पृतनालाई कोरोना नियन्त्रणको पूर्वतयारीमा जुट्न प्रधानसेनापतिको निर्देशन
नेपालबहस संवाददाता
कात्तिक ४, २०७७ बुधबार २:३५:५४
४ कात्तिक, काठमाडौं । प्रधानसेनापति पूर्णचन्द्र थापाले कोभिड– १९ सङ्क्रमणको वर्तमान अवस्थाको विश्लेषणबाट आगामी जाडो याममा महामारी बढ्न सक्ने देखिएकाले सबै पृतनालाई सरोकार निकायसँग समन्वय गरी पूर्वतयारीमा जुट्न निर्देशन दिएका छन। सैनिक मुख्यालय जङ्गीअड्डामा सञ्चालन भएको तीनदिने ‘पृतनापति समन्वयात्मक बैठक’ को समापन गर्दै उनले कोभिड–१९ बाट ठण्डीयाममा आउन सक्ने जोखिमको पूर्वाअनुमानअनुसार परिपक्व योजना बनाएर समन्वयका साथ काम गर्न निर्देशन दिए ।
महामारीबाट फौज र तिनका परिवारलाई सुरक्षित राख्नका लागि स्वास्थ्य सुरक्षामा विशेष ध्यान पु¥याउन सल्लाह दिँदै प्रधानसेनापतिले कोभिड– १९ को संक्रमण भइहालेमा उचित उपचारको व्यवस्था मिलाउन र हौसला कायम राख्न निर्देशन दिए । उनले भने, सेनाको कार्यशैलीमा आएको सकारात्मक परिवर्तनले सङ्गठनलाई पद्धति र प्रणालीमा आधारित तुल्याउन थप बल पु¥याएको छ ।
बैठकमा जङ्गीअड्डाका मातहतका महानिर्देशनालय, निर्देशनालय, विभाग र पृतनाले आआफ्ना कार्यप्रगति, सुरक्षाको वर्तमान वस्तुस्थिति र कोभिड–१९ बाट सिर्जित सुरक्षा चुनौती एवं आगामी कार्यनीतिका सम्बन्धमा सुझावसहितको प्रस्तुतीकरण गरिएको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपपेस्तोलसहित खाजा घर छिरेका सेनाका जवान पक्राउ
कात्तिक ११, २०८१ आइतबार
संयुक्त राष्ट्रसंघ दिवसको अवसरमा विशेष कार्यक्रम आयोजना
कात्तिक ८, २०८१ बिहिबार
रक्षा मन्त्रीको सय दिने उपलब्धि प्रधानसेनापति नियुक्ति गर्नु मात्र !
कात्तिक ७, २०८१ बुधबार
लामिछाने छुटाउन भित्रभित्रै हारगुहारः गृहमन्त्री लेखकसँग डीपीको भेटघाट
कुसुम सेञ्चुरी
कात्तिक १३, २०८१ मंगलबार
प्रहरीमा बढुवा सकसः आठ डीआईजीका लागि दर्जन प्रतिस्पर्धी
नेपालबहस संवाददाता
कात्तिक १३, २०८१ मंगलबार
एआईजी बढुवा र अवकाशमा हुने राजनीतिक चलखेलः को को होलान् एआईजी र डीआईजी ?
नेपालबहस संवाददाता
कात्तिक १४, २०८१ बुधबार
साम्बा भन्छिन्- यो हार बिर्सिन धेरै समय लाग्छ
कात्तिक १५, २०८१ बिहिबार
म्याद सकिए पनि हिरासतमै वित्ने भो रविको तिहार, २० गते मात्र अदालत लगिने
कात्तिक १५, २०८१ बिहिबार
आयल निगमले घटायो पेट्रोलियम पदार्थको मूल्य
कात्तिक १५, २०८१ बिहिबार
फेसने शहर धरानमा ‘सांस्कृतिक तिहार’
कात्तिक १६, २०८१ शुक्रबार
जुम्लामा २० हजार पाँच सय ११ मेट्रिक टन स्याउ उत्पादन
कात्तिक १६, २०८१ शुक्रबार
घर खर्च जुटाउन अम्बा बिक्री गरेर नुनतेलको जोहो
कात्तिक १६, २०८१ शुक्रबार
यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर
कात्तिक १६, २०८१ शुक्रबार
आज नेपाल संवत् अनुसार नयाँ वर्षको पहिलो दिन, नेवार समुदायले म्ह पूजा गरी चाड मनाउँदै
कात्तिक १६, २०८१ शुक्रबार
पञ्चांग निर्णायक समितिले भन्यो, शुक्रबार तिहारको कुनै पर्व छैन
कात्तिक १६, २०८१ शुक्रबार