सरकारका गलत रबैयाविरुद्ध आक्रोशित बने कोइराला
नेपालबहस संवाददाता
असोज ३०, २०७७ शुक्रबार २२:२:४३
३० असोज, काठमाडौं । नेपाली कांग्रेसका प्रभावशाली नेता तथा भावी सभापतिका दावेदार डा.शेखर कोइराला वर्तमान सरकारका कार्यशैलीप्रति आक्रामक रुपमा प्रस्तुत हुन थालेका छन् । प्रायः शान्त र संयमित मुद्रामा प्रस्तुत हुने कोइराला सर्लाही जिल्लाको घटनाका बिषयमा भने आक्रोशित बनेका हुन् । आज एक विज्ञप्तिमार्फत डा. कोईरालाले उक्त घटनाको घोर निन्दा र भत्सना समेत गरेका छन् ।
सर्लाही जिल्ला प्रहरी कार्यालयमा बुधबार नेपाली कांग्रेसका नेता तथा कार्यकर्ताहरु माथि भएको दुर्व्यवहारका बिषयमा कोइरालाले सरकारको ध्यानाकर्षण समेत गराएका छन् । उक्त घटनामा नेपाली कांग्रेस सर्लाहीका जिल्ला सभापति तथा माननीय नगेन्द्रकुमार राय र माननीय अमरेश कुमार सिंह लगायत प्रदेशसभा सांसदहरु क्रमशः माननीय उपेन्द्र कुशबाह र माननीय वीरेन्द्रप्रसाद सिंह लगायत सयौं नेता तथा कार्यकर्ताहरु माथि प्रहरीले गरेको दुर्व्यवहारप्रति मेरो गम्भिर ध्यनाकर्षण भएको छ, उनले आफ्नो प्रेस बक्तब्यमा उल्लेख गरेका छन् ।
सर्लाही जिल्लाको रामनगर गाउँपालिका नं. ७ सिसौटका महेन्द्र रामको हत्याबारे जाहेरी दिन जिल्ला प्रहरी कार्यालय पुगेका नेपाली कांग्रेसका नेता तथा कार्यकर्तामाथि प्रहरीले गरेको दुर्व्यवहारको कोइरालाले गम्भिर आपत्ति जनाएका हुन । हत्याको निष्पक्ष छानविन र दोषी माथि कार्वाहीको माग राख्दै गरिएको शान्तिपूर्ण प्रदर्शनमा प्रहरीले गरेको अमानविय व्यवहारले प्रदेश २ मा र सिंगो मुलुकमै कानूनी राज्य छ कि छैन ?? भन्ने गहन प्रश्न समेत उब्जाएको कुरा आफ्नाे प्रेस बिज्ञप्तिमा उल्लेख गरेका छन् ।
बिज्ञप्तिमा भनिएको छ, मृतकको शव बिनाकारण आठ दिनसम्म प्रहरी प्रशासनले बिरगञ्जस्थित नारायणी अस्पतालमा राख्ने, मृतकका परिवारले दिएको जाहेरी दर्ता नगर्ने र पीडितलाई न्याय दिलाउन जाहेरी दर्ता गरी कानूनी प्रक्रिया अगाडि बढाउन आग्रह गर्न आयोजना गरिएको शान्तिपूर्ण र्यालीसहित पुगेका संघीय र प्रदेश सभामा प्रतिनिधित्व गर्ने जनप्रतिनिधिहरु माथि समेत लाठी चार्ज र अश्रुग्याँस प्रहार गर्ने प्रहरीले आम नागरिकलाई कसरी न्याय देला भन्ने प्रश्न उब्जिएको छ ।
कोइरालाले बिज्ञप्तिमा भनेका छन्, म प्रशासनको निर्देशनमा सुरक्षाकर्मीबाट भएको यो घटनाको घोर निन्दा र भत्र्सना गर्दै पक्राउ परेका ब्यक्तिहरुलाई अबिलम्ब रिहाई गर्न, घटनाका घाईतेको उपचार गर्न, मृतकका परिवारको जाहेरी दर्ता गर्न र पीडित परिवारलाई न्याय दिई आवश्यक क्षतिपूर्तिको ब्यवस्था गर्न सरकारसँग जोडदार माग गर्दछु ।
आम सर्वसाधारण नागरिकहरुमा परेको समस्याका बिषयमा तत्काल आवाज उठाएर नेता कोइरालाले कानूनी राज्य, जनताको शासन र सरकारको उत्तरदायित्वका बिषयमा आफ्नो स्पष्ट धारणा समेत प्रकट गरेका छन् । जनताको पक्षमा र पीडितका पक्षमा बोल्ने नेताको खडेरी परिरहेको बेला जनताका समस्यामा यसरी नै आवाज बुलन्द गर्ने डा. कोइरालालाई तमाम नेपालीहरुको तर्फबाट सलाम छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपप्रधानमन्त्री ओली र कांग्रेस सभापति देउवाबीच भेटवार्ता
मंसिर ३, २०८१ सोमबार
उपनिर्वाचनका लागि सुरक्षा व्यवस्था प्रभावकारी बनाउन गृहमन्त्रालयलाई आयोगको निर्देशन
मंसिर ३, २०८१ सोमबार
नेपाल प्रहरीमा १६ करोडको 'ट्रयाक सुट' खरिदमा करोडौं रुपैया घोटाला !
नेपालबहस संवाददाता
मंसिर १, २०८१ शनिबार
नक्कली फेसबुक आइडिको प्रयोग गरी २७ लाख ठगी आरोपमा पक्राउ
मंसिर ३, २०८१ सोमबार
नेपाल–भारत सीमा सुरक्षा बैठक : सीमापार अपराध नियन्त्रण थप प्रभावकारी बनाउने निष्कर्ष
मंसिर ३, २०८१ सोमबार
काठमाडौं महानगरले वर्गीकृत फोहर मात्रै व्यवस्थापन गर्ने
मंसिर ३, २०८१ सोमबार
आगोले पोलेर घाइते महिलाको उपचारका क्रममा मृत्यु
मंसिर ३, २०८१ सोमबार
डेडिकेटेड तथा ट्रंकलाइन विवाद: ‘टीओडी’का आधारमा बक्यौता गणना गर्न विज्ञ समिति गठन
मंसिर ३, २०८१ सोमबार
प्रधानमन्त्री ओली र कांग्रेस सभापति देउवाबीच भेटवार्ता
मंसिर ३, २०८१ सोमबार