“असम्भब भन्नेकुरा मुर्खको डायरीमा मात्र हुन्छ” !
नेपालबहस संवाददाता
कात्तिक ९, २०७७ सोमबार ०:३३:३२
माथिको भनाई एकजना बिश्वबिख्यात बिद्वानको हो । कल्पना नै उपलब्धिको धरातल हो । कल्पनामा ठुलो शक्ति हुने र कल्पना पश्चात यो धर्तिमा ठुलाठुला परिवर्तन र उपलब्धीहरु समेत हासिल भएकाले “असम्भब” भन्नेकुरा “मुर्ख”ले मात्र गर्दछ । एउटा कुरा हेक्का राख्न जरुरी छ । जुनकुरा कल्पनाद्धारा सम्भब छ, साथ र सहयोग प्राप्त हुनासाथ यो बिषयले आकार ग्रहणगर्न समय कुर्नु पर्दैन, बास्तबिकतामा परिणतहुन समय लाग्दैन ।
जुनसुकै समश्याका पछाडि केहि न केहि “कारण” हुन्छ । कारण बिनाको समश्या बिश्वमा हुँदैन र “कारण” नभई समाजमा कुनै घट्ना घट्दैन । सँगैका देशहरु बिकसित र समृद्ध हुँदा दक्षिण र पुर्बि एशियाका देशहरुले समृद्धि हासिलगर्न नसक्नु र यो क्षेत्र र यहाँका जनता दरिद्रताको मारमा पिल्सि रहनुमा “कारण” का रुपमा ठुलो कमजोरीहरु रहेकोछ ।
“गरिबी बिरुद्धलड्ने देशभित्र हो । शाशन पद्धति र शाशन ब्यबस्थामा गरिने परिवर्तनले मुलुक समृद्ध हुन्छ वा अमुक शाशक आउँदा समृद्धि प्राप्त हुन्छ । ” भन्ने “निर्भरता” को मानसिकता दक्षिण-पुर्बि एशियालीहरुले त्याग्न जरुरी भईसकेको छ । “विकाश”को लक्ष्य प्राप्ती देश बाहिरको परिबेशसँग अन्तरसम्बन्धित रहेको छ । एक्काईसौ शताब्दीको समयमा आ-आफ्नो देशभित्र एक्लाएक्लै गरिबी बिरुद्ध लडेर अर्थतन्त्र सबल र समृद्ध बनाउन सकिँदैन ।
आजको आधुनिक समयमा समृद्धि प्राप्त नहुनुमा देश बाहिरको अन्तराष्ट्रिय परिवेशले महत्वपुर्ण भुमिका खेलेको हुन्छ । अहिलेको समय अन्तर्राष्ट्रिय स्तरमा हुने प्रतिस्पर्धाको हो, बिश्व आर्थिक बजारसँग प्रतिस्पर्धा नगरीकन समृद्धता हासिल हुन्छ भन्ने ठान्नु कोरा कल्पना हो । बिकसित देशहरुको अर्थतन्त्रसँग सहकार्य र प्रतिस्पर्धा नगरिकन मुलुकमा समृद्धि आउछ भन्ने ठान्नु परिकल्पना (Ground Reality) मात्र हुनेछ ।
नेपाल लगायत दक्षिण र पुर्बि एशियाका अधिकांश देशहरु लुटको साम्राज्यद्धारा आक्रान्त छन । गौडा-गौडामा “भन्सार” र “कर” का नाममा गरिब जनताको टाउको माथि निर्मम प्रहार राज्यहरूबाट हुदैआएको छ । जनताको जिबनस्तर र क्रियाशक्ति बढाउनुपर्ने दायित्व बोकेको राज्य, क्रियाशक्ति घटाउन र उनिहरुलाई दरिद्रताको घानमा पिल्स्याउन उद्यत रहेको छ ।
अधिकांश देशको वैदेशिक मुद्रा संचिति र शोधनान्तर स्थिति बिदेश गएका श्रमिक युवाहरुको पाखुरामा निर्भर रहेकोछ । अर्थतन्त्र कृषि प्रधान भएका अधिकांश राष्ट्रहरुमा कृषि निर्बाहमुखि र जिबिकोपार्जनमा सिमित रहेकोछ । भएका कलकारखानाहरु धरासायि छन वा बिदेशी उत्पादनसँग प्रतिष्पर्धा गर्न नसक्ने अवस्थामा पुगिसकेका छन ।
अब पनि बिभिन्न तहको सरकार निर्माण गर्नु र ‘समृद्ध बनाउँछौ’ भन्ने ब्यक्ति वा संगठनलाई मुलुक जिम्मा लगाउनु मुलुकहरुलाई प्रयोगशालामा थप समयका लागि धकेल्नुमात्र हुनेछ । यो क्षेत्रका नेपाल कम्बोडीया,भियतनम लाओस,थाईल्याण्ड, म्यानमार,बंलादेश र भुटान लगायत देशका जनताहरुले हेक्का राख्नुपर्ने कुरा के हो भने यथास्थितिमा यो क्षेत्रमा परिवर्तन सम्भब छैन । त्याग र समर्पण बिना परिवर्तनको आशगर्नु ब्यर्थ हुनेछ ।
शान्ति र समृद्धिको मार्ग सिमा बिहिनता र बृहद राष्ट्र सहितको अर्थतन्त्रको निर्माण हो । समश्याको समाधान उत्साह र आशाका साथ एकिकरणको मार्गमा होमिनु हो । यो नै यो क्षेत्रको दरिद्रता हटाउने एक्काईसौ सताब्दीको अन्तिम बिकल्प हो । अबको बिकाश दक्षिण र पुर्बि एशियाका राष्ट्रहरुको पुनःसंरचना, सहकार्य र एकताबाट मात्र सम्भब हुनेछ । त्यसका लागि एकिकरणको भाबनालाई जनस्तरबाट आत्मसात (Hypothesis) गर्नु प्राथमिक सर्त हो
नेपाल लगायत दक्षिण-पुर्बि एशियाका देशहरुको “समस्या” गरिबी र दरिद्रतालाई मान्ने हो भने त्यसको एकमात्र समाधान देशहरुको “एकता” र त्यसले निर्माणगर्ने “शक्ति” हो । शक्ति निर्माण नै गरिबी र दरिद्रता हटाउने अन्तिम बिकल्प हो । अगाडि आउने बाधा र अवरोधलाई पन्छाएर “बृहद राष्ट्र” सहितको “शक्ति” निर्माण आजको आवश्यकता हो । यो नै दरिद्रता माथि बिजय हासिलगर्ने अन्तिम र एकमात्र बिकल्प भएकाले एकिकरणको मार्गमा अवतरण गर्नु आजको निर्बिकल्प मार्ग हो ।
लेखकले उठाएको दक्षिण र पुर्बि एशियाका देशहरुको एकिकरणको बिचार अप्रत्यासित र नौलो हो । तर यो बिचार भु-धरातलिय यथार्थ (Ground Reality) र यो क्षेत्रका देशहरुको राजनितिकर आर्थिक परिबेशले निम्त्याएको र सृजनागरेको तितो यथार्थ हो । राष्ट्रहरु मिलेर गरिने पुनरसंरचना तथा मिलन (Union) को कार्य असम्भब होईन । यसलाई असम्भबताको आरोप लगाउनु, सम्भावनालाई नकार्नु संकिर्ण बिचार तथा कमजोर मानसिकताको उपज हो । सार्बभौम जनतामा ईच्छा र जागरण आएको खण्डमा अभियानले आकार ग्रहणगर्ने, तत्पश्चात बिश्वको कुनैपनि तागतले अभियानलाई रोक्न-छेक्न सक्ने देखिदैन ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपनेपालमा स्की खेलको सम्भावना
मंसिर ११, २०८१ मंगलबार
भान्सामा नै छ बालबालिकाको पौष्टिक भोजन
मंसिर ११, २०८१ मंगलबार
जनतासँग जोडिएका आर्थिक क्षेत्रलाई किन बेवास्ता गर्छन् शासक, प्रशासकहरू ?
मंसिर ११, २०८१ मंगलबार
ओलीको ठूलो उपलब्धिः पाँच अर्बको चलखेलमा धितोपत्र बोर्डमा अध्यक्ष नियुक्ति !
नेपालबहस संवाददाता
मंसिर ११, २०८१ मंगलबार
ओलीको ठूलो उपलब्धिः पाँच अर्बको चलखेलमा धितोपत्र बोर्डमा अध्यक्ष नियुक्ति !
मंसिर ११, २०८१ मंगलबार
मुम्बईमा आतंकवादी हमलाको १६ वर्षः लश्कर-ए-तैयबा उर्फ एलईटी, अल कायदा भन्दा खतरनाक !
मंसिर ११, २०८१ मंगलबार
हिजबुल्लाहसँग युद्बबिरामबारे निर्णय लिन इजरायली मन्त्रिपरिषद बैठक सुरू
मंसिर ११, २०८१ मंगलबार
बाँसबारीमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु, तीन घाइते
मंसिर ११, २०८१ मंगलबार
मृगौलाको डाइलासिस र पाठेघरको उपचार व्यवस्था मिलाउँछौँं: स्वास्थ्यमन्त्री पौडेल
मंसिर ११, २०८१ मंगलबार
एमाले महासचिव पोखरेलसँग भियतनाम कम्युनिष्ट पार्टीका नेताको भेट
मंसिर ११, २०८१ मंगलबार
रास्वपा सांसदविरुद्धको अवहेलना मुद्दामा थप विवरण मगाउने आदेश
मंसिर ११, २०८१ मंगलबार
सप्तरीमा दुई दिनमा ३८ जना पक्राउ
मंसिर ११, २०८१ मंगलबार