पतञ्जलिद्वारा आग्रीडाँडाका २३ घरपरिवारलाई खाद्यान्न उपलब्ध
नेपालबहस संवाददाता
कात्तिक २, २०७७ आइतबार १८:१६:३६
२ कार्तिक, वालिङ । पतञ्जलिले वालिङ ८ आग्रीडाँडाका २३ घरपरिवारलाई दैनिक उपभोग्य खाद्यान्न उपलब्ध गराएको छ । आयूर्वेद शिरोमणि आचार्य बालकृष्णको निर्देशनमा आफ्नो जन्म ठाउँमा दशैंको उपहारस्वरुप दैनिक उपभोग्य खाद्यान्न उपलब्ध गराईएको हो ।
खाद्यान्न हस्तान्तरण कार्यक्रममा बोल्दै वालिङ नगर प्रमुख दिलीपप्रताप खाँणले आचार्यजीको सहयोगमा सिङ्गो गाउँका लागि खाद्यान्न सहयोग प्राप्त भएको बताए । उनले नेपालीहरुको महान चाड दशैंको अवसरमा २३ घर परिवारलाई दैनिक उपभोग्य खाद्यान्न उपलब्ध गराएर सहयोग गरेकोमा धन्यवाद पतञ्जलीलाई धन्यवाद दिए । उनले दैनिक ज्यालादारी गरेर गुजारा चलाउने परिवारका लागि पतञ्जलीले खाद्यान्न उपलब्ध गराएर राहत पु¥याएको बताए ।
कार्यक्रममा वडा नं. ८ का वडा अध्यक्ष कमलप्रसाद सुबेदीले आचार्य बालकृष्णले आफ्नो जन्मभूमिप्रति देखाएको सहयोगी भावना अझै बढ्दै गई आगामी दिनमा पनि सहयोगहरु प्राप्त भईरहने विश्वास ब्यक्त गरे । कार्यक्रममा पतञ्जलि आयूर्वेद केन्द्र प्रालि नेपालका निर्देशक डा. पवमान सुबेदीले पतञ्जलीले उपलब्ध गराएको सहयोगलाई स्वीकार गरेकोमा नगरपालिकासहित आग्रीडाँडाका स्थानीयहरुमा धन्यवाद ब्यक्त दिए ।
पतञ्जलिले आग्रीडाँडाका २३ घरपरिवारलाई १० केजी चामल, दाल, नुन, तेल, चिनी, चियापत्ति, घ्यू, दुधलगायतका दैनिक उपभोग्य खाद्यान्न उपलब्ध गराएको हो । पतञ्जलिले गत सोमबार पनि पतञ्जलिले वालिङ ११ का ६० घर परिवारलाई दैनिक उपभोग्य खाद्यान्न उपलब्ध गराएको थियो ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपगण्डकी प्रदेशका ८५ स्थानीय तहमध्ये ६५ पलिकामा न्यायिक सहजकर्ता सिफारिस
पुष २४, २०८१ बुधबार
‘सामुदायिक वन उद्योग दर्ताको अभावमा वन डढेलो बढ्यो’
पुष १७, २०८१ बुधबार
अब विकट छैन ‘बोबाङ गाउँ’
पुष १५, २०८१ सोमबार
रविलाई प्रहरीले पुनः पक्राउ नगर्ने, काठमाडौं जिल्ला अदालतमा आफैं उपस्थित हुने
पुष २५, २०८१ बिहिबार
आगामी माघ १ गतेदेखि बैंक खाता खोल्दा राष्ट्रिय परिचयपत्र अनिवार्य
पुष २६, २०८१ शुक्रबार
ऊर्जा विकास मार्गचित्र सार्वजनिक, १० वर्षमा २८ हजार मेगावाट उत्पादनको लक्ष्य
पुष २५, २०८१ बिहिबार
५ महिनामा एक सय २४ खर्ब तरलता प्रशोचन, बैंकहरूको कर्जा विस्तारमा देखिएन सुधार
पुष २६, २०८१ शुक्रबार
नवलपरासीको विनयी खोलाको पुल भासिँदा पूर्वपश्चिम राजमार्ग अवरूद्ध
पुष २६, २०८१ शुक्रबार
मुद्रास्फीति ६ प्रतिशत नाघ्यो, खाद्य वस्तुको मूल्यवृद्धि उच्च
पुष २६, २०८१ शुक्रबार
जलवायु परिवर्तनको असर न्यूनीकरणमा विश्वलाई सन्देश दिनुपर्छ : सभापति देउवा
पुष २६, २०८१ शुक्रबार
सरकारको ढुकुटीमा विदेशी विनिमय सञ्चिति २२ खर्ब ७३ अर्ब पुग्यो
पुष २६, २०८१ शुक्रबार
निर्माण व्यवसायीको २२ अर्ब बढी भुक्तानी, ६ अर्ब भुक्तानी हुन बाँकी
पुष २६, २०८१ शुक्रबार