मास्क, सेनिटाइजरलगायत स्वास्थ्यका मापदण्ड पूर्णरुपमा पालना गर्न आग्रह गर्दछौँ ।”
कसैले प्रशासनको आग्रहलाई अटेरी गरे सङ्क्रामक रोग ऐन २०२० तथा अन्य प्रचलित कानूनअनुसार कारवाही हुने जिल्ला प्रशासन कार्यालयले जनाएको छ । बैतडीमा हालसम्म ४४९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । तीमध्ये ३७ जना सक्रिय संक्रमित रहेका छन् । उपचारपछि निको भएर ४११ जना घर फर्केका छन् भने एक जनाको मृत्यु भइसकेको छ । जिल्लामा सबैभन्दा बढी पाटन नगरपालिकामा १९ जना सक्रिय संक्रमित रहेको स्वास्थ्य कार्यालयले जनाएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपशिक्षामा समयानुकूल परिमार्जन आवश्यक छ: मुख्यमन्त्री शाह
मंसिर ३०, २०८१ आइतबार
वर्षासँगै बैतडीसहित सुदूरपहाडमा हिमपात, जनजीवन प्रभावित
मंसिर २४, २०८१ सोमबार
बारामा यसरी भइरहेछ घुमुवामार्फत असुली, नाकाहरूमा तस्करहरूको रजगज
नेपालबहस संवाददाता
पुष २, २०८१ मंगलबार
ललितपुरमा रवि र बालेनप्रति अप्रत्यक्ष खनिए प्रधानमन्त्री
नेपालबहस संवाददाता
पुष २, २०८१ मंगलबार
रविको अनुसन्धान प्रतिवेदन बुझाएसँगै जीबीलाई नेपाल ल्याउने पहल
पुष ४, २०८१ बिहिबार
के परराष्ट्रमन्त्री राणालाई भारतीय विदेशमन्त्री एस जयशंकरले भेट देलान् ?
पुष ३, २०८१ बुधबार
एसइईमा अब ‘एनजी’ आएको विषयमा मात्रै परीक्षा दिन पाइने
पुष ३, २०८१ बुधबार
एनपीएल दोस्रो क्वालिफायर: फाइनल प्रवेशका लागि जनकपुर र कर्णाली भिड्दै
पुष ४, २०८१ बिहिबार
आज पाँचवटा संसदीय समितिको बैठक बस्दै
पुष ४, २०८१ बिहिबार
कस्तो छ तपाईको आजको राशीफल ?
पुष ४, २०८१ बिहिबार
सुन्तला किन्न व्यापारी बगैँचामा, किसान भन्छन् ‘बजार नपाउला भन्ने चिन्ता छैन ’
पुष ४, २०८१ बिहिबार
माडीमा एक हजार दुई सय बढी परिवार गरिबीको रेखामुनि
पुष ४, २०८१ बिहिबार
चितवन राष्ट्रिय निकुञ्ज घुम्नेमा स्वदेशी भन्दा विदेशी बढी
पुष ४, २०८१ बिहिबार