क्योकुशिन सेइसिन काईकानको शुभकामना आदानप्रदानमा विद्यालय पोशाक वितरण
नेपालबहस संवाददाता
कात्तिक ३, २०७७ सोमबार १९:५५:४८
३ कात्तिक, भक्तपुर । नेपाल क्योकुशिन सेइसिन काईकान कराँते संघको आयोजनामा आशापुरी डोजो भक्तपुरमा शुभकामना आदान प्रदान तथा विद्यालय पोशाक वितरण कार्यक्रम आयोजना गरियो । विजय दशमी, दीपावली, नेपाल संवत नयाँ वर्ष ११४१ तथा छठ पर्वको अवसर पारेर आयोजित ‘शुभकामना आदानप्रदान तथा विद्यालय पोशाक वितरण कार्यक्रम’ का क्रममा आशापुरी डोजो भक्तपुरको बेल्ट प्रमोशन टेष्ट कार्यक्रम पनि सञ्चालन गरिएको ।
उक्त कार्यक्रम राष्ट्रिय खेलकुद परिषद्का सदस्य सचिव रमेश कुमार सिलवालको प्रमुख आतिथ्यमा सम्पन्न भएको हो । समारोहमा नेपाल क्योकुशिन सेइसिन काइकान कराँते संघ तथा नेप्लिज फेसन होमको संयुक्त पहलमा मायाको चिनोको रुपमा सहभागि खेलाडीहरुलाई सदस्य सचिव सिलवालको हातबाट विद्यालय पोशाक तथा स्टेशनरी हस्तान्तरण गरिएको थियो । यसका साथै प्रमोशन भएका प्रशिक्षक तथा खेलाडीहरुलाई सदस्य सचिवले वधाइ ज्ञापन गरे ।
भक्तपुर डोजो, आशापुरीका डोजो प्रमुख हर्कबहादुर तामाङको सभापतित्वमा सञ्चालित उक्त कार्यक्रममा विशेष अतिथिहरु वर्ल्ड क्योकुशिन काईकान कराँतका उपाध्यक्ष तथा नेपालका केन्द्रिय अध्यक्ष सिहान अशोककुमार श्रेष्ठ, केन्द्रिय उपाध्यक्ष समाजसेवी हेमा मानन्धर, मिस नेवास् ११३९ नीतु डंगोल, सूर्य बिनायक नगरपालिका वडा नं. ८ का अध्यक्ष किरण थापा तथा अतिथिहरु संघका महासचिव प्रशिक्षक प्रविण बस्नेत, आशापुरेश्वर संरक्षण तथा विकास समितिका अध्यक्ष टुल्कु लामा, जागृति आधारभूत विद्यालयका प्रधानाध्यापक राजु बस्नेतद्वारा शुभकामना मन्तब्य व्यक्त गरे ।
समारोहमा सूर्य बिनायक नपा वडा नं ८ का वडा सदस्य अजयकुमार तामाङ, वडा सदस्य धर्मराज बस्नेत, संघका केन्द्रिय सदस्य राजेन्द्र थापा, काठमाडौं जिल्ला संघ अध्यक्ष प्रशिक्षक राजकृष्ण श्रेष्ठ, ललितपुर डोजो प्रमुख राजु तामाङ, बौद्ध डोजो प्रमुख बुद्ध तामाङ, भैंसेपाटी डोजो प्रमुख गोपाल भुजेल, मुलपानी डोजो प्रमुख श्याम लामा, भक्तपुर डोजो प्रमुख जेनकुमार तामाङ, प्रशिक्षक विजयकुमार तामाङ, टग अफ वारका वरिष्ठ उपाध्यक्ष सूर्य भट्टराई तथा समाजसेवीहरु गोविन्दबहादुर अधिकारी, ठूलो कान्छा तामाङको पनि विशेष उपस्थिति रहेको थियो ।समारोह मिस नेवास् प्रजिता श्रेष्ठ तथा प्रशिक्षक सुरेन्द्र लामाले सञ्चालन गरेका थिए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपविद्यार्थी घटेपछि बागलुङका दश विद्यालय बन्द
मंसिर ११, २०८१ मंगलबार
धनुषाका संस्थागत विद्यालय एक सातादेखि बन्द
मंसिर ९, २०८१ आइतबार
विद्यार्थीद्वारा व्यावसायिक च्याउखेती
मंसिर ९, २०८१ आइतबार
ओलीको ठूलो उपलब्धिः पाँच अर्बको चलखेलमा धितोपत्र बोर्डमा अध्यक्ष नियुक्ति !
नेपालबहस संवाददाता
मंसिर ११, २०८१ मंगलबार
ओलीको ठूलो उपलब्धिः पाँच अर्बको चलखेलमा धितोपत्र बोर्डमा अध्यक्ष नियुक्ति !
मंसिर ११, २०८१ मंगलबार
मुम्बईमा आतंकवादी हमलाको १६ वर्षः लश्कर-ए-तैयबा उर्फ एलईटी, अल कायदा भन्दा खतरनाक !
मंसिर ११, २०८१ मंगलबार
काठमाडौं उपत्यकाको तापक्रम निरन्तर घट्दो
मंसिर १२, २०८१ बुधबार
जासुसीको आरोप लगाउँदै रूसले बेलायती कुटनीतिज्ञलाइ दियो देश छाडने आदेश
मंसिर १२, २०८१ बुधबार
यस्तो छ बुधबारका लागि विदेशी मुद्राको विनिमय दर
मंसिर १२, २०८१ बुधबार
एनपीएलः वेष्ट इन्डिजका चाडविक वाल्टन नेपाल आइपुगे
मंसिर १२, २०८१ बुधबार
हिजो सम्भवः नभए पछि रवि लामिछानेलाई आज साँझसम्म काठमाडौं ल्याइने
मंसिर १२, २०८१ बुधबार
कस्तो छ तपाईको आजको राशीफल ?
मंसिर १२, २०८१ बुधबार