अमेरिकी अन्तरिक्ष यानले ३० करोड किलोमिटर भन्दा पर रहेको छुद्रग्रहलाई छोयो

नेपालबहस संवाददाता
कात्तिक ५, २०७७ बुधबार १४:४४:५१

५ कात्तिक, काठमाडौं । अमेरिकाको एक मानवरहित अन्तरिक्षयानले एउटा निकै महत्त्वकांक्षी मिशन अन्तर्गत ३० करोड किलोमिटर भन्दा पर रहेको एउटा छुद्रग्रहबाट नमूना सङ्कलन गर्ने काम पूरा गरेको जनाएको छ।
उक्त यान पाँच सय मिटर मात्र फराकिलो रहेको छुद्रग्रह बेनुसँग सम्पर्कमा आएको रेडियो सङ्केत ३३ करोड किलोमिटर परबाट प्राप्त भएको हो। तर नाशाको उक्त मिशनले ओसाइरिस रेक्स यानले वास्तविक रूपमै नमूना सङ्कलन गरे-नगरेको थाहा पाउन थप विवरणहरूको प्रतिक्षा गर्नुपर्ने जनाइएको छ।
दुई वर्षको यात्रा र अर्को दुई वर्ष उपयुक्त अवतरण गर्ने ठाउँको पहिचान गरेपछि नासाको उक्त यानले १६ सेकेन्ड लगाएर त्यहाँबाट केही नमूना लिएको छ। जुन २०२३ मा पृथ्वीमा आउनेछ।
बेनु आदिम समयकै पीण्ड भएकाले त्यसको सतहको बालुवा र धुलोमा रसायसन सम्बन्धी रोचक तथ्य भएको हुनसक्ने ठानिएको छ। उक्त मिशनले कम्तिमा ६० ग्रामदेखि एक किलोजति नमूना लिने उद्देश्य राखेको थियो।
अन्तरिक्षमा बेनु आदिम समयकै पीण्ड भएकाले त्यसको सतहको बालुवा र धुलोमा रसायसन सम्बन्धी रोचक तथ्य भएको हुनसक्ने ठानिएको छ। नाशाका प्रशासक जीम ब्राइन्डेन्स्टाइनले ट्वीटमार्फत् चन्द्रमा पुगेको अपोलो कार्यक्रमपछि अन्तरिक्षबाट सबैभन्दा बढि नमूना ल्याइने बताए।
नाशाका वैज्ञानिकहरूले यस मिशनलाई तीस करोड किलोमिटरभन्दा पर रहेको एउटा विशाल भवन आकारको छुद्रग्रहमा परैबाट नियन्त्रित रूपमा कार पार्क गर्ने प्रयाससँग तुलना गरेका छन्।
ओसाइरिस रेक्स यानले बेनुको आठ मिटर फराकिलो निशानालाई साढे चार घण्टाजति समय लगाएर छोएको थियो। उसले नमूना सङ्कलन गर्ने प्रक्रियालाई वैज्ञानिकहरूले ‘भ्याकुम क्लिनर’को काम गर्ने तरिकासँग तुलना गरेका छन्।
त्यससँग साढे चार अर्ब वर्ष अघि सूर्य र गृहहरू अस्तित्वमा आउनुपछाडिका तथ्यहरू हुन सक्ने ठानिएको छ। यस मिशनका प्रमुख अनुसन्धानकर्ता युनिभर्सिटी अफ एरिजोनाका डान्ते लोरेटले सबैजना गौरवान्वित महसुस गरिरहेका बताए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपअब नेपाली रेडियो एक कदम अगाडि नेपाली पात्रोमा सुन्न सकिने
फागुन १३, २०८१ मंगलबार
फेब्रुअरी महिनाको अन्तिम दिन हुदैँछ दुर्लभ ‘ग्रहहरूको परेड’
फागुन १२, २०८१ सोमबार
वैज्ञानिकहरूको दाबी- पृथ्वीको भित्री कोरको आकार परिवर्तन हुन सक्छ !
फागुन ११, २०८१ आइतबार
प्रेम विवाहको विषयमा केटीपक्ष र केटापक्षबीच भएको झडपमा १५ प्रहरीसहित १९ जना घाइते
फागुन १३, २०८१ मंगलबार
सहकारी ठगी प्रकरणको आफू संलग्न घटना बाहिरिएपछि सहकारी मन्त्रीकै स्वकीयले गरे आत्महत्या
फागुन १३, २०८१ मंगलबार
भारतको केआईआईटी कलेजबाट फर्किएका विद्यार्थीलाई त्रिविले भर्ना लिने
फागुन १३, २०८१ मंगलबार
रश्मिका मन्दनाका तीन फिल्मले कमायो तीन हजार एक सय ६५ करोड
फागुन १४, २०८१ बुधबार
परराष्ट्रमन्त्री राणा र राष्ट्र संघीय मानवअधिकार उच्च आयुक्त भल्कर टकबीच भेटवार्ता
फागुन १४, २०८१ बुधबार
शिवरात्रिमा पानीको बहाव बढाउन मेलम्चीलाई वाग्मतीमा छाडियो
फागुन १४, २०८१ बुधबार
अशोक शर्माको फिल्म 'डबल ट्रिपल' अर्को इतिहास रच्ने गरी आउने तयारीमा
फागुन १४, २०८१ बुधबार
विक्की कौशलको पाँच सय करोड कमाउने पहिलो फिल्म बन्यो 'छावा'
फागुन १४, २०८१ बुधबार