स्वास्थ्य मापदण्डलाई पूर्ण पालना गरेर चाडपर्वहरू मनाउनु सर्बोत्तम उपाय : नेता केसी
नेपालबहस संवाददाता
कात्तिक ९, २०७७ आइतबार १४:२:१७
९ कार्तिक, काठमाडौं । नेपाली कांग्रेसका नेता तथा पूर्वमन्त्री अर्जुननरसिंह केसीले महामारीको संकटपूर्ण परिस्थितिमा स्वयंलाई सजग र होशियार बनाई भोलीको मुक्त र सुखद परिस्थितिको प्रतिक्षाका साथ चाडपर्वहरूलाई घर–परिवारभित्रै एकदमै सामान्य र सीमित ढंगले स्वास्थ्य मापदण्ड (protocol )लाई पूर्ण पालना गरेर मनाउनु सर्बोत्तम उपाय भएकाे बताउनु भएकाे छ ।
बडादशैँ २०७७ सालको अवसर शुभकामना सन्देश दिदै नेता केसीले विश्वव्यापी कोरोना महामारीले नेपाललाई निरन्तर आक्रान्त तथा भयावह बनाउँदै ल्याएको र महामारीबाट सयौंले आफ्ना प्रियजन गुमाउनु परेको वियोगात्मक अवस्थाका अतिरिक्त,भोकै मृत्यु हुने र आत्महत्याको संख्या भयावह हुँदैछ।यस्तो अभुतपूर्व राष्ट्रिय स्थिति भयावह आर्थिक संकटबीच यस वर्षका बडादशैं, दीपावली, म्हःपूजा, नेपाल सम्वतको न्हुँद (नववर्ष) ११४१ र छठजस्ता महत्वपूर्ण राष्ट्रिय चाडपर्वहरू आइरहेका छन् । महामारीबाट मुक्त, स्वस्थ र शान्तिपूर्ण जीवन, वर्तमानमा हामी सबैको अनिवार्य र साझा चाहना, आवश्यकता एवं चाडपर्वहरूको सार्थकता हो भन्ने मान्यता लिएर हामीले यी पर्वहरू मनाउनु आवश्यक रहेकाे बताएका छन।
शुभकामना सन्देशमै नेता केसी भन्छन्, तै पनि हामीले आफ्ना चाडपर्वहरू मनाउनु परेको छ । हरेक वर्ष हाम्रा प्रिय चाडपर्व आउनु प्रकृति हो, यसलाई समतावादी र सामाजिक रुपले मनाउनु हाम्रो संस्कृति हो, भड्किलो र अपव्ययी तरिकाले मनाउनु विकृति हो । प्रकृति, संस्कृति र विकृतिबीचको यो भेद चाडपर्व मनाउने बेलामा सम्झिनु उचित होला ।
हाम्रा चाडपर्वहरू मानवताको उत्थान, सामाजिक सद्भाव र अन्तरजातीय भाईचारा प्रबद्र्धन गर्ने सांस्कृतिक र आध्यात्मिक माध्यम हुन् । दशैं र तिहारमात्र होइन नेवार समुदायबाट विकसित म्हःपूजा तथा न्हुँद (नववर्ष) र तराई–मधेसको संस्कृतिबाट विकसित छठ पूजा हाम्रा साझा राष्ट्रिय पर्व र गर्वका उत्सब हुन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपप्रधानमन्त्री ओली र कांग्रेस सभापति देउवाबीच भेटवार्ता
मंसिर ३, २०८१ सोमबार
उपनिर्वाचनका लागि सुरक्षा व्यवस्था प्रभावकारी बनाउन गृहमन्त्रालयलाई आयोगको निर्देशन
मंसिर ३, २०८१ सोमबार
नेपाल प्रहरीमा १६ करोडको 'ट्रयाक सुट' खरिदमा करोडौं रुपैया घोटाला !
नेपालबहस संवाददाता
मंसिर १, २०८१ शनिबार
नक्कली फेसबुक आइडिको प्रयोग गरी २७ लाख ठगी आरोपमा पक्राउ
मंसिर ३, २०८१ सोमबार
नेपाल–भारत सीमा सुरक्षा बैठक : सीमापार अपराध नियन्त्रण थप प्रभावकारी बनाउने निष्कर्ष
मंसिर ३, २०८१ सोमबार
काठमाडौं महानगरले वर्गीकृत फोहर मात्रै व्यवस्थापन गर्ने
मंसिर ३, २०८१ सोमबार
आगोले पोलेर घाइते महिलाको उपचारका क्रममा मृत्यु
मंसिर ३, २०८१ सोमबार
डेडिकेटेड तथा ट्रंकलाइन विवाद: ‘टीओडी’का आधारमा बक्यौता गणना गर्न विज्ञ समिति गठन
मंसिर ३, २०८१ सोमबार
प्रधानमन्त्री ओली र कांग्रेस सभापति देउवाबीच भेटवार्ता
मंसिर ३, २०८१ सोमबार