वादी समुदायको माछा मार्ने र मादल बनाउने पेशा धरापमा
नेपालबहस संवाददाता
कात्तिक १२, २०७७ बुधबार १४:३४:५३
१२ कार्तिक, तुलसीपुर । मादल बनाउने वादी समुदायको पुख्र्यौली पेशा अहिले लोप हुने अवस्थामा छ । पछिल्लो पुस्ताले मादल बनाउन छोडेका छन् । अहिले वादी समुदायले मादल बनाउन समेत बिर्सिन थालेको तुलसीपुर ४ वायखोला निवासी गेहेन्द्र वादीले बताए । “मादल बनाउने हाम्रो पुख्र्यौली पेशा हो, तर हामीले यो पेशा भुल्न थालिसक्यौं”, उनले भने ।
बजारमा मादलको माग घट्दै जाँदा पनि मादल बनाउन छोडेको सोही ठाउँका भुपबहादुर वादीले बताए । अहिले बजारमा आाधुनिक उपकरण प्रयोग गरी गीत बजाउने, सुन्ने र नाच्ने चलन भित्रिएसँगै मादलको माग घट्न थालेको उनको भनाइ छ । “अहिले नाच्नगाउन, पेन्ड्राइभ जस्ता आधुनिक उपकरण प्रयोग हुन्छ”, उनले भने, “यसले गर्दा मादल नाचगानका लागि कमै प्रयोग हुने, माग पनि नहुँने भएकाले पेशा संकटमा छ ।” घरमै आएर माग गरेपछि मादल बनाउने गरेपनि व्यावसायिक रुपमा मादल बनाउन छोडेको उनको भनाइ छ ।
माछा मार्ने पेशा पनि धरापमा
वादी समुदायको अर्को पेशा भनेको माछा मार्ने पेशा पनि हो । यो पनि धरापमा परेको तुलसीपुर ४ निवासी गेहेन्द्र वादीले गुनासो गरे । “मादल पनि विक्न छोडेपछि हामीले माछा मार्ने पेशालाई जोड दिएका थियौ”, उनले भने, “तर , अहिले यो पेशा पनि धरापमा छ ।” नदी तथा खोलाहरुमा करेन्ट लगाएर, वीष हालेर सबै माछा मार्ने क्रम बढेपछि आफुहरुको यो पेशा पनि संकटमा परेको उनको भनाइ छ । जाल, बल्छिको प्रयोग गरेर माछा मार्ने गरेको भएपनि बजारबाट आएर करेन्ट आदि प्रयोग गरेर माछा मार्दा समस्या हुने गरेको छ ।
पाँच वर्ष पहिले दैनिक पाँच किलो बढी माछा मार्ने गरेका वादी समुदायले अहिले एक किलो माछा मार्न पनि धौ–धौ पर्ने गरेको तुलसीपुर उपमहानगरपालिका वडा नं. ७ नयाँबस्तिका धनराज वादीले गुनासो गरे । मादल बनाउने र माछा मारेर दुवै पेशा धराममा परेपछि अहिले वादी समुदायलाई दैनिकी चलाउन समस्या हुने गरेको छ ।
“बिगतमा माछा मारेर, मादल बनाएर दैनिकी चलाउने गरेका थियौँ”, उनले भने, “तर, पछिल्लो समय यी दुवै पेशाबाट दैनिकी चलाउन सक्ने अवस्था छैन् ।” यस्तो अवस्थामा सरकारले यो समुदायको रोजगारीको व्यवस्थापन गर्न तर्फ ध्यान दिनुपर्ने उनको भनाइ छ । दाङमा चार हजार बढी वादी समुदायको बसोबास छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपअर्थतन्त्रका सबल सूचकका जगमा कमजोर क्षेत्रहरु सुधार्न अर्थमन्त्रीको निर्देशन
कात्तिक २७, २०८१ मंगलबार
महालेखाले बुझायो आन्तरिक लेखा परीक्षण प्रतिवेदन
कात्तिक २७, २०८१ मंगलबार
लेखापरीक्षण: संघीय र प्रदेश सरकारको गरी साढे २१ अर्ब बेरुजु, पेश्की मात्र १० अर्ब ४५ करोड
कात्तिक २६, २०८१ सोमबार
रविको बयान : खातामा आएको २ करोड झिकेर चलाएको हुँ, कसले पठायो थाहा भएन !
नेपालबहस संवाददाता
कात्तिक २९, २०८१ बिहिबार
प्रहरीद्वारा रवि लामिछानेको सम्पत्ति रोक्का गर्न सम्बन्धित निकायमा पत्राचार
नेपालबहस संवाददाता
कात्तिक ३०, २०८१ शुक्रबार
नेपाल प्रहरीमा १६ करोडको 'ट्रयाक सुट' खरिदमा करोडौं रुपैया घोटाला !
नेपालबहस संवाददाता
मंसिर १, २०८१ शनिबार
नेपाल प्रहरीमा १६ करोडको 'ट्रयाक सुट' खरिदमा करोडौं रुपैया घोटाला !
मंसिर १, २०८१ शनिबार
नेपाल प्रहरीमा ५ डीआईजीको दरबन्दी थप गर्ने अन्तिम तयारी, बढुवाको लिगलिगे दौड !
मंसिर १, २०८१ शनिबार
मेलानिया ट्रम्प ह्वाइटहाउसमा नबस्ने
मंसिर १, २०८१ शनिबार
पाकिस्तानमा पृथकतावादी समूहको आक्रमणमा परी ७ सैनिकको मृत्यु
मंसिर १, २०८१ शनिबार
६ सय एक हप्ता सफाइ गर्दा पनि वागमतीको अवस्था उस्तै
मंसिर १, २०८१ शनिबार
कीर्तिपुर नगरप्रमुखमा कांग्रेसबाट डङ्गोलले चुनाव लड्ने
मंसिर १, २०८१ शनिबार
सहकारी ठगीको अनुसन्धान कहिँकतैबाट प्रभावित हुँदैन् : सञ्चारमन्त्री गुरुङ
मंसिर १, २०८१ शनिबार
‘कूटनीतिक माध्यमबाट’ युद्ध अन्त्य गर्न चाहेको जेलेन्स्कीको भनाइ
मंसिर १, २०८१ शनिबार
जनतासँग सहकार्य गरेर काम गर्न मुख्यमन्त्री कार्कीको निर्देशन
मंसिर १, २०८१ शनिबार