तस्करको आक्रमणमा परी ज्यान गुमाएका प्रहरीका परिवारलाई प्रदेश सरकारको राहत
नेपालबहस संवाददाता
कात्तिक ६, २०७७ बिहिबार २२:५७:४९
६ कार्तिक, सुदूरपश्चिम । सुदूरपश्चिम प्रदेश सरकारले नियमित गस्तीका क्रममा तस्करको आक्रमणमा परी ज्यान गुमाएका प्रहरी सहायक निरीक्षक गोविन्द विक र प्रहरी जवान रामबहादुर साउदको परिवारलाई राहत उपलब्ध गराउने निर्णय गरेको छ ।
मन्त्रिपरिषद्को आज बसेको बैठकले मृतक प्रहरीका परिवारलाई जनही रु एक लाखका दरले राहत उपलब्ध गराउने र मृतकका बालबालिकाको नाममा खाता खोली थप रु एक-एक लाख जम्मा गरिदिने निर्णय गरेको मुख्यमन्त्रीका प्रमुख स्वकीय सचिव शिवसिंह ओलीले जानकारी दिए।
धनगढी उपमहानगरपालिका–१२ स्थित नेपाल–भारत सीमा क्षेत्रमा नियमित गस्तीमा रहेका प्रसनि विक र प्रज साउदको यही कार्तिक १ गते राति तस्करको समूहले हत्या गरेको थियो । कञ्चनपुरका प्रसनि विक र अछामका प्रज साउद धनगढी उपमहानगरपालिका–१२ जुगेडामा रहेको अस्थायी प्रहरी पोष्टमा कार्यरत थिए ।
मृतक प्रहरीको शव सीमा क्षेत्रको मोहना नदीमा फेला परेको थियो । प्रहरीले उक्त घटनामा संलग्न भएको अभियोगमा धनगढी उपमहानगरपालिका–१० का सात जनालाई पक्राउ गरेको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपशिक्षामा समयानुकूल परिमार्जन आवश्यक छ: मुख्यमन्त्री शाह
मंसिर ३०, २०८१ आइतबार
वर्षासँगै बैतडीसहित सुदूरपहाडमा हिमपात, जनजीवन प्रभावित
मंसिर २४, २०८१ सोमबार
बारामा यसरी भइरहेछ घुमुवामार्फत असुली, नाकाहरूमा तस्करहरूको रजगज
नेपालबहस संवाददाता
पुष २, २०८१ मंगलबार
गठबन्धन सरकार ढल्छ कि भन्ने भ्रममा नपर्न सञ्चारमन्त्रीको आग्रह
पुष ३, २०८१ बुधबार
परराष्ट्रमन्त्री डा देउवा भारत प्रस्थान
पुष ३, २०८१ बुधबार
न्यायालयको गरिमा कायम राख्न पारदर्शिता चाहिने
पुष ३, २०८१ बुधबार
आर्थिक कूटनीतिलाई प्राथमिकतामा राख्न राजदूतहरुलाई आग्रह
पुष ३, २०८१ बुधबार