लगातार दुई दिनदेखि “ईण्ट्राडे हाईमा” बन्द भएको बजारमा कहाँनिर छ निकै ठूलो प्रतिरोध ?
आर्थिक संवाददाता
कात्तिक ४, २०७७ मंगलबार २२:२५:४८
४ कार्तिक, काठमाडाैं । आज पनि शेयरबजार ईण्ट्राडे हाईमा बन्द भएको छ । नेप्से परिसूचक १३ दशमलव २२ अंकले वृद्धि हुँदै १५८३ दशमलव ६० को विन्दुमा बन्द भएको छ । १९३ कम्पनीको शेयर कारोवार हुँदा १ अर्ब २७ करोडको शेयर कारोवार भएको छ । कारोवार रकम अघिल्लो कारोवार दिनको तुलनामा केही वृद्धि भएको हाे ।
नेप्से परिसूचक शुन्य दशमलव ८४ प्रतिशतले वृद्धि भएको छ । बजार १५७६ दशमलव ६२ को विन्दुमा खुलेकोमा बजारको उच्च विन्दु १५८३ दशमलव ६० रहेको छ। बजारले १५७३ दशमलव ०७ को न्यून विन्दु समातेको थियो ।
बजारको उच्च विन्दु र अन्तिम विन्दु एकै रहेकोले बजार ईण्ट्राडे हाईमा बन्द भएको हो । यस्तो प्रवृत्तिलाई सकारात्मक मानिन्छ। बजारको सुरुआती समय अर्थात ११ बजेर ०४ मिनेटमा न्यून विन्दु समातेको थियो । हिजो र आजको बजारको प्रवृत्ति हेर्दा उस्तै उस्तै रहेको छ। बजार बढ्दो प्रवृत्तिमा रहेको छ।
अक्टोबर ७ मा बजार १६०० को मनोवैज्ञानिक रेखा भन्दा माथि बन्द हुन सफल भएपनि अर्को कारोवार दिन अक्टोबर ८ मा फेरी १६०० भन्दा मुनि नै बजार बन्द भएको थियो । १६०० को विन्दु अहिलेको मात्र तत्कालिन प्रतिरोध क्षेत्र नभएर विगत निकै वर्षदेखि प्रतिरोध क्षेत्रको रुपमा अघि सरेको छ । यो विन्दु भन्दा माथि बजार बस्न नसक्दासम्म बुलिस ट्रेण्डको कल्पना गर्न नसकिने जानकारहरू बताँउछन् ।
आज सर्वाधिक कारोवार हुने ५ कम्पनीहरु :
आज सर्वाधिक कमाउने ५ कम्पनीहरु :
आज सर्वाधिक गुमाउने ५ कम्पनीहरु :
✍ प्राविधिक बिश्लेषण :
प्रतिरोध २ः १६७० । प्रतिरोध १ः १६१५ । टेवा १ः १५५० । टेवा २ः १५००
✍आज पनि शेयरबजार बढ्दो प्रवृत्तिमा रहेको थियो। आजको मैनबत्ती पनि “बुलिस” प्रवृत्तिको रहेको छ । आजको उच्च बिन्दु र अन्तिम बिन्दु एउटै रहेकोले यसले अर्को कारोबार दिन पनि बजार सकारात्मक हुन सक्ने प्रवल सम्भावना संकेत गर्दछ । आजको परिमाण भने सन्तोषजनक रहेको छ। यसले बजारमा अघिल्लो कारोबार दिनभन्दा क्रेताको सहभागिता बढ्दै गएको संकेत गरेको छ।
✍ दैनिकी अवधिमा “आरएसआई” ६० दशमलब ९४ को बिन्दुमा छ। यसको प्रवृत्तिले बजारमा क्रेताको चाप हुन थालेको जानकारी गराएको छ ।
✍ “एडीएक्स” र जोड ÷ बिजोड “डाइरेक्सनल इन्डेक्स”हरुले बजारमा आज क्रेताको चाप रहेको जानकारी गराएको छ।
✍ “अन ब्यालेन्स भल्यूम” ले बजार हालसम्म सकारात्मक रहेको जानकारी गराएको छ।
✍ अघिल्लो दिनको बिश्लेषण अनुसार अबको अर्को तत्कालिन प्रतिरोध १५८० को क्षेत्रमा रहेको देखिन्छ भनिएको थियो। आज बजार यो क्षेत्रभन्दा माथि गएर बन्द भएको छ। बजार अझ सकारात्मक हुन सक्ने संकेतहरु देखिएको छ। अर्को तत्कालिन प्रतिरोध १६१५ को क्षेत्रमा रहेको देखिन्छ। हालको तत्कालिन बलियो टेवा १५५० को क्षेत्रमा रहेको देखिन्छ।
(नोट : निर्णय लिनु अघि थप अनुसन्धान गर्नु होला । नेपालबहसको शेयर बिश्लेषण गर्ने शाखाले प्राविधिक र आधारभूत औजारको प्रयोग गरेर बिश्लेषण गरिएको हो। नाफा-नोक्सानको जिम्मेवार नेपालबहस हुने छैन। )
आर्थिक संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपअमेरिकामा घुस दिएको आरोपपछि अडानीका कम्पनीहरुको शेयरमा भारी गिरावट
मंसिर ६, २०८१ बिहिबार
सर्वसाधारणका लागि नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको ८३ हजार कित्ता संस्थापक शेयर बिक्रीमा
मंसिर ४, २०८१ मंगलबार
आज शेयरबजार बन्द, भोली बिहान ११ बजे मात्र खुल्ने
मंसिर ३, २०८१ सोमबार
कांग्रेससँग बीआरआईमा सहमती नजुटेपछि महासचिव पोखरेलले फेसबुकबाट पोखे असन्तुष्टि
नेपालबहस संवाददाता
मंसिर ७, २०८१ शुक्रबार
मोरङबाट तस्करी लाइन सुचारु, महिनाबारी असुल्न घुमुवा परिचालन !
नेपालबहस संवाददाता
मंसिर ७, २०८१ शुक्रबार
सेनालाई काम नलाग्ने केटु सिरिजका हतियार किनाउन ठेकेदार कार्कीको चलखेल
नेपालबहस संवाददाता
मंसिर ८, २०८१ शनिबार
सेनालाई काम नलाग्ने केटु सिरिजका हतियार किनाउन ठेकेदार कार्कीको चलखेल
मंसिर ८, २०८१ शनिबार
दरबारमार्गमा फोहोर गरेको भन्दै काठमाडौं महानगरले एमालेलाई गर्यो एक लाख जरिवाना
मंसिर ७, २०८१ शुक्रबार
भारतीय स्थल सेनाध्यक्षले गरे मुक्तिनाथ मन्दिरको दर्शन ( फोटो फिचर )
मंसिर ८, २०८१ शनिबार
काठमाडौंमा आज तीन जना मृत भेटिए
मंसिर ८, २०८१ शनिबार
कञ्चनपुरको कलुवापुरमा बस दुर्घटना हुँदा ३१ जना घाइते, दुईको अवस्था गम्भीर
मंसिर ८, २०८१ शनिबार