कांग्रेसको शुभकामना कार्यक्रममा कम्युनिष्ट सरकार भ्रष्टाचार संस्थागत गर्न खोजेको आरोप
नेपालबहस संवाददाता
कात्तिक १३, २०७७ बिहिबार ५:५५:३९
◊ धीरुभाइ
१२ कार्तिक, सप्तरी । नेपाली कांग्रेसका नेता तथा संघीय सांसद तेजुलाल चौधरीले कम्युनिष्ट सरकार देशमा भ्रष्टाचार संस्थागत गर्न खोजेको आरोप लगाए । सप्तरीको शम्भुनाथ नगरपालिकाको कठौनामा बुधबार दशैं, दिपावली एवं छठ पर्वको शुभकामना आदानप्रदान कार्यक्रमलाई सम्बोधन गर्दै चौधरीले कोभिड–१९ को महामारीमा सरकारको लापरवाहीले नेपाली जनतालाई दुःख भोग्नु परेकोले कांग्रेसले विरोध गर्नु पर्ने बताए ।
उनले कांग्रेसप्रति संकेत गर्दै विरोध भन्दा विकासमा बढी समय खर्चिनु सामुदायको लागी फाइदा रहने बताएका छन् । व्यक्ति र संस्थाको विरोध गर्ने समय विकासमा खर्चिनु पर्ने आवश्यक्ता रहेको बताए । उनले केहि व्यक्तिको व्यक्तिगत स्वार्थको कारण नेपाली कांग्रेस सप्तरीभित्र विवाद सिर्जना भएको बताए । उनले पार्टीभित्रका केही नेताहरुमा दुर्गामी सोच नभएका कारण जिल्लामा विवाद देखिएको बताए । जिल्लाका नेतृत्वले एकलौटी रुपमा पार्टी संचालन गर्न खोजेको आरोप लगाए ।
सोही कार्यक्रममा नेपाली कांग्रेस जिल्ला कार्य समितिका सचिव रामकुमार यादवले जिल्ला सभापति दिनेश यादवले पार्टीलाई विधान विपरित कार्य गर्दै पार्टी आफ्नो गोजिबाट संचालन गर्न खोजेको आरोप लगाए । उनले यस्तो कार्यलाई रोक्न सबै एकजुट हुनुपर्नेमा जोड दिए ।शुभकामना अदानप्रदान कार्यक्रममा कांग्रेसका युवा नेता मो. ईर्साद अन्सारीले सभापति यादवले पार्टीमा गुटउपगुट गरी विभाजन गर्न खोजेकोले उनी माथि अनुशासनको कार्वाही हुनुपर्ने बताए । नेपाली कांग्रेसका जिल्ला नेता तथा महासमिति सदस्य उमेश मिश्रले सभापतिको कार्यप्रति चिन्ता व्यक्त गर्दै सम्पूर्ण जिल्लाका नेता तथा कार्यकर्ता एकजुट हुनुपर्ने बताए ।
क्षेत्र नम्बर ३ (क) का सभापति रामनारयाण चौधरीको अध्यक्षतामा भएको कार्यक्रममा संघीय सांसद नविता चौधरी नेपाली कांग्रेस पूर्व जिल्ला उपाध्यक्ष राजकुमार न्यौपाने, पूर्व जिल्ला सचिव सबुरलाल साह , शम्भुनाथ नगरपालिकाका उपमेयर कविता सरदार, महासमिति सदस्य ध्रुव नारायण चौधरी, दुर्गानन्द चौधरी, जिल्ला नेता सिताराम साह, रामदेव साह, क्षेत्र नं. १ का क्षेत्रिय सभापति बद्री महात्मान, क्षेत्र नं. ३ का नेता रामसुन्दर मंडल, क्षेत्र नं. ४ का क्षेत्रिय सचिव बासुदेव ठाकुर, बोदेबर्साइन नगरपालिकाका नगर सभापति राजेन्द्र मंडल, शम्भुनाथ नगरपालिका वडा नं. २ का वडाध्यक्ष दुर्गानन्द भगत, वडा नं. ३ का अध्यक्ष शत्रुध्न चौधरी, वडा नं. ९ मनोज चौधरी, वडा नं. ११ का शम्भु प्रसाद चौधरी, नेपाल विद्यार्थी संघका जिल्ला सचिव रामानन्द देव लगायतले शुभकामना मनतव्य व्यक्त गरेका थिए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपप्रधानमन्त्री ओली र कांग्रेस सभापति देउवाबीच भेटवार्ता
मंसिर ३, २०८१ सोमबार
उपनिर्वाचनका लागि सुरक्षा व्यवस्था प्रभावकारी बनाउन गृहमन्त्रालयलाई आयोगको निर्देशन
मंसिर ३, २०८१ सोमबार
नेपाल प्रहरीमा १६ करोडको 'ट्रयाक सुट' खरिदमा करोडौं रुपैया घोटाला !
नेपालबहस संवाददाता
मंसिर १, २०८१ शनिबार
नक्कली फेसबुक आइडिको प्रयोग गरी २७ लाख ठगी आरोपमा पक्राउ
मंसिर ३, २०८१ सोमबार
नेपाल–भारत सीमा सुरक्षा बैठक : सीमापार अपराध नियन्त्रण थप प्रभावकारी बनाउने निष्कर्ष
मंसिर ३, २०८१ सोमबार
काठमाडौं महानगरले वर्गीकृत फोहर मात्रै व्यवस्थापन गर्ने
मंसिर ३, २०८१ सोमबार
आगोले पोलेर घाइते महिलाको उपचारका क्रममा मृत्यु
मंसिर ३, २०८१ सोमबार
डेडिकेटेड तथा ट्रंकलाइन विवाद: ‘टीओडी’का आधारमा बक्यौता गणना गर्न विज्ञ समिति गठन
मंसिर ३, २०८१ सोमबार
प्रधानमन्त्री ओली र कांग्रेस सभापति देउवाबीच भेटवार्ता
मंसिर ३, २०८१ सोमबार