बोर्डले भन्यो, १२ कक्षाको परीक्षा केन्द्रमा हेल्थ डेस्क अनिवार्य !
नेपालबहस संवाददाता
कात्तिक ११, २०७७ मंगलबार १८:०:२०
११ कार्तिक, काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को परीक्षा केन्द्रमा अनिवार्य ‘हेल्थ डेस्क’ स्थापना गर्नु पर्ने जनाएको छ ।परीक्षार्थीलाई नोवेल कोरोना भाइरसबाट जोगाउन प्रत्येक केन्द्रमा हेल्थ डेस्क अनिवार्य गरिएको हो ।
माध्यमिक शिक्षा उत्तीर्ण परीक्षाको मूल्यांकन, परीक्षा सञ्चालन, व्यवस्थापन, अभिलेखीकरण र प्रमाणीकरण सम्बन्धी कार्यविधि, २०७७ अनुसार प्रत्येक विद्यालयले स्थानीय तह र स्वास्थ्य संघ-संस्थासँग समन्वय गरेर हेल्थ डेस्कको व्यवस्था गर्नुपर्दछ । यस पटक कोरोनाका कारण होम सेन्टरमा परीक्षा सञ्चालन गर्न लागिएको हो ।
निर्देशिका अनुसार परीक्षार्थीहरू बीचको दुरी कम्तिमा दुई–दुई मिटर कायम गर्नुपर्दछ । एउटा कक्षामा २० भन्दा बढी विद्यार्थी समेत राख्न पाइदैन । कोभिड–१९ का कारण स्थगित कक्षा १२ को परीक्षा ९ मंसिरदेखि सुरु गर्ने गरी बोर्डले परीक्षा तालिका सार्वजनिक गरेको छ ।
बोर्डले कुल पुर्णाङ्कको ४० प्रतिशतको परीक्षा सञ्चालन गर्न लागेको हो । बाँकी ४० प्रतिशत अंक कक्षा ११ र २० प्रतिशत कक्षा १२ को आन्तरिक मूल्यांकनबाट प्राप्त अंकबाट जोडिने बोर्डले जनाएको छ । कोरोना संक्रमित विद्यार्थीले परीक्षण रिपोर्ट नेगेटिभ आएपछि परीक्षाको छुट्टै व्यवस्था गरिने बोर्डले जनाएकाे छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपसकियो एकेडेमिक इनाभेसन इन इण्डष्ट्री विषयमा एकदिवसीय सेमिनार
असोज १७, २०८१ बिहिबार
गर्मी बढेपछि महोत्तरीका विद्यालय धमाधम बन्द
असोज ८, २०८१ मंगलबार
अत्यधिक गर्मी बढेपछि विद्यालय बिदा
असोज ७, २०८१ सोमबार
लामिछाने छुटाउन भित्रभित्रै हारगुहारः गृहमन्त्री लेखकसँग डीपीको भेटघाट
कुसुम सेञ्चुरी
कात्तिक १३, २०८१ मंगलबार
प्रहरीमा बढुवा सकसः आठ डीआईजीका लागि दर्जन प्रतिस्पर्धी
नेपालबहस संवाददाता
कात्तिक १३, २०८१ मंगलबार
एआईजी बढुवा र अवकाशमा हुने राजनीतिक चलखेलः को को होलान् एआईजी र डीआईजी ?
नेपालबहस संवाददाता
कात्तिक १४, २०८१ बुधबार
साम्बा भन्छिन्- यो हार बिर्सिन धेरै समय लाग्छ
कात्तिक १५, २०८१ बिहिबार
आयल निगमले घटायो पेट्रोलियम पदार्थको मूल्य
कात्तिक १५, २०८१ बिहिबार
अर्जुन कपुर र मलाइकाकाे ब्रेकअप !
कात्तिक १५, २०८१ बिहिबार
सवारी दुर्घटनामा एकको मृत्यु, एक जनाको अवस्था गम्भीर
कात्तिक १६, २०८१ शुक्रबार
आज देशभर मौसम अनुकूल रहने
कात्तिक १६, २०८१ शुक्रबार
लायन्स क्लव ३२५ केले चोभारमा मञ्जुश्री पार्क बनाउने, अनुमानित लागत ३५ लाख
कात्तिक १६, २०८१ शुक्रबार
दुखाई कम गर्न खाएको पेनकिलरले झन बढाउँछ दुःख
कात्तिक १६, २०८१ शुक्रबार
इङल्याण्डमाथि शानदार जित निकालेको नेपालले भोली अस्ट्रेलियासँग खेल्ने
कात्तिक १६, २०८१ शुक्रबार
गत वर्षको भन्दा यो वर्षको लक्ष्मीपूजामा १६४ मेगावाट बढी खपत भयो विजुली
कात्तिक १६, २०८१ शुक्रबार