बैतडीको पाटन बजार क्षेत्र शिल, देहिमाडौँ बन्द
नेपालबहस संवाददाता
कात्तिक ८, २०७७ शनिबार २०:२५:२२
८ कार्तिक, बैतडी । कोरोना भाइरस रोकथाम तथा नियन्त्रणका लागि बैतडीको पाटन बजार क्षेत्र शिल गरिएको छ । यस्तै देहिमाडौँ बजार बन्द गरी सवारी आवागमनमा रोक लगाइएको छ । पाटन नगरपालिकाका प्रमुख केशवबहादुर चन्दको अध्यक्षतामा बसेको सर्वपक्षीय बैठकले दुईदिनका लागि शिल गर्ने निर्णय गरेको हो । शनिवार बिहान १० बजेदेखि आइतबार अपरान्ह ४ बजेसम्म पाटन बजार क्षेत्र शिल गर्ने निर्णय भएको हो ।
पाटनस्थित उदयदेव मन्दिरमा लाग्ने महाअष्टमी र महानवमीमा बलिसहित लाग्ने मेलालाई मध्यनजर गरेर बजार क्षेत्र शिल गर्ने निर्णय भएको नगरप्रमुख चन्दले बताए । यो वर्ष कोरोनाको जोखिमका कारण बलिमा रोक लगाइएको हो । उक्त निर्णयको कसैले उल्लंघन गरेमा ५ हजार जरीवाना गर्ने निर्णय समेत भएको छ ।
जिल्ला सुरक्षा समितिको निर्णय अनुसार नै बलिमा रोक लगाइएको इलाका प्रहरी कार्यालय पाटनका प्रमुख प्रहरी निरीक्षक धनदेव साउँदले जानकारी दिए । यसैबीच दशरथचन्द नगरपालिका २ स्थित देहिमाडौँ बजार दुई दिनका लागि बन्द गरिएको छ । यसका साथै सवारी आवागमनमा रोक लगाईएको छ । महाअष्टमीका दिन जिल्लाकै सबैभन्दा बढी बलि हुने देहिमाडौँ स्थित प्रसिद्ध निङ्गलाशैनी भगवती मन्दिरमा हुने मेला, जात्रा तथा बलि हुने भएकोले भीडभाड कम गर्न बजार बन्द र सवारी अवागमनमा रोक लगाएको हो । वडा कार्यालयले एक सूचना प्रकासित गरेर शुक्रबार र शनिवार बजार बन्द गर्नुका साथै शनिवार बजारमा सवारी आवागमनमा रोक लगाउने निर्णय गरेको वडा अध्यक्ष रनबहादुर बोहराले बताए।
महाअष्टमीको दिन शनिवार देहिमाडौंमा रहेको प्रसिद्ध निङ्गलाशैनी भगवती मन्दिरमा हुने बलिसहितको जात्रामा भीडभाडमा रोक लगाउन सशस्त्र प्रहरी र नेपाली प्रहरी परिचालन गरिएको बैतडीका प्रहरी प्रमुख प्रहरी नायव उपरीक्षक नारायणप्रसाद अधिकारीले जानकारी दिए । यस्तै मेला अवधिमा कसैले मदिरा सेवन गरी होहल्ला गरेको पाईएमा ५ हजार जरीवाना, कसैले मदिराको बिक्री वितरण गरेको पाइएमा १० हजार जरीवाना र कसैले जुवातास खेलेको अथवा खेलाइएको पाइएमा ५ हजार जरीवाना गरिने सूचनामा उल्लेख गरिएको छ ।
यसअघि जिल्ला सुरक्षा समिति र कोभिड १९ संकट व्यवस्थापन केन्द्रले जिल्लामा हुने सबै प्रकारका जात्रा, मेला, बलि तथा भीडभाड हुने क्रियाकलापमा रोक लगाउने निर्णय गरिसकेको छ । यसका साथै जिल्लाका अन्य शक्तिपीठमा पनि भीडभाड हुने गरी पूजाआजाका कार्यक्रम नगर्न अनुरोध गरिएको छ । बैतडीमा दशैँतिहारको बेला सुदूरपश्चिम प्रदेशकै बढी पशुबलि हुने गर्दछ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपशिक्षामा समयानुकूल परिमार्जन आवश्यक छ: मुख्यमन्त्री शाह
मंसिर ३०, २०८१ आइतबार
वर्षासँगै बैतडीसहित सुदूरपहाडमा हिमपात, जनजीवन प्रभावित
मंसिर २४, २०८१ सोमबार
बारामा यसरी भइरहेछ घुमुवामार्फत असुली, नाकाहरूमा तस्करहरूको रजगज
नेपालबहस संवाददाता
पुष २, २०८१ मंगलबार
के परराष्ट्रमन्त्री राणालाई भारतीय विदेशमन्त्री एस जयशंकरले भेट देलान् ?
पुष ३, २०८१ बुधबार
एकीकृत समाजवादीको केन्द्रीय सचिवालय गठन
पुष २, २०८१ मंगलबार
परराष्ट्रमन्त्री डा देउवा भारत प्रस्थान
पुष ३, २०८१ बुधबार
न्यायालयको गरिमा कायम राख्न पारदर्शिता चाहिने
पुष ३, २०८१ बुधबार
आर्थिक कूटनीतिलाई प्राथमिकतामा राख्न राजदूतहरुलाई आग्रह
पुष ३, २०८१ बुधबार
बाल अस्पताल निर्माणमा सघाउन कतारसँग आग्रह
पुष ३, २०८१ बुधबार