सरकारले ल्याएको नीति विपरीत सार्वजनिक यातायात संचालनमा ,‘प्रतिस्प्रर्धा’ले सर्वसाधारणलाई सास्ती
नेपालबहस संवाददाता
कात्तिक ४, २०७७ बुधबार २:२५:५१
♦ मिना कंडेल
४ कार्तिक, नवलपुर । लामो समयपछि संचालनमा आएका सार्वजनिक यातायातमा स्वास्थ्य मापदण्ड पुरा हुन सकेको छैन् । कोरोना भाईरसको महामारीले चैत्र ११ गतेदेखि बन्दाबन्दीमा परेका सार्वजनिक यातायात छ महिनापछि सुचारु भएका छन् । तर सरकारले ल्याएको नीति विपरीत चलेका छन् । एक सिटमा एकजनाका दरले यात्रुहरु चढाउने माक्स र सेनिटाइजर प्रयोग गर्ने भनिएको भएपनि त्यसो नभई सार्वजनिक यातायात चल्नाले कोभिडको जोखिम बढ्दो रहेको छ ।
सुरुसुरुका दिनमा एक सिटमा एकजना र माक्स, सेनिटाइजरको प्रयोग गएिको थियो तर अहिले एकसिटमा दुई जना नै चढाउने गरिएको छ । जसले गर्दा सार्वजनिक यातायातमा यात्रा गर्दा झन कोभिडको संक्रमण फैलिने डर भएको कावासोतीका लोक कंडेलले बताए । उनले “आफु सुरक्षित भएपनि यात्रा गर्दा कसैले माक्सको प्रयोग गर्छन् कसैले गर्दैनन् एक सिटमा दुईजना नै बसेका छन् जसले हामीहरु नै समस्यामा परिएला भन्ने चिन्ता लागको बताए । ”
एकातर्फ कोरोनाको जोखिम अर्कातिर सार्वजनिक यातायातमा ‘प्रतिस्प्रर्धा’ गरि हतारहतार चढाउने अनि ओराल्ने परिपाटीले सर्वसाधारणलाई सास्ती व्यहोर्नु परेको छ । सार्वजनिक यातायातमा शिष्ट व्यवहार नहुनु झन अर्काे समस्या भएको अधिकांश यात्रुहरुको गुनासो रहेको छ ।
नारायणगढ–डण्डा, चोरमारा रुट भएर चल्ने सवारीमा यात्रुहरुले बढी हैरानी खेप्नु परेको गैडाकोट १६ अमरापुरीका हरी ज्ञवालीले बताउछन् । ‘ लोकल रुटमा चल्ने सवारीमा धेरै समस्या र यसको लागि सम्बन्धित निकायले चासो दिनु पर्ने नदिएको उनले बताए । अहिले नवलपुरमा मात्र ३ देखि चारवटा विभिन्न संघ अन्तरगतका बसहरु चल्ने गर्दछन । चौतारी यातायात, लेकबेसी यातायात, सिटीबस यो रुटमा चल्ने मुख्य सार्वजनिक बसहरु रहेका छन । आफुहरु समयमा पुग्नु पर्ने र आफु भन्दा अघि अरु बस गयो भने यात्रु आफ्नै बसमा चढाउँछ भन्ने मानसिकताले अहिले लोकल रुटमा चल्ने बसमा प्रतिस्प्रर्धा पनि बढ्दो रहेको छ ।
‘यति प्रतिस्प्रर्धा छ की आफु ओर्लर्ने ठाउँ आयो भन्दा पनि पर पुर्याएर रोक्छन, एक्लै भएत केही हुन्थेन बालबच्चासँग हुदाँ पनि संयमता अपनाउदैनन् ।’ नारायगढबाट दलदले यात्रा गर्दे गरेकी दलदलेकी शोभा भण्डारीले भनिन् । शक्त यात्रुहरु मात्र हैन सार्वजनिक बसमा सवार गर्ने अशक्त र जेष्ठ नागरिकहरुले पनि हैरानी बेहोर्नु परेको छ । ‘हामीलाई मुख्य गरि भाडा सहुलियतमा ध्यान नदिने गरेका र अपाङलाई लक्षित गरेको सिट नपाइने समस्या छ’ । अरु त अरु अपाङ देखेपछि बस नै रोक्दैन’ । भण्डारीको भनाई रहेको छ ।
यता चालकले भने आफुहरुलाई टाइम कार्ड दिएको हुन्छ, टाइममा पुग्नै पर्ने हुदाँ कहिले काही ढिलो भई हालेमा यस्तो समस्या आउने गरेको स्वीकारेका छन् । जिल्ला ट्राफिक प्रहरी कार्यलय नवलपुरका प्रहरी मीनबहादुर कुवँरका अनुसार जिल्लामा चल्ने सार्वजनिक बसको हकमा भने समयमा चेकजाँच गरेको बताए । ‘हामीकहाँ अझैसम्म लोकल रुटमा चल्ने बसको विषयमा कुनै गुनासो र उजुरी आएको छैन्, यस्ता उजुरी आईहालेमा हामीले तत्काल कार्बाही गर्ने गरि काम गछौँ, ट्राफिक प्रहरी कुवँर बताउँछन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपगण्डकी प्रदेशका ८५ स्थानीय तहमध्ये ६५ पलिकामा न्यायिक सहजकर्ता सिफारिस
पुष २४, २०८१ बुधबार
‘सामुदायिक वन उद्योग दर्ताको अभावमा वन डढेलो बढ्यो’
पुष १७, २०८१ बुधबार
अब विकट छैन ‘बोबाङ गाउँ’
पुष १५, २०८१ सोमबार
३ लाख धरौटीमा छुटे दुर्गा प्रसाईं
पुष २५, २०८१ बिहिबार
रविलाई प्रहरीले पुनः पक्राउ नगर्ने, काठमाडौं जिल्ला अदालतमा आफैं उपस्थित हुने
पुष २५, २०८१ बिहिबार
आगामी माघ १ गतेदेखि बैंक खाता खोल्दा राष्ट्रिय परिचयपत्र अनिवार्य
पुष २६, २०८१ शुक्रबार
५ महिनामा एक सय २४ खर्ब तरलता प्रशोचन, बैंकहरूको कर्जा विस्तारमा देखिएन सुधार
पुष २६, २०८१ शुक्रबार
नवलपरासीको विनयी खोलाको पुल भासिँदा पूर्वपश्चिम राजमार्ग अवरूद्ध
पुष २६, २०८१ शुक्रबार
मुद्रास्फीति ६ प्रतिशत नाघ्यो, खाद्य वस्तुको मूल्यवृद्धि उच्च
पुष २६, २०८१ शुक्रबार
जलवायु परिवर्तनको असर न्यूनीकरणमा विश्वलाई सन्देश दिनुपर्छ : सभापति देउवा
पुष २६, २०८१ शुक्रबार
सरकारको ढुकुटीमा विदेशी विनिमय सञ्चिति २२ खर्ब ७३ अर्ब पुग्यो
पुष २६, २०८१ शुक्रबार
निर्माण व्यवसायीको २२ अर्ब बढी भुक्तानी, ६ अर्ब भुक्तानी हुन बाँकी
पुष २६, २०८१ शुक्रबार