खगोल विज्ञानमा नेपाललाई दुई अन्तर्राष्ट्रिय पदक

नेपालबहस संवाददाता
कात्तिक ८, २०७७ शनिबार २०:३४:५७

८ कार्तिक, काठमाडौं । यस वर्ष सञ्चालित ‘ग्लोबल इ–कम्पिटिसन अन एस्ट्रोनोमी एण्ड एस्ट्रोफिजिक्स्’ मा नेपालले दुईवटा ‘अनरेबल मेन्सन अवार्ड’ जितेको छ । नेपालका लागि सेन्ट जेभियर्स कलेज, माइतीघरका राहुलरञ्जन साह तथा क्यापिटल कलेज एण्ड रिसर्च सेन्टर, कोटेश्वरका अंशुराज सेढाईले ‘अनरेबल मेन्सन अवार्ड’ प्राप्त गरेको नेपाल एष्ट्रोनोमिकल सोसाइटीका अध्यक्ष सुरेश भट्टराईले जानकारी दिए।
नेपालका तर्फबाट अध्यक्ष भट्टराईको नेतृत्वमा सम्मिलित टोलीमा सोसाईटीका परियोजना संयोजक तथा निर्देशक मनिषा द्वा, संस्थाका असोसियट सदस्य तथा पूर्व ओलम्पियाड प्रतियोगीहरु विजयचन्द्र लुईटेल तथा अङ्कित वेन्जु श्रेष्ठ सहभागी भएको सोसाइटीले जनाएको छ । असोज ९ गतेदेखि शुरु भएको अन्तर्राष्ट्रिय प्रतियोगिता कात्तिक ७ गते समापन भएको हो ।
व्यक्तिगत तथा सामूहिक विधामा सञ्चालित प्रतियोगितामा नेपालले व्यक्तिगततर्फ दुई अवार्ड हात पारेको हो । प्रतियोगितामा नेपाल लगायत ४० देशका व्यक्तिगततर्फ २७९ तथा सामूहिकतर्फ १५४ बढीले भाग लिएका थिए । सातौँ राष्ट्रिय एस्ट्रोनोमी ओलम्पियाडबाट छनौट भएका १४ विद्यार्थीलाई नेपालबाट प्रतियोगितामा सहभागी गराइएको थियो ।
कोभिड–१९ को कारण कोलोम्बियामा हुने भनिएको चौधौँं ‘इन्टरनेसनल ओलम्पियाड अन एस्ट्रोनोमी एण्ड एस्ट्रोफिजिक्स्’ २०२१ का लागि सारिएसँगै यस वर्ष विद्यार्थीको मनोवल उच्च राख्न तथा विषम परिस्थितिमा पनि अन्तर्राष्ट्रियस्थरको गतिविधि कायम गर्ने प्रयास स्वरुप ईन्टरनेसनल ओलम्पियाड अन एस्ट्रोनोमी एण्ड एस्ट्रोफिजिक्स्’ को सञ्चालक समितिले ईस्टोनिया सरकार तथा विज्ञको अनलाईन प्रतियोगिता गराइने अनुरोध पारित गरेको थियो ।
राष्ट्रिय एस्ट्रोनोमी ओलम्पियाड नेपालमा कक्षा ८देखि १२ सम्म अध्ययनरत २० वर्षभन्दा मुनिका विद्यार्थीका लागि सञ्चालित एक प्रतिभा पहिचान कार्यक्रम हो । सन् २०१४ देखि नेपालमा सञ्चालित प्रतियोगितामा सामेल विद्यार्थीले विभिन्न अन्तर्राष्ट्रिय प्रतियोगितामा भाग लिई पदक तथा अवार्ड प्राप्त गरेर देशभित्र र बाहिर उच्चस्तरीय विश्वविद्यालय तथा क्याम्पसमा भर्ना भई उत्कृष्ट प्रदर्शन गर्दै आएका छन् । आठौँ राष्ट्रिय एस्ट्रोनोमी ओलम्पियाडको आवेदन छिटै खोलिने जानकारी पनि सोसाइटीले विज्ञप्तिमार्फत दिएको छ । आवेदन तथा थप जानकारी धधध।लभउबबिकतचयलयmष्अबकियअष्भतथ।यचनरयथिmउष्बम मा छिट्टै उपलब्ध हुने जनाइएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपअब नेपाली रेडियो एक कदम अगाडि नेपाली पात्रोमा सुन्न सकिने
फागुन १३, २०८१ मंगलबार
फेब्रुअरी महिनाको अन्तिम दिन हुदैँछ दुर्लभ ‘ग्रहहरूको परेड’
फागुन १२, २०८१ सोमबार
वैज्ञानिकहरूको दाबी- पृथ्वीको भित्री कोरको आकार परिवर्तन हुन सक्छ !
फागुन ११, २०८१ आइतबार
भारतको केआईआईटी कलेजबाट फर्किएका विद्यार्थीलाई त्रिविले भर्ना लिने
फागुन १३, २०८१ मंगलबार
नेपाली अराजनीति अनि बजार हल्ला
फागुन १४, २०८१ बुधबार
भद्रपुर झापा गोल्डकप : झापा–११ फाइनलमा प्रवेश
फागुन १४, २०८१ बुधबार
राजदूत नेपालद्वारा स्पेनका राजासमक्ष ओहदाको प्रमाणपत्र पेस
फागुन १४, २०८१ बुधबार
पाल्पामा जन्मिएका मगर बेलायत ननिटनको मेयरमा मनोनीत
फागुन १४, २०८१ बुधबार
महाशिवरात्रिः राष्ट्रपति पौडेलले गरे पशुपतिनाथको दर्शन
फागुन १४, २०८१ बुधबार
जनकपुरधाममा लक्ष्यको तुलनामा कम धान खरिद
फागुन १४, २०८१ बुधबार
उपत्यकाबाहिरका शिवालयमा पनि भक्तजनको घुइँचो
फागुन १४, २०८१ बुधबार