अनमोल र सुहानाको लुक्ससहितको पोष्ट सार्वजनिक
नेपालबहस संवाददाता
कात्तिक ९, २०७७ आइतबार १६:२६:४३
९ कार्तिक, काठमाडौं । यो बर्षको दशैंमा चलचित्र ‘ए मेरो हजुर ४’को प्रदर्शन मिति तय गरिएको थियो । तर, कोरोना कहरका कारण चलचित्रको छायांकन पनि पुरा हुन सकेन । निर्माणपक्षले करिब ७ महिनापछि गतसाता चलचित्रको छायांकन सुरु गरेको थियो ।
यो बर्षको दशैंमा चलचित्र ‘ए मेरो हजुर ४’ रिलिज हुन नपाएपनि यसको निर्माणपक्षले भने चलचित्रका मुख्य कलाकार नायक अनमोल केसी र नायिका सुहाना थापाको लुक्स भने सार्वजनिक गरेको छ ।
चलचित्रका कलाकार, निर्माता, निर्देशक र प्राविधिकहरुले दशैंको शुभकामना दिदै चलचित्रमा कलाकारको लुक्स सहितको पोष्ट सार्वजनिक गरेका हुन् । ‘ए मेरो हजुर ३’मा म्यूजिक स्टारको रुपमा देखिएका नायक अनमोल केसी यो चलचित्रमा भने चकलेटी अवतारमा देखिएका छन् ।
नायिका सुहाना थापाको पनि चलचित्रको तेश्रो सिरिज भन्दा यसमा केही फरक गेटअप देखिएको छ । झरना थापा निर्देशित चलचित्रमा नायक सलोन बस्नेतको पनि मुख्य भूमिका छ । चलचित्रलाई सुनिल कुमार थापाले निर्माण गरिरहेका छन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपफिल्म ‘परालको आगो’ मा सुहाना अनुबन्ध
मंसिर ८, २०८१ शनिबार
फिल्म ‘ह्रस्व दीर्घ’ को छ दिनमा ५ करोड ४ लाख कमाई
मंसिर ७, २०८१ शुक्रबार
फिल्म 'ह्रस्व दीर्घ' भारतमा पनि रिलिज गर्छौं, लगानी उठाईसक्यौं : नीता ढुंगाना
मंसिर ७, २०८१ शुक्रबार
कांग्रेससँग बीआरआईमा सहमती नजुटेपछि महासचिव पोखरेलले फेसबुकबाट पोखे असन्तुष्टि
नेपालबहस संवाददाता
मंसिर ७, २०८१ शुक्रबार
मोरङबाट तस्करी लाइन सुचारु, महिनाबारी असुल्न घुमुवा परिचालन !
नेपालबहस संवाददाता
मंसिर ७, २०८१ शुक्रबार
सेनालाई काम नलाग्ने केटु सिरिजका हतियार किनाउन ठेकेदार कार्कीको चलखेल
नेपालबहस संवाददाता
मंसिर ८, २०८१ शनिबार
मनकामना केबलकार सञ्चालनको २७औं वर्षमा प्रवेश
मंसिर ९, २०८१ आइतबार
एनएमबि बैंकको संस्थापक शेयर लिलामी खुल्यो
मंसिर ९, २०८१ आइतबार
प्रि-ओपन सेसनमा नेप्से बढ्यो
मंसिर ९, २०८१ आइतबार
न्यायाधीश शर्माको एकल इजलासमा पर्यो दुर्गा प्रसाईंको बन्दीप्रत्क्षीकरण रिटको पेशी
मंसिर ९, २०८१ आइतबार
‘ड्रागन फ्रुट’ बेचेर वार्षिक १५ लाख आर्जन
मंसिर ९, २०८१ आइतबार
पोखरा–मुग्लिन सडक निर्माण कछुवा गतिमा
मंसिर ९, २०८१ आइतबार