गर्लफ्रेन्डको विषयमा विवाद हुँदा आफ्नै साथीको हत्या, दुई जना पक्राउ !
नेपालबहस संवाददाता
कात्तिक ९, २०७७ सोमबार १:७:१८
९ कार्तिक, काठमाडौं । भक्तपुर नगरपालिका १ ईटापाकोस्थित मेटल कारखानामा कार्यरत ३५ वर्षीय भारतीय नागरिक शाहीव हुसैनको हत्याको अभियोगमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ।पक्राउ परेका दुवैजना भारत उत्तर प्रदेश मुरादाबाद कुन्दरकी घर भएर भक्तपुर बस्दै आएका हुन्।
भक्तपुर ईटापाको मेटल कारखानामा बस्ने १९ वर्षीय सानु अन्सारी र भारत उत्तर प्रदेश मुरादाबाद मोहलपुर घर भई हाल सोही कारखाना बस्ने २३ वर्षीय सलमान खान पक्राउ परेको प्रहरी जनाएकाे छ । आइतबार बिहान पैदलयात्रीले शव देखेर प्रहरीलाई खबर गरेपछि अनुसन्धानका क्रममा प्रहरीले ती दुई जनालाई पक्राउ गरेको हो। घटनाबारे थप अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ ।
विवाद गर्लफ्रेन्डको विषय
कार्तिक ८ गते उनीहरु तीनैजनासँगै बसेर मदिरा सेवन गरेका थिए । राति करिब ९ बजे कारखाना फर्किने क्रममा भक्तपुर नगरपालिका २ ईटापाकोस्थित नरकट घारीमा पुगेपछि सानु अन्सारीको गर्लफेन्डको विषयमा शाहिव हुसैनसँग विवाद भएको थियो ।
त्यस क्रममा शाहिव हुसैनलाई सानु अन्सारी र सलमान खान दुबै जनाले ढुङ्गाले अनुहार र टाउकोमा प्रहार गरी हत्या गरी नरकट घारी खोल्सामा फालेको देखिएको डीएसपी गिरीले जानकारी दिए ।
आइतबार विहान ७:५० बजे भक्तपुर नगरपालिका- २ ईटापाकोको प्लानिङस्थित नरकटघारी खोल्सामा मानिस मृत अवस्थामा भेटिएको खबर पाएपछि महानगरीय प्रहरी परिसर भक्तपुरबाट प्रहरी उपरीक्षक तारादेवी थापाको कमाण्डमा १५ जनाको टोली घटनास्थल पुगेको थियो ।
शव हेर्दा टाउको र अनुहार चिन्न नसकिने गरी क्षतविक्षत अवस्थामा रहेको प्रहरीले जनाएको छ । प्रहरीले महानगरीय अपराध महाशाखा टेकु, महानगरीय अपराध महाशाखाको टोली र तालिमप्राप्त २ वटा कुकुर पनि लगी अनुसन्धान गरिएको थियो ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थप७ वर्ष कैद सजाय मागसहित दुर्गा प्रसाईंविरुद्ध साइबर अपराधको मुद्दा दर्ता
मंसिर २६, २०८१ बुधबार
वैदेशिक रोजगारीका लागि विदेश पठाइदिने भन्दै रकम ठगी गर्ने तीन जना पक्राउपछि सार्वजनिक
मंसिर २६, २०८१ बुधबार
१७ वर्षकी बालिका बलात्कार आरोपमा पक्राउ परेका पूर्वमेयरलाई चार दिन हिरासतमा राखिने
मंसिर २५, २०८१ मंगलबार
जाडोमा हृदयघात र स्ट्रोकबाट बच्न ओछ्यानबाट उठ्नेबित्तिकै गर्नुहोस् यी काम
नेपालबहस संवाददाता
मंसिर २५, २०८१ मंगलबार
पर्सामा रवि लामिछानेको ४ घण्टा बयान, १७ प्रश्न सोधिए
आबिद हुसेन
मंसिर २५, २०८१ मंगलबार
समस्या देखियो भनेर कामबाट पन्छिन हुन्नः मुख्यमन्त्री कँडेल
मंसिर २७, २०८१ बिहिबार
वायु प्रदूषण न्यूनीकरण आवश्यकः मन्त्री शाही
मंसिर २७, २०८१ बिहिबार
संयुक्त राष्ट्र महासभाको गाजा युद्धविरामको मतदानलाई हमासद्वारा ‘स्वागत’
मंसिर २७, २०८१ बिहिबार
टाइम म्यागजिनद्वारा डोनाल्ड ट्रम्पलाई दोस्रो पटक ‘पर्सन अफ द इयर’ घोषणा
मंसिर २७, २०८१ बिहिबार
बागमती नदी तथा खोला किनारसम्बन्धी मापदण्ड कार्यान्वयन नगर्न पत्राचार
मंसिर २७, २०८१ बिहिबार
दश करोड बढी लगानीमा विद्युतीय माइक्रोबस सञ्चालन
मंसिर २७, २०८१ बिहिबार