समृद्धिका नाममा लुटकाे साम्राज्य कहिलेसम्म ?
![नेपालबहस संवाददाता](
https://nepalbahas.prixacdn.net/media/albums/NB_E0Qh2H6kyW.jpeg
)
नेपालबहस संवाददाता
कात्तिक ४, २०७७ बुधबार ३:२३:५५
![](https://nepalbahas.prixacdn.net/media/albums/sureshakumar_BtudhQEYt5.jpg)
नेपालमा “समृद्धि” शब्द राजनीतिक निर्लज्जहरुको “मागीखाने भाँडो” भएको छ । स्पस्ट खाका र कार्यदिशाको अभावमा यो शब्द कोटको खल्तिबाट झिकेर भोटसँग भजाउने माध्यम बि.सं २००७ सालदेखि भईआएको हो । त्यो समयदेखि शासनसत्तामा बिराजमान हुनेहरुले बाँडी आएको सपना नै “समृद्धि” हो । सोझा-साझा, अशिक्षित, गरिब, निरीह जनता यसैको लोभमा उनीहरुकै ईशारामा कहिले आन्दोलन र बिद्रोह त कहिले जनयुद्धमा होमिईरहेका छन् ।
जनताको यही कमजोरीको फाईदा उठाउँदै सीमित घेरामा घेरिएका राजनीतिक टाठाबाठाहरुले अन्तत देशलाई नै दाउमा राख्दै आफ्नो स्वार्थसिद्धी गरिरहेका छन् । यो कुकृत्यको मुकदर्शक र साक्षी सही मार्ग पहिचान गर्न नसक्ने कमजोर जनता बनेका छन् । श्रृंखलाबद्ध रुपमा दशकौंदेखि लुटको साम्राज्यको मुकदर्शक बन्नु उनीहरुको नियति भएको छ ।
बिश्व मानचित्रमा आँखा टक्टक्याउँदा मात्र देखिने नेपाल जस्तो सानो मुलुकमा १२२ भन्दा बढी राजनीतिक दल उदाउनु बिडम्बना हो । त्यो भन्दा ठुलो बिडम्बना सानो मुलुकमा संघ, प्रदेश, स्थानीय र जिल्ला गरि ४ तहका ईकाईहरु खडा गरेर तलदेखि माथिसम्म गुट र लुटको साम्राज्य खडा गर्नु हो । त्यो भन्दापनि डरलाग्दो अवस्था राज्यशक्तिको स्रोत भाई-भतिजा, छोरी-ज्वाँई, सम्धी-सम्धिनी, आदिमा बाँडेर नेपाल र नेपाली जनताको गरिबी र दरिद्रताको खिल्ली उडाउनु हो र देशलाई झन-झन जर्जर र दरिद्रताको मार्गमा धकेल्नु हो ।
जहानियाँ राणाशासनको झझल्को दिने गरी “परिवारवाद” हावी छ । लुट-गुट को साम्राज्य संस्थागत रुपमा स्थापित छ । अब अति भईसकेको छ ! अशिक्षा, गरिबी र दरिद्रताको धरातलमा उदाएका, अपराधको पृष्ठभुमि भएका, राजनीतिक दलका, सीमित मुठ्ठीभर नेताहरुको “मागीखाने टोकरी” आजैका मितिदेखि बन्द गर्न जरुरी छ ।
यो क्षेत्रका जनताको “अशिक्षा र गरिबी” सीमित राजनीतिक दल र टाठाबाठाहरुको स्वार्थसिद्धि गर्ने टोकरी भएको छ । गरिबी र दरिद्र हुनुको कारण हिजो “ब्यक्ति र व्यवस्था” लाई देखाईयो । परिणाम स्वरुप ब्यबस्था र शासन पद्धतिमा बार-बार आमुल परिवर्तन गर्न जनताहरु बाध्य भए । तत्पश्चात “समृद्धि”का नाममा मानव-मानव बीच बिद्धेश फैलाएर रक्तपात मच्चाईयो, अपहरण गरियो, बेपत्ता बनाईयो ।
लोकतन्त्र-गणतन्त्र प्राप्ति पश्चात प्रतिस्पर्धामा हारेका ब्यक्तिहरुलाई बिभिन्न तिकडम अपनाएर जिताएर आम निर्बाचनलाई नै मजाक बनाईयो । प्रतिस्पर्धामा मतदाताबाट हारेका र भ्रष्टाचार लगायतको अपराधिक पृष्ठभुमि भएका ब्यक्तिहरुलाई खोजीखोजी शासनसत्ता जिम्मा दिईएको छ । जहानियाँ राणाशासनको झझल्को दिने गरी “परिवारवाद” हावी छ । लुट-गुट को साम्राज्य संस्थागत रुपमा स्थापित छ । अब अति भईसकेको छ ! अशिक्षा, गरिबी र दरिद्रताको धरातलमा उदाएका, अपराधको पृष्ठभुमि भएका, राजनीतिक दलका, सीमित मुठ्ठीभर नेताहरुको “मागीखाने टोकरी” आजैका मितिदेखि बन्द गर्न जरुरी छ ।
बि।सं २००७ मा प्रजातन्त्र बहाली भएपश्चात हालसम्म २४ जना ब्यक्तिहरु ४० औं पटक प्रधानमन्त्री भए । बि.सं २०४६ पछि मात्र १० जना ब्यक्तिहरु २० औ पटक समृद्धिको सपना बाँड्दै प्रधानमन्त्री भएतापनि ओरालो लाग्दो अर्थतन्त्र र खस्कँदो जनताको जीवनस्तर र घट्दो अन्तर्राष्ट्रिय साख हेर्दा उनीहरुको राजनीतिक यात्रा र उनीहरुलाई नेपाली जनताले बिश्वासका साथ दिएको आजसम्मको समय धोखा सावित भईसकेको कुरा बार-बारको अस्थिरता, आन्दोलन र परिवर्तनले पुष्टि गरिसकेको छ ।
अबको समय र बिकल्प “मार्ग” पहिचान भएकाले नेपाली जनताले आफ्नो “तेस्रो नेत्र” खोल्न जरुरी भईसकेको छ । नेपाली जनताले अन्धभक्त भएर अब कसैको झण्डा र झोला बोक्ने होईन शान्ति र समृद्धिको “बाटो” पहिचान गर्ने बेला आएको छ । तिनै दल, तिनका उत्तराधिकारी र आसेपासेले अवसर पाउँदा मुलुक समृद्ध हुन्छ भन्ने भ्रम नेपाली जनताले अब पनि पाल्छन् भने त्यो जस्तो दुर्भाग्य नेपाल र नेपालीका लागि अरु हुनै सक्दैन् ।
पछिल्लो समय निर्बाचन आयोगमा अर्को कान्छो राजनीतिक दल दर्ता भएको सुन्नमा आएको छ । त्यसको नारा नेपालको समृद्धि प्राप्तिको दिशातर्फ भन्दापनि अशान्ति र युद्धतर्फ नै केन्द्रीत रहेको छ । अति राष्ट्रवादी बिचार बोकेर जनताको समृद्धिको चाहाना र भावनालाई युद्ध र अशान्तिसँग भजाएर यो दल उदाउन खोजेको छ । समस्याको समाधान बन्दुक, क्षेप्यास्त्र वा अरुकुनै अस्त्र हुनै सक्दैन् । बन्दुकको नालबाट शान्ति र समृद्धि आउँदैन् ।
संकिर्ण र ब्यक्तिवादी सोच यो क्षेत्रको समृद्धिको बाधक हो । समृद्धिको अभावमा अशान्ति र अस्थिरता रहिरहने छ । अशान्ति र अस्थिरताको कारण समृद्धि भएको र शान्ति र समृद्धि एकअर्काका परिपुरक भएकाले नेपाल लगायत दरिद्रताले गाँजेको दक्षिण-पुर्वी एशियाली देशका बासिन्दाहरुमा चेतना आउन जरुरी छ । संकिर्ण र ब्यक्तिवादी सोच त्याग्न जरूरी छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपसांसदका प्रश्न, प्रधानमन्त्रीका उत्तर देशका लागि कति प्रभावकारी होलान् ?
फागुन ६, २०८१ मंगलबार
लय मिलेको तथ्य सागुरिएको - प्रहरी विधेयक
फागुन २, २०८१ शुक्रबार
विचारविहीन राजनीतिको भूमरीमा बाबुराम भट्टराईको दल वैकल्पिक शक्ति बन्ला ?
माघ २९, २०८१ मंगलबार
नेकपा माओवादीभित्र नेतापिच्छे गुटः कमजोर वर्षमान, उदाए जनार्दन
नेपालबहस संवाददाता
फागुन ४, २०८१ आइतबार
ओसामा बिन लादेनलाई मार्ने टोलीलाई ओबामाले किन इन्च टेप उपहार दिए ?
नेपालबहस संवाददाता
फागुन ६, २०८१ मंगलबार
कांग्रेस केन्द्रीय प्रचार विभागले फागुन ९ देखि २१ सम्म प्रचार अभियान सञ्चालन गर्ने
फागुन ६, २०८१ मंगलबार
अध्यक्ष नेपालको राजनीतिक प्रतिवेदन अनुमोदन
फागुन ६, २०८१ मंगलबार
प्रधानमन्त्रीको अध्यक्षतामा राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानसभाको पाँचौँ बैठक सम्पन्न
फागुन ६, २०८१ मंगलबार
साउदीमा अमेरिकी र रुसी विदेशमन्त्रीबीच वार्ता, युक्रेनलाई किन सहभागी गराइएन ?
फागुन ६, २०८१ मंगलबार
लुम्बिनी प्रदेशसभाको हिउँदे अधिवेशन अन्त्य
फागुन ६, २०८१ मंगलबार
ओडिसाको घटना समाधान नगरे भारतमा विद्यार्थी पठाउन रोक्छौंः शिक्षा मन्त्रालय
फागुन ६, २०८१ मंगलबार