ललितपुरमा ८ बर्षीया बालिकाको अपहरण, ३ जना पक्राउ
नेपालबहस संवाददाता
कात्तिक ४, २०७७ मंगलबार २०:५:१२
४ कात्र्तिक, काठमाडौं । ललितपुरको महालक्ष्मी नगरपालिका मनकामना चोकबाट ८ बर्षीया बालिकाको अपहरण भएको छ । सोमबार राती ७ बजेतिर बालिकाको अपहरण भएको थियो । महानगरीय प्रहरी परिसर ललितपुर अन्तर्गत रहेका डीएसपी मित्रबन्धु शर्माका अनुसार बालिका अपहरण भएपछि प्रहरी टोली व्यापक रुपमा परिचालन गरिएको थियो ।
बारा सिम्रौनगढ नगरपालिका १ घर भइ हाल ललितपुर जिल्ला महालक्ष्मी नगरपालिका वडा नम्बर ४ मनकामना चोकस्थित बस्ने गुड्डी साहकी ८ वर्षीय छोरीको अपहरण भएको प्रहरीको भनाई छ । अपहरणमा परेकी बालिकाको प्रहरीले सोमबार राती नै उद्धार गरेको हो ।
बालिकाको उद्धार गर्दै प्रहरीले ३ जना अपहरणकारीलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा सर्लाही हरिवन नगरपालिका वडा नम्वर ८ बासटोल घर भएका ३० वर्षीय राजु कार्की, काभ्रे नमोबुद्ध नगरपालिका वडा नम्वर ८ का २३ वर्षीय सीता परियार र धनुषा धारपानीका ४० वर्षीय कृष्ण तोलामी छन् ।
बालिकाको अपहरण गरेपनि कारणबारे अहिलेसम्म खुलेको छैन् । अपहरणपछि हरिसिद्धीमा रहेको सीताको कोठामा बालिकालाई बन्धक बनाइएको थियो । अपहरणको योजना राजु कार्कीले बनाएको भएपनि फिरौतीका लागि वा अरु केही कारण अपहरण गरिएको हो भन्ने कुरा खुलेको छैन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थप७ वर्ष कैद सजाय मागसहित दुर्गा प्रसाईंविरुद्ध साइबर अपराधको मुद्दा दर्ता
मंसिर २६, २०८१ बुधबार
वैदेशिक रोजगारीका लागि विदेश पठाइदिने भन्दै रकम ठगी गर्ने तीन जना पक्राउपछि सार्वजनिक
मंसिर २६, २०८१ बुधबार
१७ वर्षकी बालिका बलात्कार आरोपमा पक्राउ परेका पूर्वमेयरलाई चार दिन हिरासतमा राखिने
मंसिर २५, २०८१ मंगलबार
जाडोमा हृदयघात र स्ट्रोकबाट बच्न ओछ्यानबाट उठ्नेबित्तिकै गर्नुहोस् यी काम
नेपालबहस संवाददाता
मंसिर २५, २०८१ मंगलबार
पर्सामा रवि लामिछानेको ४ घण्टा बयान, १७ प्रश्न सोधिए
आबिद हुसेन
मंसिर २५, २०८१ मंगलबार
समस्या देखियो भनेर कामबाट पन्छिन हुन्नः मुख्यमन्त्री कँडेल
मंसिर २७, २०८१ बिहिबार
वायु प्रदूषण न्यूनीकरण आवश्यकः मन्त्री शाही
मंसिर २७, २०८१ बिहिबार
संयुक्त राष्ट्र महासभाको गाजा युद्धविरामको मतदानलाई हमासद्वारा ‘स्वागत’
मंसिर २७, २०८१ बिहिबार
टाइम म्यागजिनद्वारा डोनाल्ड ट्रम्पलाई दोस्रो पटक ‘पर्सन अफ द इयर’ घोषणा
मंसिर २७, २०८१ बिहिबार
बागमती नदी तथा खोला किनारसम्बन्धी मापदण्ड कार्यान्वयन नगर्न पत्राचार
मंसिर २७, २०८१ बिहिबार
दश करोड बढी लगानीमा विद्युतीय माइक्रोबस सञ्चालन
मंसिर २७, २०८१ बिहिबार