आज पनि नेप्सेमा साढे आठ अङ्कले वृद्धि
नेपालबहस संवाददाता
कात्तिक ६, २०७७ शुक्रबार ०:३३:१
६ कार्तिक, काठमाडौं । धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज पनि साढे आठ अङ्कले वृद्धि भएको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्सेमा ८/५४ ले वृद्धि भई एक हजार ६०६.२५ मा पुगेको छ । नेप्सेमा लगातार भएको वृद्धिले आज पुनः नयाँ उचाई तय गरेको हो । केही दिन पहिले पनि नेप्से एक हजार ६०० को बिन्दुमा पुगेको थियो । यस्तै सेन्सेटिभ परिसूचक १/९१ ले वृद्धि भई ३१८/५६ मा पुगेको छ । कूल १८७ कम्पनीको ६४ लाख ५७ हजार ८३३ कित्ता शेयर रु एक अर्ब ९९ करोड ४५ लाख ४३ हजार ९१९ मा पुगेको छ ।
स्टकका अनुसार आज कारोबार भएका कूल १२ उपसमूह मध्ये चार उपसमूहको शेयर ओरालो लाग्दा आठ उपसमूहको शेयर भने उकालो लागेको छ । होटल १४.०४, जलविद्युत् ६.४३, जीवन बीमा १०.१ र सामूहिक लगानी कोष ०.०६ ले ओरालो लागेको छ । यस्तै बैंकिङ १२.१, व्यापार ९.३३, विकास बैंक १.७१, वित्त ५.३८, निर्जीबन बीमा ३८.५२, उत्पादन २९.४८, अन्य ५.२७ र लघुवित्त ०.८१ ले वृद्धि भएको छ ।
कारोबारका आधारमा आज कुमारी बैंक शीर्ष स्थानमा रहेको छ । सो बैंकको रु १४ करोड १५ लाख ४५ हजार २३७ बराबरको कारोबार भयो । यस्तै, एनआइसि एशिया बैंक रु नौ करोड ८५ लाख ६९ हजार ८३५, अपि पावर कम्पनी रु आठ करोड ८२ लाख ७१ हजार १५५, प्राइम बैंक रु सात करोड ९७ लाख ६३ हजार ५८५, नेपाल बैंक रु सात करोड ८० लाख ९४ हजार ७८८ र ग्लोबल आइएमइ बैंक रु सात करोड ५५ लाख ८८ हजार ६१५ बराबरको कारोबार भई शीर्ष स्थानमा रहे ।
यस्तै, जनरल इन्स्योरेन्स ९.८९, नेपाल फाइनान्स ९.८६, अपि पावर कम्पनी ४.१९, सेञ्चुरी बैंक ३.७२, प्राइम बैंक ३.०६ र सेन्ट्रल फाइनान्सका लगानीकर्ताले ३.०५ प्रतिशतले कमाए । त्यस्तै, माउण्टेन हाइड्रो ३.६१, रैराङ हाइड्रोपावर ३, नेपाल हाइड्रो डेभलपर २.७३, पञ्चकन्या माई हाइड्रोपावर २.७०, सप्तकोशी डेभलपमेन्ट बैंक २.४४, राधी विद्युत् कम्पनीका लगानीकर्ताले २.४२ प्रतिशतले गुमाए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपप्रि-ओपन सेसनमा नेप्से बढ्यो
मंसिर ९, २०८१ आइतबार
अमेरिकामा घुस दिएको आरोपपछि अडानीका कम्पनीहरुको शेयरमा भारी गिरावट
मंसिर ६, २०८१ बिहिबार
सर्वसाधारणका लागि नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको ८३ हजार कित्ता संस्थापक शेयर बिक्रीमा
मंसिर ४, २०८१ मंगलबार
कांग्रेससँग बीआरआईमा सहमती नजुटेपछि महासचिव पोखरेलले फेसबुकबाट पोखे असन्तुष्टि
नेपालबहस संवाददाता
मंसिर ७, २०८१ शुक्रबार
मोरङबाट तस्करी लाइन सुचारु, महिनाबारी असुल्न घुमुवा परिचालन !
नेपालबहस संवाददाता
मंसिर ७, २०८१ शुक्रबार
सेनालाई काम नलाग्ने केटु सिरिजका हतियार किनाउन ठेकेदार कार्कीको चलखेल
नेपालबहस संवाददाता
मंसिर ८, २०८१ शनिबार
कोशी प्रदेश र बागमती प्रदेशका पहाडी भूभागमा हल्का वर्षाको सम्भावना
मंसिर १०, २०८१ सोमबार
कस्तो छ तपाईको आजको राशीफल ?
मंसिर १०, २०८१ सोमबार
उपनिर्वाचन हुने स्थानीय तहमा सार्वजनिक बिदा दिन आयोगको निर्देशन
मंसिर १०, २०८१ सोमबार
सरकार जनतालाई स्वच्छ एवं शुद्ध खानेपानी पुरयाउन कटिबद्ध छ : मन्त्री यादव
मंसिर ९, २०८१ आइतबार
इरानले शुक्रबार फ्रान्स, जर्मनी र बेलायतसँग आणविक वार्ता गर्ने
मंसिर ९, २०८१ आइतबार