परिवारजनमा सीमित भएर पर्व मनाउन सभामुखको आग्रह
नेपालबहस संवाददाता
कात्तिक १०, २०७७ सोमबार १३:१३:५६
१० कार्तिक, काठमाडौं । सभामुख अग्निप्रसाद सापकोटाले कोरोना महामारीबाट सिर्जित विषम परिस्थितिका कारण यसपटक परिवारजनमा सीमित भएर चाडपर्व मनाउन अपिल गरेका छन । दशैँ, तिहार, नेपाल संवत् र छठ पर्वका अवसरमा आज शुभकामना दिँदै उनले सम्भव भएसम्म आफू बसोबास गरिरहेका स्थानमा नै चाडपर्व मनाउन आग्रह गरे ।
विगतमा जस्तो यस पटक पारिवारिक पुनर्मिलन र सामाजिक अन्तरघुलनका लागि सहजता नभएको उल्लेख गर्दै उनले यस वर्षका चाडपर्व कोभिड–१९ लाई परास्त गर्ने सङ्कल्पका लागि आपसी छलफल गर्ने अवसर बन्ने विश्वास आफूले लिएको बताए । सभामुख सापकोटाले प्राकृतिक विपत्ति र कोरोना भाइरसका कारण ज्यान गुमाएकाप्रति श्रद्धाञ्जलि अर्पण गर्दै परिवारजनमा समवेदना व्यक्त गरे ।
वर्षभरि आइरहने चाडपर्व नेपाली संस्कृतिका मौलिक विशेषता भएको उल्लखे गर्दै उनले बहुजातीय, बहुभाषिक, बहुधार्मिक र बहुसांस्कृतिक विशेषतायुक्त मुलुकमा मनाइने चाडपर्वले विविधताबीचको एकता, सामाजिक सद्भाव एवं व्यक्ति, परिवार र समाजलाई आपसमा जोड्ने काम गरेको बताए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपप्रधानमन्त्री ओली र कांग्रेस सभापति देउवाबीच भेटवार्ता
मंसिर ३, २०८१ सोमबार
उपनिर्वाचनका लागि सुरक्षा व्यवस्था प्रभावकारी बनाउन गृहमन्त्रालयलाई आयोगको निर्देशन
मंसिर ३, २०८१ सोमबार
नेपाल प्रहरीमा १६ करोडको 'ट्रयाक सुट' खरिदमा करोडौं रुपैया घोटाला !
नेपालबहस संवाददाता
मंसिर १, २०८१ शनिबार
नक्कली फेसबुक आइडिको प्रयोग गरी २७ लाख ठगी आरोपमा पक्राउ
मंसिर ३, २०८१ सोमबार
नेपाल–भारत सीमा सुरक्षा बैठक : सीमापार अपराध नियन्त्रण थप प्रभावकारी बनाउने निष्कर्ष
मंसिर ३, २०८१ सोमबार
काठमाडौं महानगरले वर्गीकृत फोहर मात्रै व्यवस्थापन गर्ने
मंसिर ३, २०८१ सोमबार
आगोले पोलेर घाइते महिलाको उपचारका क्रममा मृत्यु
मंसिर ३, २०८१ सोमबार
डेडिकेटेड तथा ट्रंकलाइन विवाद: ‘टीओडी’का आधारमा बक्यौता गणना गर्न विज्ञ समिति गठन
मंसिर ३, २०८१ सोमबार
प्रधानमन्त्री ओली र कांग्रेस सभापति देउवाबीच भेटवार्ता
मंसिर ३, २०८१ सोमबार