कोरोनाले १३ जनाको मृत्यु, १२ सय सङ्क्रमित
नेपालबहस संवाददाता
कात्तिक १, २०७७ शनिबार २३:२४:३१
१ कार्तिक, बनेपा । काभ्रेमा कोरोना सङ्क्रमणबाट थप एक जनाको मृत्यु भएको छ । काभ्रेपलाञ्चोकको पाँचखाल नगरपालिका घर भई बनेपा बस्दै आएका ७३ वर्षीय वृद्धको उपचारका क्रममा गए राति धुलिखेल अस्पतालमा मृत्यु भएको हो । दमको समस्याबाट पीडित उहाँलाई गत मङ्गलबार अस्पताल भर्ना गरिएको र उनको स्वाब परीक्षण गर्दा कोरोना सङ्क्रमण पुष्टि भएको थियो ।
यसैगरी कोरोना सङ्क्रमणबाट गत बिहीबार बनेपाका ७० र ५० वर्षीय दुई पुरुषको मृत्यु भएको थियो । दुवै जना मधुमेहका रोगी थिए । ५० वर्षीय पुरुष विगत एक महिनादेखि अस्पतालमा उपचाररत रहेको थियो भने ७० वर्षीय पुरुषको डायलासिसअघि कोरोना सङ्क्रमण पुष्टि भई होम आइसोलेसनमा मृत्यु भएको कोभिड–१९ रोकथाम तथा नियन्त्रण, कमान्ड पोष्टले जनाएको छ । पचास वर्षीय मृतकका भाइको पनि १० दिनअघि कोरोना सङ्क्रमणबाट नै मृत्यु भएको थियो ।
यस्तै, बेथानचोक गाउँपालिकाका ७५ वर्षीय कोरोना सङ्क्रमित एक वृद्धाको उपचारको क्रममा गत बुधबार बनेपास्थित शिर मेमोरियल अस्पतालमा मृत्यु भएको थियो । अहिलेसम्म कोरोना सङ्क्रमणबाट काभे्रपलाञ्चोकमा १३ जनाको मृत्यु भइसकेको छ । तीमध्ये आठ पुरुष र पाँच महिला छन् । जिल्लामा अहिलेसम्म कोरोना सङ्क्रमितको सङ्ख्या एक हजार २०५ पुगेको छ । तीमध्ये ४४६ महिला र ७५९ पुरुष रहेका छन् ।
कूल सक्रिय सङ्क्रमितमध्ये ३७ प्रतिशत अर्थात् १९५ बनेपा नगरभित्रका मात्रै छन् । यस्तै, कूल सक्रिय सङ्क्रमितमध्ये शुक्रबारसम्म सदरमुकाम धुलिखेलमा ३३ प्रतिशत छन् । यसैगरी पनौतीमा ५०, पाँचखालमा ३२, नमोबुद्धमा ३६, मण्डनदेउपुरमा २७, भुम्लु गाउँपालिकमा दुई र रोशीमा ११ जना सङ्क्रमित छन् ।
काभ्रेपलाञ्चोकको १३ स्थानीय तहमध्ये पाँच गाउँपालिका कोरोनामुक्त छन् । बेथानचोक, तेमाल, खानीखोला र महाभारत गाउँपालिका कोरोना मुक्त भएका हुन् । सबैभन्दा कम सङ्क्रमण भुम्लु गाउँपालिकामा दुईजना रहेका छन् । कूल सङ्क्रमितमध्ये ६३ प्रतिशत पुरुष रहेको पोष्टले जनाएको छ ।
अहिलेसम्म २२८ महिला तथा ४२५ पुरुष गरी कूल ६५३ जना उपचारपछि निको भएर घर फर्किसकेको पोष्टका सदस्यसचिव एवं जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख डा नरेन्द्र झाले जानकारी दिए ।
उहाँका अनुसार अधिकांश सङ्क्रमित ४५ वर्ष नाघेका तथ्याङ्कले देखाएको छ । पोष्टका अनुसार हाल सक्रिय सङ्क्रमितमध्ये ३७ महिला र ८७ पुरुष गरी कूल १२४ जना अस्पतालको आइसोलेसनमा तथा १७३ महिला र २४३ पुरुष गरी कूल ४१६ जना होम आइसोलेसनमा छन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपसरकारले ल्यायो कोरोनाविरुद्धको ‘मनोभ्यालेन्ट’ खोप
असार १६, २०८१ आइतबार
कोरोनाको नयाँ भेरियन्ट देखिएसँगै १६ लाख मात्रा खोप ल्याइँदै
जेठ १७, २०८१ बिहिबार
नेपालमा काेरोनाको नयाँ भेरियन्ट ‘केपी १’ र ‘केपी २’ पुष्टि
जेठ ११, २०८१ शुक्रबार
३ लाख धरौटीमा छुटे दुर्गा प्रसाईं
पुष २५, २०८१ बिहिबार
रविलाई प्रहरीले पुनः पक्राउ नगर्ने, काठमाडौं जिल्ला अदालतमा आफैं उपस्थित हुने
पुष २५, २०८१ बिहिबार
आगामी माघ १ गतेदेखि बैंक खाता खोल्दा राष्ट्रिय परिचयपत्र अनिवार्य
पुष २६, २०८१ शुक्रबार
५ महिनामा एक सय २४ खर्ब तरलता प्रशोचन, बैंकहरूको कर्जा विस्तारमा देखिएन सुधार
पुष २६, २०८१ शुक्रबार
नवलपरासीको विनयी खोलाको पुल भासिँदा पूर्वपश्चिम राजमार्ग अवरूद्ध
पुष २६, २०८१ शुक्रबार
मुद्रास्फीति ६ प्रतिशत नाघ्यो, खाद्य वस्तुको मूल्यवृद्धि उच्च
पुष २६, २०८१ शुक्रबार
जलवायु परिवर्तनको असर न्यूनीकरणमा विश्वलाई सन्देश दिनुपर्छ : सभापति देउवा
पुष २६, २०८१ शुक्रबार
सरकारको ढुकुटीमा विदेशी विनिमय सञ्चिति २२ खर्ब ७३ अर्ब पुग्यो
पुष २६, २०८१ शुक्रबार
निर्माण व्यवसायीको २२ अर्ब बढी भुक्तानी, ६ अर्ब भुक्तानी हुन बाँकी
पुष २६, २०८१ शुक्रबार