घाटी रेटेपछि असईलाई किनारामा फालियो, जवानलाई नदीभित्र खाल्डो खनेर गाडियो !
नेपालबहस संवाददाता
कात्तिक ४, २०७७ मंगलबार १९:४९:३६
४ कार्तिक, धनगढी । शनिबार राती खाना खादैँ गर्दा कैलालीको जुगेडा अस्थायी प्रहरी चौकीमा सुचना आयो, ‘चारदेखि पाँच वटा गोरुगाडामा राखेर चिनियाँ मटर भारततर्फ तस्करी भइरहेको छ ।’ पछिल्ला केही दिनमा मात्रै जुगेडा प्रहरी चोकीले चारवटा डलप (गोरुगाडा) मा लोड गरेर भारत लैजान लागिएको मटर लगायतको अवैध सामान बरामद गरेको थियो ।
यही कामले जुगेडाका असई गोविन्द विश्वकर्मा तस्करका लागि पेस्तोल बोकेर ढाल बनेर उभिएका थिए । उनी जुगेडामा आईसकेपछि तस्करको टाउको दुखाई मात्रै होइन, दैनिक व्यापार नै डामाडोल बनेको थियो । अस्थायी प्रहरी चौकी जुगेडामा गोविन्दले कमाण्ड सम्हालेपछि प्रहरी जवान पनि जिम्मेवार बनेर आफ्नो ड्युटी निभाईरहेका थिए ।
पछिल्लो ६ महिनायता जुगेडामा खटिएका असई गोविन्दले अवैध समान धमाधम बरामद गर्न थालेपछि तस्कर तर्सिएका थिए । उनीहरुले गोविन्दलाई सरुवा गर्न सक्ने ठाउँ थिएन, विकल्प कि हत्या थियो कि त आँखा छल्ने । तर तिक्ष्ण स्वभाव र चनाखो भएर काम गर्ने उनको बानीले गर्दा तस्करलाई आँखा छल्न पनि सहज भएन ।
कोरोना भाइरसको लकडाउनका कारण सीमानाका बन्द भएपछि जुगेडाबाट मात्रै तस्करले तस्करी धन्दा चलाएका थिए । अब त्यो पनि सुक्ने अवस्था आईदियो । यस्तै तस्करहरुको बीचमा नै असई गोविन्द विश्वकर्माको हत्या गर्ने योजना बनेको थियो ।
कसरी भयो हत्या ?
शनिबार रातीको खाना नखाईसक्दै असई गोविन्दलाई विशेष स्रोतबाट सुचना आयो, ठूलो परिणाममा मटर लगायतका अवैध सामान तस्करी हुदैछ । हतार हतार खाना खाएर गोविन्द बाईकमा जवानलाई हालेर नेपाल भारत सीमानामा पर्ने मोहना नदीतिर लागे ।
जहाँ तस्कर त्यसअघि नै विशेष तयारीका साथ बसिरहेका थिए । सामान तस्करी गर्ने र त्यसबीचमा प्रहरी आएपनि घेरा हालेर मार्ने योजना तस्करको थियो । सामान लैजादै गर्दा प्रहरी बाईकमा आईपुगे । रातीको समय भएकाले लुकेर बसेका तस्करहरुले सहजै रुपमा फेला पारे ।
उसो त असई गोविन्द विश्वकर्मा र जवान रामबहादुर सावद पनि तस्करलाई लुकेर उनीहरुको धन्दा चौपट पार्ने योजनामा थिए । तर प्रहरीको योजना सफल हुन पाएन । तत्कालै दर्जन बढी तस्करको घेराबन्दीमा परेका दुई प्रहरी समातिए ।
समातिएपनि उनीहरुको विभत्स रुपमा हत्या भयो । कुटेर मार्दा होहल्ला हुने डरले तस्करले दुवै जनाको घाँटी रेटेर हत्या गरेका थिए । मुखमा कपडा कोचेर उनीहरुले घाँटी रेटेका थिए । घाँटी रेटेपछि असईको शव मोहना नदीको किनारामा फालियो ।
उनीहरु असईको हत्या गरेर अरु प्रहरीलाई तर्साउन चाहन्थे । ताकि कसैले तस्करसँग जोरी खोज्ने दुस्सासह नगरोस । असईको विभत्स हत्या गरेको अवस्थामा शव भेटिएपनि जवान सावद भने बेपत्ता थिए । सावदलाई कसैले पनि भेट्टाउन नसक्ने गरी उनीहरुले हत्या गरेर बेपत्ता पारेका थिए ।
तर केही प्रहरीसँग तस्करको नामसहित जानकारी रहेपछि उनीहरुलाई तत्कालै पक्राउ गरेर अनुसन्धान थालियो । शुरुमा पक्राउ परेका ११ जनापछि थप दुई जनालाई पनि प्रहरीले नियन्त्रणमा लिएर अनुसन्धान शुरु गर्यो ।
केरकार गरेपछि तस्करहरुले नै रहस्य खोले, जवान सावदलाई हत्या गरेर मोहना नदीको बीच भागमा खाल्डो खनेर गाडिएको थियो । घुडासम्म पानी आउने नदीको बीच भागमा फरुवाले खाल्डो खनेर शव हालेपछि ढुंगा हालेर पुरिएको थियो ।
ताकि महिनौसम्म बेपत्ता सावदबारे कुनै कुरा पत्ता नलागोस । तर प्रहरीको अनुसन्धानले तस्करको गोप्य योजना गोप्य रहन सकेन । अन्ततः प्रहरीले तस्करलाई नै सोही ठाउँमा लिएर शव गाडिएको ठाउँ देखाउन भनेपछि उनीहरुले हत्या गरेकोदेखि शव गाडिएको ठाउँको बारेमा विस्तृत बयान दिएका थिए ।
त्यसपछि प्रहरीले बेपत्ता रहेका प्रहरी जवान सावदको शव मोहना नदीको बीच भागबाट उत्खनन गरेर निकाल्यो । याे सबै हेर्दा कुनै दक्षिण भारतीय चलचित्रको कथाभन्दा कम छैन् । यति क्रुर ढंगबाट प्रहरीको हत्या गर्ने तस्करलाई कडा कारवाही गर्न पीडित प्रहरीका परिवारले माग गरेका छन् ।
यो पनि पढ्नुहोस
असईको घाटी रेट्ने तस्कर कि प्रहरी जवान ?
असई हत्या प्रकरणमा ११ जना पक्राउ
असई हत्याको विरोधमा जिल्ला प्रहरी कार्यालय घेराउ
असईको हत्या भएकै ठाउँमा भेटियो बेपत्ता प्रहरी जवानको शव
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपप्रहरी अतिरिक्त महानिरीक्षकद्वयलाई दर्ज्यानी चिन्ह प्रदान
कात्तिक १४, २०८१ बुधबार
विधि विज्ञान प्रयोगशालामा जनशक्ति अभाव
कात्तिक १२, २०८१ सोमबार
नायव निरीक्षक दर्नालसहित सम्पर्कविहिन भएका १२ प्रहरीलाई ७ दिनभित्र हाजिर हुन निर्देशन
कात्तिक ११, २०८१ आइतबार
लामिछाने छुटाउन भित्रभित्रै हारगुहारः गृहमन्त्री लेखकसँग डीपीको भेटघाट
कुसुम सेञ्चुरी
कात्तिक १३, २०८१ मंगलबार
प्रहरीमा बढुवा सकसः आठ डीआईजीका लागि दर्जन प्रतिस्पर्धी
नेपालबहस संवाददाता
कात्तिक १३, २०८१ मंगलबार
एआईजी बढुवा र अवकाशमा हुने राजनीतिक चलखेलः को को होलान् एआईजी र डीआईजी ?
नेपालबहस संवाददाता
कात्तिक १४, २०८१ बुधबार
साम्बा भन्छिन्- यो हार बिर्सिन धेरै समय लाग्छ
कात्तिक १५, २०८१ बिहिबार
म्याद सकिए पनि हिरासतमै वित्ने भो रविको तिहार, २० गते मात्र अदालत लगिने
कात्तिक १५, २०८१ बिहिबार
आयल निगमले घटायो पेट्रोलियम पदार्थको मूल्य
कात्तिक १५, २०८१ बिहिबार
यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर
कात्तिक १६, २०८१ शुक्रबार
आज नेपाल संवत् अनुसार नयाँ वर्षको पहिलो दिन, नेवार समुदायले म्ह पूजा गरी चाड मनाउँदै
कात्तिक १६, २०८१ शुक्रबार
पञ्चांग निर्णायक समितिले भन्यो, शुक्रबार तिहारको कुनै पर्व छैन
कात्तिक १६, २०८१ शुक्रबार
आज जन्म लिने बच्चा तुला राशीको हुने, जौ मुखमा राखेर जुन दिशाको यात्रा गरेपनि शुभ हुन्छ
कात्तिक १६, २०८१ शुक्रबार
सरकारले मुलुकमा आर्थिक समृद्धि ल्याएरै छोड्छ : प्रधानमन्त्री ओली
कात्तिक १५, २०८१ बिहिबार
ट्रम्पको चुनावी अभियानसँग सम्बन्धित मुद्दामा मस्क अदालतमा उपस्थित हुने
कात्तिक १५, २०८१ बिहिबार