एकैसाथ एक दर्जन पुल निर्माणको अन्तिम चरणमा
नेपालबहस संवाददाता
कात्तिक ४, २०७७ मंगलबार १६:२:४२
४ असोज, जाजरकोट । भेरी करिडोरमा पुल निर्माण तीव्र बनाइएको छ । करिडोरको जाजरकोट खण्डमा एकैसाथ एक दर्जन पुल निर्माणको अन्तिम चरणमा पुगेको सडक डिभिजन कार्यालय चौरजहारीका प्रमुख नरेन्द्र भट्टले जानकारी दिए ।
पश्चिम जाजरकोट हुँदै पूर्वी जाजरकोटबाट डोल्पा जोडिने भेरी करिडोरमा एकैसाथ दर्जन पुल निर्माण कार्य सम्पन्न हुन लागेका हुन् । भेरी करिडोरअन्तर्गत छेडागाड–जाजरकोट सडकको स्तरोन्नति गर्ने उद्देश्यले मोटरेबल पक्की पुलको निर्माण थालिएको थियो । विसं २०७४ मा यो सडकखण्डमा पुलको कामका लागि सम्झौता गरिएको थियो । रसुवा सूर्य कन्स्ट्रक्शन जेभीले ३६ किलोमिटर क्षेत्रभित्र पर्ने सोही सडकको छेडा–खलङ्गा सडकखण्डका छवटा पुल बनाउने गरी रु २२ करोडमा ठेक्का लिएको थियो । छेडाचौर–खलङ्गा खण्डमा निर्माणाधीन छवटा पुलको काम अन्तिम चरणमा पु¥याएको छ ।
तोकिएको समयभन्दा ढिलो गरी निर्माणकार्य सम्पन्न हुन लागेका यस खण्डका पुलहरु डिजाइनमा समस्या आएपछि केही समय ढिला भएको रसुवा सूर्य कन्स्ट्रक्शन जेभीका सञ्चालक सूर्यबहादुर खड्काले बताए । लामो समयपछि भेरी करिडोरअन्तर्गत जाजरकोट–डोल्पा सडकखण्डमा यातायात सञ्चालनका लागि १३ वटा पक्की पुल निर्माण कार्य अगाडि बढेको छ ।
यस सडकखण्डको जिरोविन्दु पासागाडबाट नलगाड नगरपालिकाको तल्लुसम्म सातवटा मोटर गुड्ने पुलको लागि बोलपत्र आह्वान भएको सडक डिभिजनका प्रमुख नरेन्द्र भट्टले जानकारी दिए । उनका अनुसार पिप्लेखोला, छर्रेखोला, नलगाड नदी, झुर्मेखोला, मैदेखोला ९खुमाउरी०, त्राँत्रगाडखोला र ताँसुखोला ‘चौखा’ मा पुल निर्माणका लागि काम शुरुको प्रक्रिया अगाडि बढिसकेको छ ।
यो मध्ये नलगाड नदी र झुर्मेखोलामा पुस मसान्तभित्र पुल निर्माण कार्य सम्पन्न भइसक्ने छ । सातवटा पुल ३० महिनाभित्र निर्माण कार्य पूरा गर्ने लक्ष्यका साथ काममा जुटिरहेको भट्टले बताए । त्यस्तै डोल्पा सडकखण्डको रुपगाड, त्रिपुराकोट, खदाङ र करपगाडमा मोटेरेबल पुल निर्माणका लागि बोलपत्र आह्वान भएर पुल निर्माणको प्रक्रिया अगाडि बढाएको प्रमुख भट्टको भनाइ छ ।
रु सात करोड लागतमा पुल निर्माणको ठेक्का खोलिएको छ । एक वर्षभित्र निर्माण कार्य पूरा हुने उद्देश्यका साथ ठेक्का खोली कामको शुरुआत गरिएको प्रमुख भट्टले जानकारी दिए। त्यस्तै छलगाड, छरेबग्रीबाट त्रिवेणीसम्मको सडकमा दुईवटा पुल निर्माणका लागि बोलपत्र आह्वानको कामसमेत भएको छ । सडक निर्माणकार्य शुरु गरेको झण्डै १४ वर्षपछि कच्ची सडकमा पुल निर्माणको प्रक्रिया शुरु भएको हो । जाजरकोटको पासागाडबाट रिम्नासम्मका लागि कालोपत्र गर्न शुरु भएर काम चालू अवस्थामा छ ।
यो सडक भारत, नेपाल र चीन जोड्ने मुख्य रणनीतिक सडक हो । पुलपुलेसा नहुँदा जोखिमपूर्ण यात्रा गर्न बाध्य भएका र ठाउँठाउँमा यातायातका साधन बदल्ने समस्याको मारमा परेका सर्वसाधारण वर्ष दिनभित्र पुल निर्माण हुने खबरले खुशी भएको नलगाड नगरपालिका–८ का हरिबहादुर खत्रीले बताए । पासागाडबाट यो सडकखण्डको कालोपत्रको कामसमेत शुरु भएको छ । नलगाड जलविद्युत् आयोजना निर्माणदेखि डोल्पाको जगदुल्ला जलविद्युत् आयोजना निर्माणका लागि यो सडक छिटो निर्माण गर्नुपर्ने हाम्रोसामु अवसर र चुनौती दुवै रहेको जाजरकोटका प्रदेशसभा सदस्य गणेशप्रसाद सिंहले जानकारी दिए।
उनले भने, “सबै तहका सरकारसँग समन्वय गरेर हामी विकासबाट पछि परेको भूगोल, क्षेत्र अनि भूभागमा जोड दिइरहेका छौँ । जनताको विकासप्रतिको चाहनालाई सम्मान गरी हामी सोही गतिमा अगाडि बढेका छौँ ।”
सडक हस्तान्तरणपछि पुल निर्माण शुरु
भेरी करिडोरभित्रको जाजरकोट–डोल्पा सडकखण्ड एक पर्यटकीय रुटको रूपमा समेत रहेको छ । यही सडकले चीनसँग जोड्ने काम गर्ने प्रतिनिधिसभा सदस्य सत्य पहाडीले बताए । नेपाली सेनाले झण्डै १० वर्षभन्दा बढी समय लगाएर ‘ट्रयाकओपन’ गरेको यो सडक अघिल्लो वर्ष मात्र सरकारलाई हस्तान्तरण गरिएको थियो ।
एक सय १६ किलोमिटर लम्बाइ रहेको जाजरकोट–डोल्पा सडकखण्डभित्र नलगाड जलविद्युत् आयोजना ‘११७ मेगावाट’ र जगदुल्ला जलविद्युत् आयोजना ‘१०६०, ताँसुगाड जलविद्युत् आयोजना ९४.५ मेगावाट’ र भेरी एबिसी आयोजना निर्माणमा सहजता हुनेछ । त्यस्तै जाजरकोट–डोल्पा सडकखण्डमा ३३ केभी विद्युतकाे केन्द्रीय लाइन विस्तारका लागि थप सहजता ल्याउने छ । चार सय केभी प्रसारण लाइनको सबस्टेशन निर्माणमा टेवा पुग्ने विश्वास लिइएको छ । त्यस्तै मध्यपहाडी लोकमार्गमा कालोपत्रको काम पनि शुरु भएको छ । त्यस्तै जाजरकोट–जुम्ला सडकखण्डको कामसमेत चालू अवस्थामा रहेको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपफुङलिङको तोक्मेमा धाननाचस्तम्भ निर्माण
पुष २६, २०८१ शुक्रबार
अरुण तेस्रो आयोजनाबाट चार सय परिवारले मुआब्जा पाउने
पुष २६, २०८१ शुक्रबार
‘कोलुबुङ रमिते गौडा झोलुङ्गे पुल’ बनेपछि इलामको कृषि उपज झापामा बिक्री गर्न सहज
पुष २५, २०८१ बिहिबार
आम अपेक्षा विपरीत रवि लामिछानेलाई धरौटीमा रिहा गर्न कास्की जिल्ला अदालतको आदेश
पुष २५, २०८१ बिहिबार
इजलासमा रविको हारगुहार, ‘थुनामुक्त गरिदिनुहोस्, पीडितको रकम फिर्ताका लागि पहल गर्छु’
पुष २५, २०८१ बिहिबार
३ लाख धरौटीमा छुटे दुर्गा प्रसाईं
पुष २५, २०८१ बिहिबार
पाँच महिनामा देशभरबाट पाँच हजार आठ सय बढी फरार प्रतिवादी पक्राउ
पुष २६, २०८१ शुक्रबार
लस एन्जलसमा फैलिएको भीषण डढेलोमा परी १० जनाको मृत्य
पुष २६, २०८१ शुक्रबार
खाद्य गोदामबाट चामल वितरण सुरु भएसँगै नागरिकलाई सहज
पुष २६, २०८१ शुक्रबार
यु-१९ महिला विश्वकप क्रिकेट खेल्ने नेपाली टोलीको बिदाइ [ फाेटाे फिचर ]
पुष २६, २०८१ शुक्रबार
आयल निगमले कमायो १० अर्ब नाफा, स्वचालित मूल्य प्रणालीले आर्थिक अवस्था सुदृढ
पुष २६, २०८१ शुक्रबार
‘दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिताको तयारी उच्च प्राथमिकताका साथ भइरहेको छ’
पुष २६, २०८१ शुक्रबार