सिटी सेन्टरमा रोजलको फिटनेश सेन्टर
नेपालबहस संवाददाता
कात्तिक २, २०७७ आइतबार १९:२१:१६
२ कार्तिक, काठमाडौं । शारीरिक व्यायाम अर्थात फिटनेश आफैँमा आवश्यकता हो । शारीरिक तन्दुरुस्त र फिट रहनमात्र नभएर हिजोआज रहरले समेत मानिसहरु फिटनेश गर्न थालेका छन् । जसले गर्दा फिटनेश सेन्टरहरुको महत्व दिनै बढ्दै छ । यसैबेला काठमाडौंको मुटु मानिने कमलपोखरीस्थित सिटी सेन्टरको पाँचौँ तलामा बज्र ननिताज फिटनेश सेन्टर सञ्चालनमा आएको छ ।
यो फिटनेश सेन्टर शनिबारदेखि औपचारिकरुपमा सञ्चालनमा आएको हो । रोजल शाहीले सञ्चालनमा ल्याएको उक्त फिटनेश सेन्टरको शनिबार मोडल तथा अभिनेता प्रशान्त ताम्राकार, अभिनेता सविन श्रेष्ठ, फिल्म निर्देशक सुर्दशन थापा र मोडल मन्चिन शाक्यले संयुक्तले उद्घाटन गरे । यो फिटनेश सेन्टरले फिटनेशसम्बन्धी सबै सुविधा प्रदान गर्ने सञ्चालक रोजलले बताएका छन् । बज्र ननिताज फिटनेश सेन्टरको शाखा ललितपुरको भैंसेभपाटीमा समेत रहेको छ ।
यतिखेर विश्व कोरोना संक्रमणको महामारीबाट आक्रान्त छ । यस्तो बेला मानिसले आफूलाई तन्दुरुस्त राख्न आश्वयक छ । मानिसहरु संक्रमणसँग बच्ने उपाय खोजिरहेका छन् । त्यसका लागि एक उपाय फिटनेश पनि हो । पछिल्लो एक अध्ययनले यही देखाएको छ । व्यायाम र रोगप्रतिरोधात्मक शारीरिक क्षमताका सम्बन्धमा भएको अध्ययनअनुसार तन्दुरुस्त वा फिट रहँदा संक्रमणबाट बच्ने क्षमता राम्रो हुन्छ ।
एकपटक मात्र गरिने व्यायामले पनि भाइरस तथा ब्याक्टेरियासँग लड्ने क्षमता बढाउने वैज्ञानिकहरुले बताएका छन् । अमेरिका गरिएको अध्ययनका अनुसार लगातारको व्यायामपछि केही सेलहरु मर्ने भएपनि त्यसले केही घण्टाभित्रै सबै सेलहरु सक्रिय अवस्थामा आउने भएकाले इम्युन सेललाई स्थिर बनाउने र प्रतिरोधात्मक क्षमता सशक्त बनाउँछ । त्यसैले पनि मानिसका लागि व्यायाम आवश्यक मात्र नभएर अपरिहार्य बन्न थालेको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थप'मिस विभा २०२४' को ताज प्रेमा लामगाढेलाई
भदौ २७, २०८१ बिहिबार
मोडल हन्टको विजेता बने हिमाञ्चल, टिना, आर्यन सोनी चौधरी र सिमरन
साउन २७, २०८१ आइतबार
आस्माले जितिन् ‘मिस नेपाल वर्ल्ड’को उपाधि
साउन २०, २०८१ आइतबार
न्यून कार्बन उत्सर्जन गर्न ऊर्जा प्रभावकारी भवन निर्माण आवश्यक छ : उपप्रधानमन्त्री सिंह
असोज ११, २०८१ शुक्रबार
नेपाली कांग्रेस शिक्षा विभागमा १० सदस्य मनोनीत
असोज ११, २०८१ शुक्रबार
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा चङ्गा, ड्रोन र बेलुन उडाउनेलाई कारबाही गरिने
असोज ११, २०८१ शुक्रबार
उखु र दुध किसानको भुक्तानीका लागि रकम निकासा
असोज ११, २०८१ शुक्रबार
उपत्यकाका नदीहरुमा पानी सतह बढ्यो, बागमती नदीले खतराको तह पार गर्यो
असोज ११, २०८१ शुक्रबार
न्यायाधीश सिफारिस गरेकोप्रति बारको असन्तुष्टि
असोज ११, २०८१ शुक्रबार