चण्डेश्वरी र पलाञ्चोकमा प्रवेशद्वारबाट नै दर्शन र पूजा
नेपालबहस संवाददाता
कात्तिक ८, २०७७ शनिबार १९:३७:२७
८ कार्तिक, बनेपा । काभ्रेपलाञ्चोक, बनेपा नगरपालिका वडा नं ५ चण्डेश्वरीस्थित चण्डेश्वरी मन्दिर प्रवेश गर्ने मूलद्वारमा नै सूचना टाँसिएको छ, ‘जिल्ला प्रशासन कार्यालयको अत्यन्त जरुरी सूचना ।’ एकातिर संक्रामक रोगको डर, अर्कातिर जिप्रकाले शक्तिपीठ र मन्दिरमा प्रवेश निषेध गरेको सूचना प्रवेशद्वारमा नै टाँसेपछि हिजोआज मन्दिरमा दर्शन गर्न जानेहरु मूल प्रवेशद्वारबाट नै दर्शन र पूजा गरी फर्कने गरेका छन् ।
जिप्रकाले विषम परिस्थितिमा बडादशैंँमा घटस्थापनादेखि नवरात्रभर जिल्लाका विभिन्न शक्तिपीठ तथा मन्दिरका साथै स्थापना गरिने दुर्गाभवानीको पण्डालमा समेत सर्वसाधारणको भीड अत्यधिक भई कोरोना संक्रमणको सम्भावित जोखिम हुने भएकाले सर्वसाधारणलाई प्रवेश निषेध गरेको छ । विगत दशैंँमा मन्दिर परिसरमा दर्शनार्थीको ठूलो घुइँचो हुने गरेको थियो । अहिले कोरोना भाइरस संक्रमण जोखिमका कारण प्रवेशमा निषेध गरिएपछि बाहिरबाट नै दर्शन गर्ने ब्यवस्था मिलाइएको मन्दिरका पुजारी लक्ष्मण कर्माचार्यले बताए । ‘हामीले मन्दिरमा गर्नैपर्ने पूजाबाहेक अरु पूजासमेत बन्द गरेका छौंँ’, उनले भने । मन्दिरमा बनेपा आसपासका बासिन्दा दर्शन गर्न जाने गरेका छन् ।
त्यसैगरी पाँचखाल नगरपालिका वडा नं ९ पलाञ्चोकमा रहेको प्रसिद्ध एवं ऐतिहासिक पलाञ्चोक भगवती मन्दिरमा हरेक वर्ष राष्ट्रपतिबाट महाअष्टमीमा पूजा र दर्शन गरेकामा यस वर्ष भ्रमण स्थगन भएको वडाध्यक्ष किरण श्रेष्ठले बताए । सर्वसाधारण दर्शनका लागि आए पनि बाहिरबाट नै दर्शन गरी फर्कने गरेको र बलिपूजा पूर्ण रुपमा निषेध गरिएको उनको भनाइ छ । यसअघि पनि बन्दाबन्दीपछि मन्दिरमा यस वर्षको वैशाख पूर्णिमामा लाग्ने पूजा र जात्रा स्थगन गरिएको थियो ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपजनकपुरलाई विवाह गन्तव्यका रुपमा विकसित गरिने
जेठ १५, २०८१ मंगलबार
जहाँ बत्ती बलेपछि मात्र विश्वप्रसिद्ध गढीमाई मन्दिरमा पूजा गरिन्छ
जेठ १५, २०८१ मंगलबार
बुद्ध पूर्णिमाः लुम्बिनीमा दर्शनाथीको घुइँचो, व्यवस्थापन गर्न कोषलाई हम्मेहम्मे
जेठ ११, २०८१ शुक्रबार
सीमा सुरक्षा प्रहरी चौकी
नेपालबहस संवाददाता
जेठ १४, २०८१ सोमबार
फेरिए नारायणी अस्पतालको मेसु, डा.एनामुलले पाए जिम्मेवारी
आबिद हुसेन
जेठ १३, २०८१ आइतबार
के हो गृहमन्त्री लामिछानेको महिनावारी फण्डा ?
जेठ १५, २०८१ मंगलबार
टुँडिखेलमा मनाइयो १७ औँ गणतन्त्र दिवस
जेठ १५, २०८१ मंगलबार
लण्डनमा नेपाली दाजुभाइको 'स्क्वीज्ड' नामको नयाँ रेष्टुरेन्ट संचालनमा
जेठ १५, २०८१ मंगलबार
मदिरा र सुर्तीजन्य वस्तुमा कर वृद्धि
जेठ १५, २०८१ मंगलबार
बजेटबारे नेताहरूको मिश्रित प्रतिक्रिया : कोही भन्छन्- राम्रो, कोही भन्छन् नराम्रो !
जेठ १५, २०८१ मंगलबार
सूचना प्रविधि आर्थिक विकासको रुपान्तरणकारी क्षेत्रमा समावेश
जेठ १५, २०८१ मंगलबार
दलित समुदायलाई पहिलोपटक बजेट
जेठ १५, २०८१ मंगलबार
श्रीलङ्काले यस वर्ष ‘अन्तर्राष्ट्रिय नरिवल सामुदायिक कार्यक्रम’ आयोजना गर्ने
जेठ १५, २०८१ मंगलबार
नासाको मिसनद्वारा शुक्र ग्रहमा ज्वालामुखी विष्फोट पत्ता लाग्यो
जेठ १५, २०८१ मंगलबार