समाचार प्रभाव:- स्याङ्जा प्रवेश गर्दा पीसीआर रिर्पोट अनिर्वाय नचाहिने
नेपालबहस संवाददाता
कात्तिक १, २०७७ शनिबार १४:३४:३६
१ कार्तिक, स्याङ्जा । दशैंको मुखमा आफ्नो गृहजिल्ला स्याङ्जा प्रवेश गर्दा पीसीआर रिर्पोट अनिवार्य गरेको जिल्ला प्रशासन कार्यालय स्याङ्जाले २४ घण्टा नबित्दै सच्चाएको छ । हिजो असोज ३० गते शुक्रबार स्याङ्जाका प्रमुख जिल्ला अधिकारी (सीडीओ) उमेश बस्नेतले जोखिमपूर्ण क्षेत्रहरुबाट आउने महानुभावहरुको लागि मात्रै आफू र समूदायलाई सुरक्षित भएको आश्वान पार्न यथासम्भव पीसीआर रिर्पाट लिएर जिल्ला आउन अनुरोध मात्रै गरिएको भन्दै विज्ञप्ति जारी गरेका छन् ।
पीसीआर रिर्पोट अनिवार्य नभै सर्वसाधारणमा गरिएको अपिल र आग्रह मात्रै भएको सीडीओ बस्नेतले दावी गरेका छन् । जिल्ला आउन परेमा कोरोना संक्रमण बढी भएको भारत, तेस्रो मुलुक र काठमाडौं उपत्यका लगायतका जोखिमपूर्ण स्थानहरुबाट आउने महानुभावहरुका लागि मात्र आफू र समुदायलाई सुरक्षित भएको आश्वात पार्न यथासम्भव पीसीआर रिर्पोट नेगेटिभ लिएर जिल्ला आउन अनुरोध गरिएको र अन्यथा यस्ता बढी जोखिम क्षेत्रबाट आउनेहरुलाई क्वारेन्टाइनमा बस्न अनुरोध गरिएको हो भन्दै उनले पूर्व विज्ञप्तिलाई उल्ट्याएका छन् ।
गत असोज २७ गते सर्वदलीय वैठकको हवाला दिँदै स्याङ्जाका प्रमुख जिल्ला अधिकारी (सीडीओ) उमेश बस्नेतले दशैं मान्न स्याङ्जा आउँदा अनिवार्य पीसीआर रिर्पोट चाहिने फर्मान जारी गरेपछि त्यसको चौर्तफी बिरोध भएको थियो । नेपालबहस डटकमले यो निर्णय औचित्यहिन र अव्यवहारिक भएको भन्दै सर्वप्रथम समाचार सार्वजनिक गरेको थियो । त्यो समाचार निकै भाइरल भई जिल्लास्थित राजनीतिक दलका नेताहरु र सीडीओको चौतर्फी आलोचना र बिरोध भएको थियो ।
रोगले भन्दा भोकले आमजनता मर्न लागेका बेला थप आर्थिक भार पर्नेगरी प्रशासनले निर्णय गरेको र त्यसलाई केही राजनीतिक दलहरुले प्रशासनको दलाली गर्दै सर्मथन गरेपछि जनस्तरमा व्यापक बिरोध भएको थियो । कसैकसैले त जिल्ला समन्वय समितिकी सभापति सीता सुन्दासको उक्साहटमा नयाँ सीडीओले यस्तो विवादास्पद निर्णय गरेको आरोप पनि लगाएका थिए ।
अझ कतिपयले यस्तो जनतामारा निर्णय हिन्दु धर्म बिरोधीहरु क्रिश्चियनहरुको उक्साहटमा लादिएको आशंका पनि गरेका थिए । गत असोज २८ गते बुधबार जिल्ला प्रशासन कार्यालयले निरंकुश आदेश जारी गर्दै उच्च जोखिम भएका स्थानहरुबाट जिल्ला प्रवेश गर्दा कार्तिक १ गतेदेखि ७२ घण्टाभित्रको पीसीआर रिर्पोट साथमा हुनुपर्ने नभएमा क्वारेन्टाइनमा बस्नुपर्ने विज्ञप्ति जारी गरेको थियो ।
हिजो जारी विज्ञप्तिमा उल्टै संचारमाध्याम र सामाजिक सञ्जालमा टिप्पणी गर्नेहरुले भ्रम फैलाएको दोष लगाउँदै अर्को हास्याँस्पद विज्ञप्ति जारी गरिएको छ । जसमा भनिएको छ,“ २८ गतेको जारी गरिएको विज्ञप्तिलाई अतिरञ्जित तथा तोडमोड गरी स्याङ्जा जिल्लामा कार्तिक १ गतेदेखि लकडाउन लागू हुने, पीसीआर रिर्पोट बिना प्रवेश निषेध गरिने लगाएतका विभिन्न समाचार आएको यसबाट सर्वसाधारण जनतामा भ्रम फैलिएको हुँदा यस उपर जिल्ला प्रशासन कार्यलयको गम्भिर ध्यानकर्षण भएको छ ।”
जिल्ला पर्ने सिद्धार्थ राजमार्ग भएर अन्य जिल्ला जान आउन, जिल्ला भित्र प्रवेश गर्न तथा बाहिर जान, स्वास्थ्य प्रेटोकल पालना गरी यातायात संचालन गर्न तथा बजार खोल्न रोकतोक लगाउने गरी कुनै आदेश गरी नगरिएको सो विज्ञप्तिमा उल्लेख छ ।
हेर्नुहोस् नेपालबहसले लेखेको समाचार
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपगण्डकी प्रदेशका ८५ स्थानीय तहमध्ये ६५ पलिकामा न्यायिक सहजकर्ता सिफारिस
पुष २४, २०८१ बुधबार
‘सामुदायिक वन उद्योग दर्ताको अभावमा वन डढेलो बढ्यो’
पुष १७, २०८१ बुधबार
अब विकट छैन ‘बोबाङ गाउँ’
पुष १५, २०८१ सोमबार
रविलाई प्रहरीले पुनः पक्राउ नगर्ने, काठमाडौं जिल्ला अदालतमा आफैं उपस्थित हुने
पुष २५, २०८१ बिहिबार
आगामी माघ १ गतेदेखि बैंक खाता खोल्दा राष्ट्रिय परिचयपत्र अनिवार्य
पुष २६, २०८१ शुक्रबार
ऊर्जा विकास मार्गचित्र सार्वजनिक, १० वर्षमा २८ हजार मेगावाट उत्पादनको लक्ष्य
पुष २५, २०८१ बिहिबार
५ महिनामा एक सय २४ खर्ब तरलता प्रशोचन, बैंकहरूको कर्जा विस्तारमा देखिएन सुधार
पुष २६, २०८१ शुक्रबार
नवलपरासीको विनयी खोलाको पुल भासिँदा पूर्वपश्चिम राजमार्ग अवरूद्ध
पुष २६, २०८१ शुक्रबार
मुद्रास्फीति ६ प्रतिशत नाघ्यो, खाद्य वस्तुको मूल्यवृद्धि उच्च
पुष २६, २०८१ शुक्रबार
जलवायु परिवर्तनको असर न्यूनीकरणमा विश्वलाई सन्देश दिनुपर्छ : सभापति देउवा
पुष २६, २०८१ शुक्रबार
सरकारको ढुकुटीमा विदेशी विनिमय सञ्चिति २२ खर्ब ७३ अर्ब पुग्यो
पुष २६, २०८१ शुक्रबार
निर्माण व्यवसायीको २२ अर्ब बढी भुक्तानी, ६ अर्ब भुक्तानी हुन बाँकी
पुष २६, २०८१ शुक्रबार