अपराध अनुसन्धानमा उत्कृष्ट काम गर्ने नौ प्रहरी पुरस्कृत
नेपालबहस संवाददाता
असोज ३०, २०७७ शनिबार ३:९:१९
३० असोज, नवलपुर । जिल्ला प्रहरी कार्यालय नवलपरासी ‘बर्दघाट–सुस्तापूर्व’ले अपराध अनुसन्धानमा उत्कृष्ट काम गर्ने नौ प्रहरीलाई पुरस्कृत गरेको छ । आज ६५औँ प्रहरी दिवसका अवसरमा कावासोतीमा आयोजित कार्यक्रममा प्रमुख जिल्ला अधिकारी मनमाया भट्टराई पङ्गेनीले सो सम्मान गरेका हुन ।
दिवसकै अवसर पारेर जिल्लामा आयोजित ब्याडमिन्टन तथा टेबल टेनिस प्रतियोगितामा प्रथम र द्वितीय हुने खेलाडी तथा विपद् व्यवस्थापनमा उत्कृष्ट काम गर्ने इलाका प्रहरी कार्यालय दुम्किबास र जिल्ला ट्राफिक प्रहरी कार्यालय नवलपरासी ‘बर्दघाट–सुस्तापूर्व’लाई समेत नगद तथा प्रमाणपत्रबाट पुरस्कृत गरिएको छ ।
चाडपर्व केन्द्रित एकीकृत सुरक्षा योजना अन्तर्गत प्रहरीले सञ्चालन गरेको साइकल गस्तीको समेत प्रहरी दिवसकै अवसर पारेर शुक्रबार उद्घाटन गरिएको छ । प्रहरी दिवस तथा साइकल गस्तीको उद्घाटन गर्दै प्रमुख जिल्ला अधिकारी पङ्गेनीले जिल्लाको शान्ति सुरक्षा कायम गर्न प्रहरीले उत्कृष्ट काम गरेको बताए।
कार्यक्रममा जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक प्रकाश मल्लले जिल्लामा चाडपर्वलाई शान्त, व्यवस्थित र मर्यादित बनाउन विशेष सुरक्षा योजना लागू गरिएको बताए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपप्रहरी अतिरिक्त महानिरीक्षकद्वयलाई दर्ज्यानी चिन्ह प्रदान
कात्तिक १४, २०८१ बुधबार
विधि विज्ञान प्रयोगशालामा जनशक्ति अभाव
कात्तिक १२, २०८१ सोमबार
नायव निरीक्षक दर्नालसहित सम्पर्कविहिन भएका १२ प्रहरीलाई ७ दिनभित्र हाजिर हुन निर्देशन
कात्तिक ११, २०८१ आइतबार
लामिछाने छुटाउन भित्रभित्रै हारगुहारः गृहमन्त्री लेखकसँग डीपीको भेटघाट
कुसुम सेञ्चुरी
कात्तिक १३, २०८१ मंगलबार
प्रहरीमा बढुवा सकसः आठ डीआईजीका लागि दर्जन प्रतिस्पर्धी
नेपालबहस संवाददाता
कात्तिक १३, २०८१ मंगलबार
एआईजी बढुवा र अवकाशमा हुने राजनीतिक चलखेलः को को होलान् एआईजी र डीआईजी ?
नेपालबहस संवाददाता
कात्तिक १४, २०८१ बुधबार
साम्बा भन्छिन्- यो हार बिर्सिन धेरै समय लाग्छ
कात्तिक १५, २०८१ बिहिबार
म्याद सकिए पनि हिरासतमै वित्ने भो रविको तिहार, २० गते मात्र अदालत लगिने
कात्तिक १५, २०८१ बिहिबार
आयल निगमले घटायो पेट्रोलियम पदार्थको मूल्य
कात्तिक १५, २०८१ बिहिबार
फेसने शहर धरानमा ‘सांस्कृतिक तिहार’
कात्तिक १६, २०८१ शुक्रबार
जुम्लामा २० हजार पाँच सय ११ मेट्रिक टन स्याउ उत्पादन
कात्तिक १६, २०८१ शुक्रबार
घर खर्च जुटाउन अम्बा बिक्री गरेर नुनतेलको जोहो
कात्तिक १६, २०८१ शुक्रबार
यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर
कात्तिक १६, २०८१ शुक्रबार
आज नेपाल संवत् अनुसार नयाँ वर्षको पहिलो दिन, नेवार समुदायले म्ह पूजा गरी चाड मनाउँदै
कात्तिक १६, २०८१ शुक्रबार
पञ्चांग निर्णायक समितिले भन्यो, शुक्रबार तिहारको कुनै पर्व छैन
कात्तिक १६, २०८१ शुक्रबार