साइबर एलायन्स फर म्यूचल प्रोग्रेसको सदस्यमा नेपालको सेन्टर फर साइबर सेक्यूरिटी रिसर्च एण्ड इनोभेसन
नेपालबहस संवाददाता
कात्तिक ४, २०७७ मंगलबार २०:१७:२५
४ कात्तिक, काठमाडौं । साइबर एलायन्स फर म्यूचल प्रोग्रेस ‘क्याम्प’ को पाँचौँ वार्षिक बैठकबाट नेपालको प्रतिनिधित्व गर्दै सेन्टर फर साइबर सेक्यूरिटी रिसर्च एण्ड इनोभेसन सदस्यमा निर्वाचित भएको छ । क्याम्पको मुख्यालय सोल, दक्षिण कोरियामा सेप्टेम्बर १४-२०, २०२० मा आयोजना भएको साइबर एलायन्स फर म्यूचल प्रोग्रेस ‘क्याम्प’ को पाँचौँ वार्षिक बैठकबाट सीएसराआई सदस्यमा निर्वाचित भएको हो।
साइबर एलायन्स फर म्यूचल प्रोग्रेस ‘क्याम्प’ले अक्टोबर, २०२० को आफ्नो आधिकारिक क्याम्प न्यूजलेटर नं. १९ सार्वजनिक गर्दै सीएसराआई सदस्यमा निर्वाचित भएको जानकारी दिएको हो । सो आधिकारिक क्याम्प न्यूजलेटरमा उल्लेख भए अनुसार सेन्टर फर साइबर सेक्यूरिटी रिसर्च एण्ड इनोभेसन नेपाललाई नयाँ सदस्यमा स्वागत गरिएको छ ।
यसअघि नेपालका तर्फबाट नेपाल सरकारका निकायहरु राष्ट्रिय सूचना प्रविधि केन्द्र र राष्ट्रिय अनुसन्धान विभाग मात्र सदस्य रहेका थिए । साइबर एलायन्स फर म्यूचल प्रोग्रेस ‘क्याम्प’को सदस्यमा हाल ४६ वटा देशहरुको ६० वटा सरकारी, सार्वजनिक निकाय तथा मूनाफा रहित संगठित संस्थाहरु सदस्य रहेका छन् ।
उक्त पाँचौं वार्षिक बैठकमा सीएसराआईका उपाध्यक्ष मिलन राज नेपालीले अन्तर्राष्ट्रिय पर्यवेक्षक तथा सदस्य प्राप्तका लागि सीएसराआईको तर्फबाट नेतृत्व गरेका थिए ।
साथै, उक्त कार्यका लागि सीएसराआईका अध्यक्ष प्रा.डा. सुवर्ण शाक्य, निवर्तमान अध्यक्ष चिरञ्जीवी अधिकारी, र महासचिव ई.शालीग्राम पराजुलीले समेत विशेष प्रतिनिधित्व गरेको सेन्टर फर साइबर सेक्यूरिटी रिसर्च एण्ड इनोभेसनका महासचिव शालिग्राम पराजुलीले बताए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपसङ्खुवासभाको मकालुमा टिपर दुर्घटनाः दुई जना मजदुरको मृत्यु, दुई घाइते
कात्तिक १५, २०८१ बिहिबार
हराएका २५ दुई पाङ्ग्रे सवारी साधन धनीलाई हस्तान्तरण
कात्तिक १४, २०८१ बुधबार
कुनै प्रभावमा नपरी जनसेवामा खटिन महानिरीक्षक अर्यालको निर्देशन
कात्तिक १३, २०८१ मंगलबार
लामिछाने छुटाउन भित्रभित्रै हारगुहारः गृहमन्त्री लेखकसँग डीपीको भेटघाट
कुसुम सेञ्चुरी
कात्तिक १३, २०८१ मंगलबार
प्रहरीमा बढुवा सकसः आठ डीआईजीका लागि दर्जन प्रतिस्पर्धी
नेपालबहस संवाददाता
कात्तिक १३, २०८१ मंगलबार
एआईजी बढुवा र अवकाशमा हुने राजनीतिक चलखेलः को को होलान् एआईजी र डीआईजी ?
नेपालबहस संवाददाता
कात्तिक १४, २०८१ बुधबार
साम्बा भन्छिन्- यो हार बिर्सिन धेरै समय लाग्छ
कात्तिक १५, २०८१ बिहिबार
म्याद सकिए पनि हिरासतमै वित्ने भो रविको तिहार, २० गते मात्र अदालत लगिने
कात्तिक १५, २०८१ बिहिबार
आयल निगमले घटायो पेट्रोलियम पदार्थको मूल्य
कात्तिक १५, २०८१ बिहिबार
फेसने शहर धरानमा ‘सांस्कृतिक तिहार’
कात्तिक १६, २०८१ शुक्रबार
जुम्लामा २० हजार पाँच सय ११ मेट्रिक टन स्याउ उत्पादन
कात्तिक १६, २०८१ शुक्रबार
घर खर्च जुटाउन अम्बा बिक्री गरेर नुनतेलको जोहो
कात्तिक १६, २०८१ शुक्रबार
यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर
कात्तिक १६, २०८१ शुक्रबार
आज नेपाल संवत् अनुसार नयाँ वर्षको पहिलो दिन, नेवार समुदायले म्ह पूजा गरी चाड मनाउँदै
कात्तिक १६, २०८१ शुक्रबार
पञ्चांग निर्णायक समितिले भन्यो, शुक्रबार तिहारको कुनै पर्व छैन
कात्तिक १६, २०८१ शुक्रबार