पछिल्लो त्रैमासिकमा सामसुङ कीर्तिमान आम्दानी गर्न सफल
नेपालबहस संवाददाता
कात्तिक १४, २०७७ शुक्रबार १७:४०:४७
१४ कार्तिक, काठमाडौं । सामसुङले पछिल्लो त्रैमासिकमा कीर्तिमानी आम्दानी गर्न सफल भएको छ । जुलाईदेखि सेप्टेम्बर सम्मको अवधिमा सामसुङले ५९ अर्ब डलर अर्थात् ६० खर्ब रुपैयाँ भन्दा धेरै आम्दानी गर्न सफल भएको हाे ।
कम्पनीले सार्वजनिक गरेको त्रैमासिक रिपोर्ट अनुसार चालू सन् २०२० को तेश्रो त्रैमासिकमा सामसुङका स्मार्टफोनको बिक्रीदरमा ५० प्रतिशतले वृद्धि भएको छ भने माइक्रोचिप्सको बिक्री ८२ प्रतिशतले बढेको छ । स्मार्टफोन र माइक्रोचिप्सको बिक्रीमा भएको उच्च वृद्धिका कारण सामसुङको आम्दानीमा उछाल आएको हो । यस अवधिमा सामसुङका प्रिमियम टेलिभिजन तथा होम एप्लाइन्सेसहरुको बिक्रीमा समेत वृद्धि भएको छ ।
आम्दानीसँगै कम्पनीको मुनाफामा पनि उच्च वृद्धि भएको छ । तेश्रो त्रैमासिकमा सामसुङले खूद मुनाफा ८ अर्ब ३० करोड डलर मुनाफा गर्न सफल भएको छ । यो मुनाफा गत वर्षको सोही अवधिको तुलनामा ४९ प्रतिशतले बढी हो ।
विश्लेषकहरुका अनुसार अमेरिकाले चिनिया कम्पनी हुवावेमाथि प्रतिबन्ध लगाएसँगै सामसुङका स्मार्टफोन र चिपको बिक्रीदर ह्वात्तै बढेको हो । यसबाट सामसुङले हुवावेको बजार हिस्सा कब्जा गरिरहेको र अमेरिकी प्रतिबन्धले चिनिया कम्पनी हुवावेलाई ठूलो असर परेको देखिएको छ ।
गत अगष्ट महिनामा अमेरिकी वाणिज्य विभागले एक घोषणा गर्दै लाइसेन्स विना हुवोलाई चिप्स बिक्री गर्ने विदेशी कम्पनीमाथि पनि प्रतिबन्ध लगाउने बताएको थियो । ट्रम्प प्रशासनले मुलुकको राष्ट्रिय सुरक्षाको कारण देखाउँदै हुवावेमात्र नभई टिकटक र विच्याट जस्ता चिनिया कम्पनीहरुमाथि पनि प्रतिबन्धको घोषणा गरिसकेको छ । बीबीसी
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपमस्कको स्टारलिंकले डायरेक्ट–टू–सेल स्याटेलाइट टेक्नोलोजी लन्च गर्ने
मंसिर १२, २०८१ बुधबार
गुगलले आफ्ना कर्मचारीलाई किन भन्यो सबै प्रमाण नष्ट गर्नु ?
मंसिर ६, २०८१ बिहिबार
साइवर अपराधमा समातिएका प्रसाईंको धम्की र असुलीतिर मोडियो अनुसन्धान
नेपालबहस संवाददाता
मंसिर १५, २०८१ शनिबार
अरबौंको ठेक्का हात पार्न पासपोर्टको सफ्टवेयर प्रणालीमै अवरोध
नेपालबहस संवाददाता
मंसिर १३, २०८१ बिहिबार
बागमतीका ६७ सहकारी संस्थाका सञ्चालकमाथि कारबाही गर्न प्रहरीलाई पत्राचार
मंसिर १५, २०८१ शनिबार
बीआरआइमा कांग्रेसको ब्रेक थ्रु, आयोजना हेरेर ऋण र अनुदान दुवै स्वीकार गर्न सकिने !
मंसिर १५, २०८१ शनिबार
चीन सकारात्मक छ, बीआरआईमा सहमति हुन्छः परराष्ट्रमन्त्री राणा
मंसिर १५, २०८१ शनिबार
मध्यान्ह १२ बजेसम्ममा ३८ प्रतिशत मत खस्योः आयोग
मंसिर १६, २०८१ आइतबार
प्रधानमन्त्री ओलीले बोलाए मन्त्रिपरिषद् बैठक
मंसिर १६, २०८१ आइतबार
बुल्दीखोलामा निर्माणाधीन पुल ५० प्रतिशत सम्पन्न
मंसिर १६, २०८१ आइतबार
नासाले बनायो विशेष रोबोट, वृहस्पतिको चन्द्रमामा हिउँमुनि समुन्द्रमा डुब्ने !
मंसिर १६, २०८१ आइतबार
विश्व एड्स दिवसमा चेतनामूलक पदयात्रा
मंसिर १६, २०८१ आइतबार
पुष्पा-२ ले पहिलो दिन नै २०० करोड कमाउने प्रक्षेपण, १२ हजार स्क्रिनमा देखिने
मंसिर १६, २०८१ आइतबार