शेयरबजार “ईण्ट्राड्रे हाईमा” बन्द भएपनि आजको बजारबाट के हेर्न जरुरी छ ?
![आर्थिक संवाददाता](
https://nepalbahas.prixacdn.net/media/albums/NB_r6hvTcJYac_jYm4x4A9NS.jpeg
)
आर्थिक संवाददाता
कात्तिक ३, २०७७ सोमबार २२:३४:८
![](https://nepalbahas.prixacdn.net/media/albums/Graph-6_nVc4qt3OLT.png)
३ कार्तिक, काठमाडाैं । आज शेयरबजार ईण्ट्राडे हाईमा बन्द भएको छ । नेप्से परिसूचक १३ दशमलव ५८ अंकले वृद्धि हुँदै १५७० दशमलव ३८ को विन्दुमा बन्द भएको छ । आज १८९ कम्पनीको शेयर कारोवार हुँदा ९७ करोड ९० लाखको शेयर कारोवार भएको छ । कारोवार रकम भने सन्तोषजनक देखिँदैन । बजार वृद्धिलाई कारोवार रकमले पनि साथ दिनु पर्छ।
हाईड्रोपावर उपसुचकमा आज निकै ठूलो उछाल आएको छ । ट्रेडिङ्ग बाहेक सबै उपसुचकमा वृद्धि देखिएको छ ।
नेप्से परिसूचक शुन्य दशमलव ८७ प्रतिशतले वृद्धि भएको छ । बजार १५५६ दशमलव ८६ को विन्दुमा खुलेकोमा बजारको उच्च विन्दु १५७० दशमलव ३८ रहेको छ । आजको बजारले १५५५ दशमलव ४७ को न्यून विन्दु समातेको थियो ।
बजारको खुला विन्दु र न्यून विन्दु एकै जस्तो रहेको र बजारको उच्च विन्दु र अन्तिम विन्दु एकै रहेकोले बजार ईण्ट्राडे हाईमा बन्द भएको हो । यस्तो प्रवृत्तिलाई सकारात्मक मानिन्छ तर कारोवार रकम निकै कम भएकोले भोलीको बजार र कारोवार रकम हेर्नु पर्ने देखिन्छ।
आज सर्वाधिक कारोवार हुने ५ कम्पनीहरु :
आज सर्वाधिक कमाउने ५ कम्पनीहरु :
आज सर्वाधिक गुमाउने ५ कम्पनीहरु :
✍ प्राविधिक बिश्लेषण :
प्रतिरोध २ः १६१५ । प्रतिरोध १ः १५८० । टेवा १ः १५५० । टेवा २ः १५००
✍ आज शेयर कारोबार खुलेदेखि बजार बढ्दो प्रवृत्तिमा रहेको थियो। आजको मैनबत्तीले “बुलिस मारुबोजु” मैनबत्तीको आकृति बनाएको छ, यसले बजारमा क्रेताको चाप रहेको संकेत गर्दछ। आजको उच्च बिन्दु र अन्तिम बिन्दु एउटै रहेकोले यसले अर्को कारोबार दिनको पहिलो समयमा बजार सकारात्मक हुनसक्ने प्रवल सम्भावना संकेत गर्दछ।
दुई दिनको मैनबत्तीहरुले “बुलिस एन्गल्फिङ्ग” आकृति बनाएको छ, यसले पनि बजार सकारात्मक हुन सक्ने संकेत गर्दछ। आजको परिमाण भने सन्तोषजनक देखिदैन् । यसले बजार बढे पनि क्रेताको चाप नरहेको संकेत गर्दछ ।
✍ दैनिकी अवधिमा “आरएसआई” ५६ दशमलब ९५ को बिन्दुमा छ। यसको प्रवृत्तिले आज बजारमा क्रेताको चाप रहेको जानकारी गराएको छ ।
✍ “एडीएक्स” र जोड / बिजोड “डाइरेक्सनल इन्डेक्स”हरुले बजारमा विक्रेताको चाप रहेको जानकारी गराएको छ।
✍ “अन ब्यालेन्स भल्यूम” ले बजार हालसम्म सकारात्मक रहेको जानकारी गराएको छ।
✍ केही समयदेखि १५५० लाई टेवा क्षेत्र भनिएको थियो, आज यो टेवा क्षेत्र नजिक आएर बजार बढेको छ । अबको अर्को तत्कालिन प्रतिरोध १५८० को क्षेत्रमा रहेको देखिन्छ तर यदि बजार १५४० भन्दा तल स्थिर रहेमा बजार अझ केही सच्चिन सक्ने संकेत गर्दछ।
आर्थिक संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपप्रि-ओपन सेसनमा नेप्से ३.६७ अंकले बढ्यो
माघ २३, २०८१ बुधबार
२४.५० अंकले बढ्यो बजार: ९ अर्ब ४० करोडको कारोबार, सबै समूहको उपसूचकमा हरियाली
माघ १५, २०८१ मंगलबार
नेकपा माओवादीभित्र नेतापिच्छे गुटः कमजोर वर्षमान, उदाए जनार्दन
नेपालबहस संवाददाता
फागुन ४, २०८१ आइतबार
नेपाल प्रहरीमा बढुवा भएका ७२ जना डीएसपीले दर्ज्यानी चिन्ह पाए, १४ जनाको सरुवा
फागुन ४, २०८१ आइतबार
७१ जना उपसचिवको सरुवाः नामावलीसहित
फागुन ४, २०८१ आइतबार
कार दुर्घटनामा परी महाकुम्भ मेलाबाट फर्कदै गरेका रुपन्देही देवदहका ३ जनाको मृत्यु
फागुन ५, २०८१ सोमबार
प्रधानमन्त्री ओलीले गरे लुम्बिनी प्रदेश सभामा विशेष सम्बोधन
फागुन ५, २०८१ सोमबार