नेपाल टेलिकम हुम्लामा भिस्याट जडान
नेपालबहस संवाददाता
कात्तिक १, २०७७ शनिबार १९:१२:४५
१ कात्तिक, सिमकोट । हुम्लाको सदरमुकाम सिमकोटस्थित नेपाल टेलिकम शाखा कार्यालयमा पहिलो पटक भिस्याट सेवा जडान गरिएको छ । जिल्लामा हिउँद याममा नियमित हिउँ पर्ने हुँदा टेलिकमको रेडियो लिंक बिग्रने भएकाले शुक्रबार भिस्याट गरिएको छ । सेवा आजदेखि सञ्चालनमा आएको छ ।
हिउँदमा हुम्लीले टेलिफोन सेवाबाट समस्या झेल्नुपरेकाले टेलिकमले सो सेवा जडान गरेको नेपाल टेलिकम हुम्लाका प्रमुख शिवप्रसाद भट्टराईले जानकारी दिए । भट्टराईका अनुसार टेलिकमको रेडियो लिंकले काम नगरेका समयमा अन्य कम्पनीबाट सेवा लिनुभन्दा आफ्नै भिस्याटमार्फत काम गर्दा सजिलो हुने भएकाले यो सेवा जडान गरिएको हो ।
बेलाबेलामा नमस्तेको नेटवर्कले काम नगर्ने भएपछि अन्य वैकल्पिक सेवाका लागि भिस्याट सेवा जडान गरिएको हो । केही दिनअअघि मात्रै सर्केगाड गाउँपालिका वडा नं २ रिप र सिमकोट गाउँपालिका वडा नं ७ को धारापोरीको बिग्रिएको टावर मर्मत गर्न प्राविधिक टोली काठमाडौँबाट सिमकोट पुगेको थियो । विगत वर्षमा रेडियो लिंकले काम गर्न छाडेपछि कम्तीमा एक हप्तादेखि एक महिनासम्म यहाँका नागरिक सञ्चारसेवाबाट वञ्चित थिए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपदुर्गम पलाँतामा टेलिकमको टावर सञ्चालन
पुष १, २०८१ सोमबार
टेलिकमको टावर सञ्चालनमा आएपछि फोरजी सेवा सञ्चालन
मंसिर १९, २०८१ बुधबार
नेपाल टेलिकममा रोबोट सेवा सुरु
मंसिर २, २०८१ आइतबार
बारामा यसरी भइरहेछ घुमुवामार्फत असुली, नाकाहरूमा तस्करहरूको रजगज
नेपालबहस संवाददाता
पुष २, २०८१ मंगलबार
माधव नेपाल र वामदेव गौतमबीच भेटवार्ता, के–के विषयमा भयो छलफल ?
पुष ४, २०८१ बिहिबार
जुम्ला, जोमसोम, जिरी र लुक्लाको तापक्रम माइनसमा, काठमाडौंमा कति पुग्यो ?
पुष ४, २०८१ बिहिबार
युक्रेन सम्झौताबारे कुरा गर्न ट्रम्पसँग ‘जुनसुकै बेला’ भेट्न तयार छु : पुटिन
पुष ४, २०८१ बिहिबार
क्रियाशील सदस्यता वितरण नरोक्न कांग्रेस केन्द्रीय कार्यालयको आह्वान
पुष ४, २०८१ बिहिबार
देशभरि इन्टरनेट र टेलिफोन सेवा विस्तार गर्ने अभियानमा छौं : सञ्चारमन्त्री गुरुङ
पुष ४, २०८१ बिहिबार
धापासीस्थित एक घरमा भीषण आगलागी
पुष ४, २०८१ बिहिबार