कोरोनाबाट सुरक्षित रहेर दशैँ मनाउन मुख्यमन्त्री भट्टको आग्रह
नेपालबहस संवाददाता
कात्तिक ८, २०७७ शनिबार १४:१८:५१
८ कार्तिक, डोटी । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले कोरोनाबाट सुरक्षित रहेर दशैँ मनाउन आग्रह गरेका छन । राष्ट्रिय समाचार समिति ९रासस० मार्फत मुख्यमन्त्री भट्टले स्वास्थ्यको विशेष ख्याल गरेर यसपालिको दशैँ मनाउन सबै नागरिकलाई अनुरोध गरेका छन ।
दशैँका नाममा जताततै भीड गर्ने, हुल बाँधेर रमाइलो गर्ने जस्ता कार्य नगर्न तथा नगराउन मुख्यमन्त्री भट्टले सबै सुदूरपश्चिमेलीमा आग्रह गरे । मुख्यमन्त्री भट्टले भने, “स्वास्थ्यभन्दा ठूलो अरु कुनै छैन, यस वर्ष ज्यान जोगाएर पर्व मनाउनुस्, अर्को वर्ष झनै रमाइलो पर्व मनाउन पाइने छ ।”
उनले ज्येष्ठ नागरिक, बालबालिका र कमजोर स्वास्थ्यावस्थाका व्यक्तिको विशेष ख्याल गर्न पनि सुझाव दिए । मुख्यमन्त्री भट्टले कोरोना संक्रमणले समग्र सुदूरपश्चिम पनि आक्रान्त बन्दै गएकाले त्यसप्रति सचेत हुन अनुरोध गरे ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपशिक्षामा समयानुकूल परिमार्जन आवश्यक छ: मुख्यमन्त्री शाह
मंसिर ३०, २०८१ आइतबार
वर्षासँगै बैतडीसहित सुदूरपहाडमा हिमपात, जनजीवन प्रभावित
मंसिर २४, २०८१ सोमबार
बारामा यसरी भइरहेछ घुमुवामार्फत असुली, नाकाहरूमा तस्करहरूको रजगज
नेपालबहस संवाददाता
पुष २, २०८१ मंगलबार
गठबन्धन सरकार ढल्छ कि भन्ने भ्रममा नपर्न सञ्चारमन्त्रीको आग्रह
पुष ३, २०८१ बुधबार
परराष्ट्रमन्त्री डा देउवा भारत प्रस्थान
पुष ३, २०८१ बुधबार
न्यायालयको गरिमा कायम राख्न पारदर्शिता चाहिने
पुष ३, २०८१ बुधबार
आर्थिक कूटनीतिलाई प्राथमिकतामा राख्न राजदूतहरुलाई आग्रह
पुष ३, २०८१ बुधबार