सप्तरी प्रेस युनियनको अध्यक्षमा श्रवणकुमार देव
नेपालबहस संवाददाता
कात्तिक ६, २०७७ शुक्रबार ०:५३:५१
♦ धीरुभाइ
६ कार्तिक सप्तरी । नेपाली कांग्रेस पार्टी कार्यालय सप्तरीमा बिहीबार आयोजित एक कार्यक्रमबीच नेपाल प्रेस युनियन शाखा सप्तरीमा अध्यक्षको जिम्मेवारी परिवर्तन भएको छ । युनियनको नयाँ अध्यक्षको कार्यभार श्रवणकुमार देवलाई प्रदान गरेको छ ।
नेपाली काँग्रेस सप्तरी सभापति दिनेशकुमार यादवले अध्यक्ष देवलाई युनियनको बाँकी दुई वर्ष कार्यकालको लागि अध्यक्षको जिम्मेवारीको प्रमाणपत्र प्रदान गरेको छ । शाखा युनियनको जिल्ला अधिवेशनले दुई जना अध्यक्षलाई चयन गरेर आधा÷आधा कार्यकालको नेतृत्व गरिने पूर्व सहमति अनुसार देवलाई नेतृत्वको जिम्मेवारी प्रदान गरिएको निर्वाचन समितिका सदस्य मनोजकुमार माझीले बताए ।
यसअघि रामनारायण विश्वासले दुई वर्ष अध्यक्षको जिम्मेवारी पूरा गरेका हुन । निर्वाचन समितिका संयोजक गणेशकुमार देवको अध्यक्षतामा आयोजित जिम्मेवारी हस्तान्तर कार्यक्रममा कांग्रेस सभापति दिनेशकुमार यादवले पार्टीको सिद्धान्त, विचार, आदर्शलाई आत्मसात नगरिने अवसरवादीहरु पार्टी त्यागेर जान आग्रह गरे ।
पार्टीमा बसेर पार्टीलाई धोखा दिनेहरुले भ्रम मात्र फैलाउने कार्य गरिरहेको उनले आरोप लगाए । कोरोना भाइरस उपचार खर्च बारे सरकारको पछिल्लो निर्णयप्रति आक्रमक शैलीमा उनले भने, सरकार जनताप्रति खेलवाड गरिरहेको छ । जनताको स्वास्थ्यप्रति सरकार सम्वेदनशील छैन ।
सो कार्यक्रममा कांग्रेस उपसभापति भूवनप्रसाद आचार्य, सचिव प्रभातकुमार ललन, क्षेत्रीय सभापति महानन्द यादव, नेपाल पत्रकार महासंघ शाखा सप्तरीका पूर्व अध्यक्ष धीरेन्द्रप्रसाद साह, कांग्रेसका पूर्व क्षेत्रीय सभापति भगवतीप्रसाद यादव, नगर सभापति शम्भुलाल देव, युनियनका उपाध्यक्ष ललिताकुमारी साह, विनयकुमारलाल कर्ण, नेविसंघका पूर्व अध्यक्ष अर्जुनप्रसाद साह लगायतले शुभकामना मन्तव्य व्यक्त गरे ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपजनकपुरको दुर्गा मन्दिर परिसरमा वृद्धको हत्या
पुष ५, २०८१ शुक्रबार
पर्सामा मिटर ब्याजविरुद्ध प्रहरीको कदम, ३३ बिघाभन्दा बढी सम्पत्ति फिर्ता
पुष ३, २०८१ बुधबार
स्वास्थ्य बीमाको कभरेज बढाउन मुख्यमन्त्री सिंहको निर्देशन
पुष २, २०८१ मंगलबार
काठमाडौं महानगरका प्रमुख प्रशासकीय अधिकृतमाथि कारबाही सिफारिस
नेपालबहस संवाददाता
पुष ५, २०८१ शुक्रबार
मानव बेचबिखनविरुद्धकी अभियन्ता ‘टिप हिरो’ सुनिता दनुवारको निधन
पुष ८, २०८१ सोमबार
झापा कपः उपाधिका लागि आज चर्च ब्वाइज र एनआरटी भिड्दै
पुष ८, २०८१ सोमबार
व्यवसायिक माछापालनबाट वार्षिक ११ लाख आम्दानी
पुष ८, २०८१ सोमबार
ताप्लेजुङमा धान उत्पादनमा वृद्धि
पुष ८, २०८१ सोमबार
गोरखा नगरपालिकाद्वारा ‘जन्मदेखि मृत्यु संस्कारसम्म’ निःशुल्क सेवा
पुष ८, २०८१ सोमबार
रवि लामिछाने लगायतविरुद्धको मुद्दामा आजदेखि थुनछेक बहस
पुष ८, २०८१ सोमबार