यसवर्ष दशैंमा सुनसान सीमानाका
नेपालबहस संवाददाता
कात्तिक ३, २०७७ सोमबार २०:५२:१४
३ कात्तिक, महेन्द्रनगर । चाडपर्वका बेला गन्तव्यमा जाने यात्रुहरूको चाप हुने कञ्चनपुरको गड्डाचौकी नाका र पूर्वी डोकेबजारस्थित त्रिनगर नाका यसवर्ष भने कोरोना महामारीका कारण सुनसान छन् ।सुदूरपश्चिमको रोजगारीको प्रमुख गन्तव्य भारतबाट दशैं, तिहार, नयाँ बर्ष ९बिशु पर्व० र गौरा पर्व मनाउनेहरू घर फर्किने गर्थे । कोरोना भाइरसको त्रासका कारण गत चैतदेखि नै लाखौं नेपाली भारत छाडेर स्वदेश आइसकेकाले पनि चाडपर्वमा सीमानाकाहरू सुनसान भएका हुन् । गड्डाचौकी इलाका प्रहरी कार्यालयका प्रमुख तथा प्रहरी नायवनिरीक्षक नरेन्द्र चन्दले भारतबाट यहाँको नाका हुँदै दैनिक दुईदेखि तीनसय नेपाली स्वदेश फर्किरहेको बताए।
“कोरोनाको डरले नेपालीहरू पहिल्यै हजारौंको सङ्ख्यामा यहाँबाट भित्रिसके ।” उनले भने, “यसवर्ष विगतजस्तो चाडपर्वमा आउनेहरूको तछाडमछाड छैन ।” भारतबाट आउनेहरूमध्ये पनि बीस प्रतिशत मात्रै दशैंलगायत चाडपर्व मनाउन आएको बताउने गरेको प्रहरी नायवनिरीक्षक थापाले जानकारी दिए। “ अहिले पनि भारतबाट कोरोनाकै डरले नेपालीहरू घर आइरहेका छन् ।” गड्डाचौकी नाकाबाट दैनिक १००देखि २००सम्म नागरिक भारत रोजगारीका लागि गइरहेको प्रहरीको भनाइ छ । विगतमा दशै शुरू हुनुअघि नै यहाँको नाकाबाट दैनिक दश हजारभन्दा बढी नेपाली स्वदेश फर्किने गरेका थिए ।
कृष्णपुर नगरपालिकाका अर्जुन जोशीले कोरोनाले भारतमा हुँदा पनि दुखः पाइएकाले दिल्लीबाट घर फर्किनुपरेको बताए । “लामो समयसम्म कम्पनी बन्द भएकाले कोठामै बस्नु प¥यो ।” उनले भने, “अहिले त सुरक्षितरूपले घर पुग्नु नै ठूलो कुरो भइसक्यो । कोरोनाका कारण धेरै नेपालीको रोजगारी गुमेकाले स्वदेशमै काम गर्ने योजना बनाएर धेरैजसो घर फर्किरहेका छन्।” उनले भने। कोरनाका कारण यहाँका नाकाहरूबाट सुदूरपश्चिममा मात्रै डेढ लाखभन्दा बढी स्वदेश भित्रिएको सुदूरपश्चिम प्रदेश सरकारको भनाइ छ ।
त्यसैगरी डोकेबजार नाकाबाट गत आइतबार बिहान ३०२ जना भारतबाट स्वदेश फर्किएका थिए भने ४८ नेपाली रोजगारीका लागि भारत गएको डोकेबजार प्रहरी चौकीका प्रहरी नायवनिरीक्षक भुपाल थापाले जानकारी दिए ।“ विगतजस्तो भारतबाट बिदामा पर्व मनाउन आउनेहरूको सङख्या धेरै नै कम छ ।” उनले भने–“ अस्तिसम्म भारत जानेहरूको सङ्ख्या बढी थियो ।”
डोकेबजार नाकाबाट दैनिक ५००देखि ८०० नेपाली घर फर्किरहेको प्रहरीको भनाइ छ । “आर्थिक अवस्थाले धेरै नेपाली दशैं छाडेर पनि मजदूरीका लागि भारत गइरहेका छन् ।” प्रहरी नायवनिरीक्षक थापाले भने । कोरोना सङ्क्रमण बढिरहदा घर आउनेहरू अघिल्ला महिनाहरूमै आइसके ।”
यहाँबाट भारतको राजधानी दिल्ली, बैंग्लोर, पुना, मुम्बै, पञ्जाब, देहरादुन, हरिद्धार, राजस्थान, कुमाउ गड्वाल र सिमलालगायत स्थानमा नेपालीहरू मजदूरीका लागि जाने गरेका छन् ।सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयले चाडपर्वमा यात्रुहरूको सहजताका लागि सीमानाका क्षेत्रमासमेत गरेर प्रदेशका ४० स्थानमा यात्रु सहायता कक्ष सञ्चालनमा ल्याएको जनाएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपप्रहरी अतिरिक्त महानिरीक्षकद्वयलाई दर्ज्यानी चिन्ह प्रदान
कात्तिक १४, २०८१ बुधबार
विधि विज्ञान प्रयोगशालामा जनशक्ति अभाव
कात्तिक १२, २०८१ सोमबार
नायव निरीक्षक दर्नालसहित सम्पर्कविहिन भएका १२ प्रहरीलाई ७ दिनभित्र हाजिर हुन निर्देशन
कात्तिक ११, २०८१ आइतबार
लामिछाने छुटाउन भित्रभित्रै हारगुहारः गृहमन्त्री लेखकसँग डीपीको भेटघाट
कुसुम सेञ्चुरी
कात्तिक १३, २०८१ मंगलबार
प्रहरीमा बढुवा सकसः आठ डीआईजीका लागि दर्जन प्रतिस्पर्धी
नेपालबहस संवाददाता
कात्तिक १३, २०८१ मंगलबार
एआईजी बढुवा र अवकाशमा हुने राजनीतिक चलखेलः को को होलान् एआईजी र डीआईजी ?
नेपालबहस संवाददाता
कात्तिक १४, २०८१ बुधबार
साम्बा भन्छिन्- यो हार बिर्सिन धेरै समय लाग्छ
कात्तिक १५, २०८१ बिहिबार
म्याद सकिए पनि हिरासतमै वित्ने भो रविको तिहार, २० गते मात्र अदालत लगिने
कात्तिक १५, २०८१ बिहिबार
आयल निगमले घटायो पेट्रोलियम पदार्थको मूल्य
कात्तिक १५, २०८१ बिहिबार
घर खर्च जुटाउन अम्बा बिक्री गरेर नुनतेलको जोहो
कात्तिक १६, २०८१ शुक्रबार
यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर
कात्तिक १६, २०८१ शुक्रबार
आज नेपाल संवत् अनुसार नयाँ वर्षको पहिलो दिन, नेवार समुदायले म्ह पूजा गरी चाड मनाउँदै
कात्तिक १६, २०८१ शुक्रबार
पञ्चांग निर्णायक समितिले भन्यो, शुक्रबार तिहारको कुनै पर्व छैन
कात्तिक १६, २०८१ शुक्रबार
आज जन्म लिने बच्चा तुला राशीको हुने, जौ मुखमा राखेर जुन दिशाको यात्रा गरेपनि शुभ हुन्छ
कात्तिक १६, २०८१ शुक्रबार
सरकारले मुलुकमा आर्थिक समृद्धि ल्याएरै छोड्छ : प्रधानमन्त्री ओली
कात्तिक १५, २०८१ बिहिबार