दुई थान पेस्तोल र वन्यजन्तुकाे सामग्रीसहित एक पक्राउ
नेपालबहस संवाददाता
कात्तिक ५, २०७७ बुधबार १४:५४:१७
५ कात्तिक, तनहुँ । अवैध हतियारबाट सर्वसाधारणलाई त्रसित र आङ्तकित पार्दै हिँड्ने एक जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा जिल्लाको बन्दीपुर गाउँपालिका–६ का ४० वर्षीय अशोक गुरुङ रहेका छन् । प्राप्त सूचनाका आधारमा इलाका प्रहरी कार्यालय बन्दीपुर र इलाका प्रहरी कार्यालय भानु मुकाम डुम्रेबाट खटिगएको प्रहरी टोलीले दुई थान पेस्तोलसहित उनलाई घरबाट मंगलबार पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायब उपरीक्षक युवराज तिमिल्सेनाले जानकारी दिए ।
उनका अनुसार गुरुङको घरबाट प्रहरीले दुई थान पेस्तोल सहित वन्यजन्तुसँग सम्बन्धित सामग्री बरामद गरेको छ । घर भित्र लुकाई राखेको अवस्थामा ९ एमएमको अटो पेस्तोल, ७.५ इन्च लम्बाई र ५.५ चौडाई भएको म्याग्जिन र सोही म्याग्जिनमा रहेको एक राउण्ड गोली, ७ इन्च लम्बाई र ५ इन्च चौडाई भएको म्याग्जिन सहितको एक थान पेस्तोल बरामद गरिएको प्रनाउ तिमिल्सिनाले जानकारी दिए ।
त्यसैगरी दुईवटा सुटकेशभित्र लुकाइछिपाइ राखेको अवस्थामा पाँचवटा विभिन्न वन्यजन्तु सामग्री बरामद गरेको छ । विभिन्न आकारका लम्बाइ, चौडाइ भएका छालाजस्तो देखिने वस्तु पानको पात आकारमा बिचमा ॐ लेखेको ५.५ इन्च लम्बाइ चार इन्च चौडाइ भएका एक थान वस्तु बरामद गरेको हो ।
त्यसैगरी जङ्गली जनावरको छालाजस्तो देखिने छ इन्च लम्बाइ, २.५ इन्च गोलाइको वस्तु एक थान र जङ्गली जनावरको छालाजस्तो देखिने सात इन्च लम्बाइ र १.५ इन्च गोलाइ भएको वस्तु एक थान बरामद गरेको छ । त्यस्तै जङ्गली जनावरको छालाजस्तो देखिने १० इन्च लम्बाइ २.५ इन्च गोलाइ भएको वस्तु थान एक र जङ्गली जनावरको छालाजस्तो देखिने ‘भी’ आकारको वस्तु एक थान तथा जङ्गली जनावरको सिङजस्तो देखिने एक फिट लम्बाइ, फेद गोलाइ ४.५ इन्च र टुप्पाको गोलाइ एक इन्च भएको वस्तु एक थानसहित बरामद गरेको प्रहरीले जनाएको छ ।
त्यसैगरी जङ्गली जनावरको सिङजस्तो देखिने एक फिट तीन इन्च लम्बाइ फेदको गोलाइ तीन इन्च, टुप्पोको गोलाइ १.५ इन्च भएको वस्तु एक थान पनि प्रहरीले बरामद गरेको छ । सोही सुटकेशको साइड गोजीमा प्लाष्टिकमा पोका पारी राखेको ५० ग्राम गाँजाजस्तो पदार्थसमेत बरामद गरेको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपप्रहरी अतिरिक्त महानिरीक्षकद्वयलाई दर्ज्यानी चिन्ह प्रदान
कात्तिक १४, २०८१ बुधबार
विधि विज्ञान प्रयोगशालामा जनशक्ति अभाव
कात्तिक १२, २०८१ सोमबार
नायव निरीक्षक दर्नालसहित सम्पर्कविहिन भएका १२ प्रहरीलाई ७ दिनभित्र हाजिर हुन निर्देशन
कात्तिक ११, २०८१ आइतबार
लामिछाने छुटाउन भित्रभित्रै हारगुहारः गृहमन्त्री लेखकसँग डीपीको भेटघाट
कुसुम सेञ्चुरी
कात्तिक १३, २०८१ मंगलबार
प्रहरीमा बढुवा सकसः आठ डीआईजीका लागि दर्जन प्रतिस्पर्धी
नेपालबहस संवाददाता
कात्तिक १३, २०८१ मंगलबार
एआईजी बढुवा र अवकाशमा हुने राजनीतिक चलखेलः को को होलान् एआईजी र डीआईजी ?
नेपालबहस संवाददाता
कात्तिक १४, २०८१ बुधबार
साम्बा भन्छिन्- यो हार बिर्सिन धेरै समय लाग्छ
कात्तिक १५, २०८१ बिहिबार
म्याद सकिए पनि हिरासतमै वित्ने भो रविको तिहार, २० गते मात्र अदालत लगिने
कात्तिक १५, २०८१ बिहिबार
आयल निगमले घटायो पेट्रोलियम पदार्थको मूल्य
कात्तिक १५, २०८१ बिहिबार
पञ्चांग निर्णायक समितिले भन्यो, शुक्रबार तिहारको कुनै पर्व छैन
कात्तिक १६, २०८१ शुक्रबार
आज जन्म लिने बच्चा तुला राशीको हुने, जौ मुखमा राखेर जुन दिशाको यात्रा गरेपनि शुभ हुन्छ
कात्तिक १६, २०८१ शुक्रबार
सरकारले मुलुकमा आर्थिक समृद्धि ल्याएरै छोड्छ : प्रधानमन्त्री ओली
कात्तिक १५, २०८१ बिहिबार
ट्रम्पको चुनावी अभियानसँग सम्बन्धित मुद्दामा मस्क अदालतमा उपस्थित हुने
कात्तिक १५, २०८१ बिहिबार
जलवायुको असरबारे ध्यानाकर्षण गर्न कालापत्थरमा पत्रकार सम्मेलन
कात्तिक १५, २०८१ बिहिबार
आयल निगमले घटायो पेट्रोलियम पदार्थको मूल्य
कात्तिक १५, २०८१ बिहिबार