यो वर्षको दशैँ कोरोनाले खल्लो, सखियाको मादल बज्न छोडेपछि गाउँ रौनकविहीन
नेपालबहस संवाददाता
कात्तिक ८, २०७७ आइतबार ४:२४:२९
८ कार्तिक, कञ्चनपुर । विगतमा दशैँ आएसँगै सखिया नृत्यले कञ्चनपुरका थारु गाउँमा छुट्टै रौनक ल्याउँथ्यो । तर, यो वर्ष गाउँमा सखियाको मादल बज्न छोडेपछि गाउँ रौनकविहीन बनेको छ ।सखियाको तालमा घन्किने मादलसँगै बज्ने मञ्जिरा ‘सखिया नाचमा बजाइने बाजा’ को आवाज नआउँदा यो वर्षको दशैंमा थारू गाउँ रौनकविहीन बनेको हो । कोरोना भाइरस सङ्क्रमण बढ्दो जोखिमका कारण थारु गाउँका टोल÷टोलमा हुने सखिया नाच नभएपछि दशैंमा थारु बस्ती सुनसान बनेको छ ।
सामाजिक सद्भाव र धार्मिक भावनाले ओतप्रोत रहेको तथा सामूहिक रुपमा घर घरमा गएर देखाइने हुँदा भीडभाड हुने भएकाले नृत्यको आयोजना नगरिएको हो । थारु समुदायका अगुवा वडघर, गुरुवा, केसौका, चौकीदार, गाउँका मान्यजनसँगै जनप्रतिनिधिहरुले बैठक गरी दशैंका बेला भीडभाड हुन नदिनका लागि सखिया नृत्य नगर्ने निर्णय गरेका छन् ।
धार्मिक अनुष्ठान र तान्त्रिक विधिबाट आरम्भ र अन्त्य गरिने सखिया नृत्य परम्परा जोगाउनका लागि मात्रै भीडभाड नहुने गरी एक दुई दिन नाच्ने व्यवस्था गरिएको पिपलाडीका वडाध्यक्ष नरेन्द्रप्रसाद चौधरीले बताए । “नृत्यमा थारु समुदायको अटुट आस्था र धार्मिक विश्वास रहेको छ” उनले भने, “कोरोना कहर सकिएपछि अर्को वर्ष नृत्यलाई धार्मिक विधिका साथ गरिन्छ । यो वर्ष यस्तै रह्यो ।”
“कोरोनाका कारण विश्वनै आक्रान्त बनेको बेला सखिया नृत्यको आयोजना गर्नु मुर्खता हो”, जोनापुरका वडघर रामप्रसाद चौधरीले भने, “दशैंमा सखिया नृत्य आयोजना गर्नका लागि गुरुवासँग सल्लाह ग¥यौं । गुरुवाले नृत्य आयोजना गर्दा रोगलाई निम्त्याउनु हो भनेपछि यो वर्ष सखिया नृत्य आयोजना नगर्ने भएका छौं ।
थारु समुदायमा दशैंका अवसरमा नाच लगेर सामूहिक रुपमा गुरुवा, वडघर र गाउँका मान्यजनबाट टिका थाप्ने चलन समेत रहेको छ । कोरोना सङ्क्रमण हुन नदिनका लागि नाच टोलीलाई नलग्ने र सामाजिक दूरी कायम गरेर मात्र टिका टालो गर्ने व्यवस्था मिलाइएको उनले बताए। “नाच टोलीसँगै वडघर, गुरुवा कहाँ टिका थाप्न जाँदाको मज्जा नै बेग्लै हुन्थ्यो”, सञ्चारकर्मी धन बहादुर कुश्मीले भने, “यो वर्षको दशैं कोरोनाले खल्लो बनाएको छ । आफन्तजन र नातागोतासँगै बसेर चामलको पिठोबाट बनेको ढिक्री सुगुँरको शिकारसँग खादै सखियाको मज्जा लिँदै दशैं मनाउन नपाइने भएको छ ।” कारोनाले यस वर्षको दशैं खल्लो बनाएको उनको भनाइ छ ।
मादलको ताल संगै कम्मर मर्काउदै सखिया नृत्यमा सहभागी हुने थारु युवतीहरु समेत दशैंका अवसरमा नृत्य गर्न नपाउँदा दुःखी भएका छन् । कोरोना सङ्क्रमणले दशैंमा सखिहरु ‘सहेलीहरु’ मिलेर नाचिने सखिया नृत्य गर्दा लगाउने नयाँ हातैले बुट्टा भरेर तयार पारिएका लहङ्गा र चोली समेत थारु युवतीहरुले पहिरन पाएका छैनन् । सखिया नृत्यमा थारु युवतीहरुले मादलको तालसँगै शरीरलाई विभिन्न मुद्रामा मोडेर नृत्य देखाउने गरेका छन् ।
“सहेलीसँग मिलेर सखिया नृत्य गरी रमाइलो गर्दा दशैं आएर सकिएको पत्तो नै हुँदैन्थ्यो”, सुनिता चौधरीले भने, “दशैंका बेला गाउँमा बेग्लै किसिमको रौनक हुन्थ्यो । मादलको तालमा नृत्य गर्दाको अनुभूति नै बेग्लै किसिमको हुन्थ्यो । कोरोना सङक्रमणले सखिया नृत्य नगर्ने भएपछि गाँउ नै सुनसान छ ।”
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपजनकपुरलाई विवाह गन्तव्यका रुपमा विकसित गरिने
जेठ १५, २०८१ मंगलबार
जहाँ बत्ती बलेपछि मात्र विश्वप्रसिद्ध गढीमाई मन्दिरमा पूजा गरिन्छ
जेठ १५, २०८१ मंगलबार
बुद्ध पूर्णिमाः लुम्बिनीमा दर्शनाथीको घुइँचो, व्यवस्थापन गर्न कोषलाई हम्मेहम्मे
जेठ ११, २०८१ शुक्रबार
सीमा सुरक्षा प्रहरी चौकी
नेपालबहस संवाददाता
जेठ १४, २०८१ सोमबार
फेरिए नारायणी अस्पतालको मेसु, डा.एनामुलले पाए जिम्मेवारी
आबिद हुसेन
जेठ १३, २०८१ आइतबार
के हो गृहमन्त्री लामिछानेको महिनावारी फण्डा ?
जेठ १५, २०८१ मंगलबार
लण्डनमा नेपाली दाजुभाइको 'स्क्वीज्ड' नामको नयाँ रेष्टुरेन्ट संचालनमा
जेठ १५, २०८१ मंगलबार
टुँडिखेलमा मनाइयो १७ औँ गणतन्त्र दिवस
जेठ १५, २०८१ मंगलबार
वीरगन्जमा १५ वर्षीया बालिकामाथि छुरा प्रहार
जेठ १६, २०८१ बुधबार
भारतको मिजोरममा रेमल आँधीका कारण २७ जनाको मृत्यु
जेठ १६, २०८१ बुधबार
महासचिव गुटेरेससँग सचिव लम्सालको भेट
जेठ १६, २०८१ बुधबार
नारायणगढ–बुटवल सडकखण्ड दुईतर्फी सञ्चालन
जेठ १६, २०८१ बुधबार
सलमानको सिकन्दरमा ‘कटप्पा’ भिलेन
जेठ १६, २०८१ बुधबार