बिकट बस्तीमा वर्षौपछि शुद्ध खानेपानी, स्थानीयवासी खुशी
नेपालबहस संवाददाता
कात्तिक ७, २०७७ शनिबार ४:२८:१५
७ कार्तिक, डोटी । जिल्लाको जोरायल गाउँपालिका–२ को बिकट बस्ती पनालीगैरामा वर्षौपछि शुद्ध खानेपानी पुगेको छ । उक्त गाउँका दलित समुदायमा निर्माण सुरु गरेको लामो समयपछि शुद्ध खानेपानी पुगेको हो । गाउँमा खानेपानी पुगेपछि स्थानीयवासी खुशी भएका छन् ।
सो गाउँपालिकाको ३५ प्रतिशत बजेट, ग्रामीण जलश्रोत व्यवस्थापन परियोजनाको ३९ प्रतिशत र उपभोक्ताको २६ प्रतिशत श्रमदान गरी कुल रु २९ लाख ९१ हजार ६२२ रुपैंयाको लागतमा पनालीगैरा खानेपानी तथा सरसफाइ योजना निर्माण कार्य गरिएको हो ।
विसं २०७६ पुस २९ गतेबाट निर्माण कार्य शुरु गरिएको उक्त योजनाको काम सम्पन्न भई आज उपभोक्ता समितिलाई हस्तान्तरण गरिएको सहजिकरण गर्ने संस्था केदार ग्रामीण विकास समाज नेपाल डोटीका फिल्ड संयोजक राम दाहालले बताए । सो गाउँमा २० घरधुरीका १३५ दलित परिवार छन् । गाउँपालिकाका उपाध्यक्ष जमुनाकुमारी बोहराले भने, “गाउँमा पानी नहुँदा दलित परिवारलाई निकै पीडा हुँदै आएको थियो, निकै प्रयासपछि शुद्ध पानी आएको छ, दलित परिवारलाई राम्रो भयो ।”
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपतीन महिनामा विद्युत् प्राधिकरणको नाफा ९ अर्ब ११ करोड ३२ लाख
पुष ३, २०८१ बुधबार
खानेपानी वितरण सुनिश्चित गर्न निर्देशन
पुष २, २०८१ मंगलबार
बारामा यसरी भइरहेछ घुमुवामार्फत असुली, नाकाहरूमा तस्करहरूको रजगज
नेपालबहस संवाददाता
पुष २, २०८१ मंगलबार
के परराष्ट्रमन्त्री राणालाई भारतीय विदेशमन्त्री एस जयशंकरले भेट देलान् ?
पुष ३, २०८१ बुधबार
एकीकृत समाजवादीको केन्द्रीय सचिवालय गठन
पुष २, २०८१ मंगलबार
परराष्ट्रमन्त्री डा देउवा भारत प्रस्थान
पुष ३, २०८१ बुधबार
न्यायालयको गरिमा कायम राख्न पारदर्शिता चाहिने
पुष ३, २०८१ बुधबार
आर्थिक कूटनीतिलाई प्राथमिकतामा राख्न राजदूतहरुलाई आग्रह
पुष ३, २०८१ बुधबार
बाल अस्पताल निर्माणमा सघाउन कतारसँग आग्रह
पुष ३, २०८१ बुधबार