“कोरोना र जनजीवन” फोटो प्रतियोगिताकाे दोस्रो उपाधि सञ्चारकर्मी जियालाल
नेपालबहस संवाददाता
कात्तिक ६, २०७७ बिहिबार २२:२८:५४
६ पर्सा, कार्तिक । तन्नेरी चासोले आयोजना गरेको “कोरोना र जनजीवन” (Life in the time of Corona) फोटो प्रतियोगिताको दोस्रो उपाधि पर्साका सञ्चारकर्मी जियालाल साहले जितेका छन् । वीरगन्जस्थित गण्डक कोभिड अस्पतालको आइसियुमा एक बिरामीले अर्का बिरामीलाई अक्सिजन लगाउँदै गरेको तस्बिर २५ हजार रुपैयाँसहित दोस्रो पुरस्कार जितेको तन्नेरी चासोले जनाएको छ । देशभरका १ सय ३८ फोटोग्राफरले ४ सय ५० वटा तस्बिरहरु प्रतिष्पर्धाका लागी पठाएकोमा वीरगंजबाट पत्रकारिता गरिरहेका कोरोना र जनजीवन विषयक प्रतियोगितामा उनको तस्बिर दोस्रो भएको हो ।
कोरोना संक्रमित हुदाँ साहले वीरगंज गण्डकस्थित रहेको गण्डक हस्पिटल भित्रको बेथिति बाहिर ल्याएका थिए । कोरोना र जनजीवन नाम दिइएको फोटो प्रतियोगितामा भने पहिलो उपाधि गुल्मीकी बबिता कुँवरले जितेकी छिन् । कुँवरको बन्द स्कुलमा चियाउँदै गरेको बालकको तस्बिरले यस प्रतियोगिताको प्रथम पुरस्कार जित्न सफल भएको हो । कुँवरले प्रमाणपत्र सहित ३० हजार र केशवराज थोकरको लकडाउनका बेला राजधानी कलंकीमा ट्रक चढेर आफ्नो घरतर्फ जानलाई तँछाडमछाड गर्दै गरेको तस्बिर तेस्रो भएको हो ।
कोरोना भाइरसको महाव्याधिले पारेको प्रभाव र फेरिएको जीवनशैली र नियन्त्रणका लागि भइरहेको प्रयास, यसले सिर्जना गरेको अवस्था र हाम्रो दैनिकीहरूलाई तस्बिरका माध्यमबाट समेट्ने उद्देश्यका साथ फोटो पत्रकार क्लबसँगको सहकार्यमा तन्नेरी चासोले “कोरोना र जनजीवन” फोटो प्रतियोगिता घोषणा गरेको थियो । एजेन्सी फ्रान्स प्रेस, नेपालका वरिष्ठ फोटो पत्रकार प्रकाश माथेमाको अध्यक्षता रहेको निर्णायक मण्डलमा समाजशास्त्री तथा नीति विश्लेषक प्रेम सापकोटा र अन्नपूर्ण पोस्टका फोटो सम्पादक एवं फोटो पत्रकार क्लबका अध्यक्ष विकास कार्की रहेको थियो । निर्णायक मण्डलले विजेता सहित उत्कृष्ट ५० फोटोहरू छानेका थिए।
निर्णायक मण्डलका अध्यक्ष प्रकाश माथेमाले ‘प्रतियोगितामा आएका सबै फोटोहरू राम्रो रहेको बताउँदै, हाम्रो प्यानलले आफ्नो वेस्ट ईफोर्ट दिएको र डिर्जबिङ फोटोहरू नै विजेता बनेको’ बताए । कोरोनाको कारण भएको परिवर्तन लगायत समाजमा परेको समस्या र यसका गतिविधिका धेरै किसिमका मन छुने तस्बिरहरू सहित धेरै राम्रा फोटोहरू भएको बताउँदै समाजशास्त्री तथा नीति विश्लेषक प्रेम सापकोटा ले भन्नुभयो, ‘राम्राबाट उत्कृष्ट र उत्कृष्टबाट सर्वोत्कृष्ट फोटो छानिएको’ बताए ।
फोटो प्रतियोगिताका निर्णायक मण्डलका सदस्य विकास कार्कीले ‘जजिङ गर्ने काम सजिलो हुँदैन तर हामीले थिम अनुसारको न्यायोचित हुने आएका मध्ये उत्कृष्ट तस्बिरहरू छानेको बताउँदै नेपाली फोटोग्राफरहरू थिम अनुसारको फोटो छान्ने क्षमतामा अझै सुधार गर्नुपर्ने देखिन्छ’ भने । प्रतियोगितामा आएका फोटोहरूमध्ये विजेता सहित उत्कृष्ठ ५० फोटोहरु र तेस्रो राउन्डसम्म पुग्न सफल फोटोहरूको भर्चुअल फोटो प्रदर्शनी गरिने योजना रहेको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपजनकपुरको दुर्गा मन्दिर परिसरमा वृद्धको हत्या
पुष ५, २०८१ शुक्रबार
पर्सामा मिटर ब्याजविरुद्ध प्रहरीको कदम, ३३ बिघाभन्दा बढी सम्पत्ति फिर्ता
पुष ३, २०८१ बुधबार
स्वास्थ्य बीमाको कभरेज बढाउन मुख्यमन्त्री सिंहको निर्देशन
पुष २, २०८१ मंगलबार
काठमाडौं महानगरका प्रमुख प्रशासकीय अधिकृतमाथि कारबाही सिफारिस
नेपालबहस संवाददाता
पुष ५, २०८१ शुक्रबार
रास्वपा सभापति लामिछानेसहितका प्रतिवादीका अदालतमा बयान सुरु हुँदै
पुष ८, २०८१ सोमबार
रसुवागढी जलविद्युत् आयोजनाद्वारा विद्युत् उत्पादन सुरु
पुष ८, २०८१ सोमबार
मानव बेचबिखनविरुद्धकी अभियन्ता ‘टिप हिरो’ सुनिता दनुवारको निधन
पुष ८, २०८१ सोमबार
झापा कपः उपाधिका लागि आज चर्च ब्वाइज र एनआरटी भिड्दै
पुष ८, २०८१ सोमबार
व्यवसायिक माछापालनबाट वार्षिक ११ लाख आम्दानी
पुष ८, २०८१ सोमबार
ताप्लेजुङमा धान उत्पादनमा वृद्धि
पुष ८, २०८१ सोमबार