विगत ६ महिनादेखि ताइवानमा कोरोनाका सङ्क्रमित भेटिएन
![नेपालबहस संवाददाता](
https://nepalbahas.prixacdn.net/media/albums/NB_T3X4AROp05.jpeg
)
नेपालबहस संवाददाता
कात्तिक १४, २०७७ शुक्रबार २०:१८:२२
![](https://nepalbahas.prixacdn.net/media/albums/no-corona_gx1hYBnryn.jpg)
१४ कार्तिक, काठमाडौं । ताइवानमा पछिल्लो २०० दिनदेखि कोरोनाभाइरस आन्तरिक रुपमा सरेर सङ्क्रमित भएकाहरुको संख्या शून्य रहेको छ । विश्वभरी कोरोनाभाइरसको महामारी फैलिइरहेको भएपनि ताइवानमा भने अहिलेसम्म ५५० जना मात्रै सङ्क्रमित भेटिएका थिए ।
त्यसैगरी कोरोनाभाइरसका कारण ताइवानमा अहिलेसम्म सात जनाको मात्रै मृत्यु भएको छ । ताइवानमा झण्डै दुइ करोड तीस लाख जनसंख्या रहेको छ । ताइवानमा सबैभन्दा पछिल्लो सङ्क्रमित गत अप्रिलको १२ तारिखका दिन भेटिएको अधिकारीहरुले जानकारी दिएका छन् । कोरोनाभाइरसको महामारी नियन्त्रणका लागि सफल देशको रुपमा ताइवानलाई लिन थालिएको छ ।
चिकित्सा सम्बन्धी अष्ट्रेलियाली राष्ट्रिय विश्वविद्यालय मेडिकल सेन्टरका प्राध्यापक पिटर कोलिग्ननले कोरोना महामारीको राम्रो व्यवस्थापन गर्नेमा ताइवान विश्वमै सबैभन्दा अगाडि रहेको दावी गरे । प्रतिवेदनहरुका अनुसार ताइवान सन् २०२० मा लगातार आर्थिक बृद्धि गर्ने थोरै देशहरुको सूचीमा पनि रहेको छ ।
महामारीको चर्चा थाहा पाउनासाथ आवतजावत गर्ने र भिडभाड गर्नेहरुलाई रोक्ने गरी प्रतिबन्धात्मक व्यवस्थाहरु लागु गरिएकाले संक्रमण फैलिन नपाएको उनको भनाई छ । यस्तो व्यवस्था जनवरीमै लागु गरिएको थियो । साथै ताइवानले शुरुदेखि नै सीमा नाकामा पनि कडाइ गरेको थियो । ताइवानमा विद्युतीय माध्यमबाट शंकास्पद व्यक्तिहरुको ट्राकिङ गरिएको र शंका लागेका व्यक्तिहरुलाई कम्तीमा १४ दिन क्वारेन्टाइनमा बस्नुपर्ने व्यवस्था कडाइका साथ लागु गरिएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपदक्षिणी गाजा क्षेत्रमा ‘रणनीतिक विराम’ गर्ने इजरायली सेनाको घोषणा
असार २, २०८१ आइतबार
दोहा वार्तामा अफगानिस्तान सहभागी हुने
असार २, २०८१ आइतबार
रुसका दुई जेल कर्मचारी आइएस कैदीको बन्धकमा
असार २, २०८१ आइतबार
त्रिपाठीको कुलपूजामा प्राज्ञ डा. जगमान गुरुङ प्रमुख अतिथि
विनोद त्रिपाठी
असार २, २०८१ आइतबार
नेपालले टी- २० विश्वकप अन्तर्गत भोलि बिहान दक्षिण अफ्रिकासँग खेल्दै
नेपालबहस संवाददाता
जेठ ३२, २०८१ शुक्रबार
त्रिपाठीको कुलपूजामा प्राज्ञ डा. जगमान गुरुङ प्रमुख अतिथि
असार २, २०८१ आइतबार
आज यी चार प्रदेशमा चट्याङसहित वर्षा हुने
असार २, २०८१ आइतबार
राष्ट्रपति पौडेलले गरे जलवायुसम्बन्धी अनुसन्धान केन्द्रहरूको अवलोकन
असार २, २०८१ आइतबार
राष्ट्रिय महाधिवेशनले संघीयता विरोधीलाई जवाफ दिएको छः अध्यक्ष यादव
असार २, २०८१ आइतबार
मापदण्ड पुगेका क्रसर उद्योग नवीकरण र सञ्चालनको वातावरण बनाउन सरकारसँग माग
असार २, २०८१ आइतबार
ललितपुर महानगरको पुँजीगत खर्च ६१ प्रतिशत
असार २, २०८१ आइतबार
पञ्चकोटको विश्वशान्ति कलश निर्माणका लागि ७ करोड संकलन
असार २, २०८१ आइतबार
नक्कली लाइसेन्स प्रकरणमा यातायात कार्यालयका तत्कालीन प्रमुखसहित ५ जना पक्राउ
असार २, २०८१ आइतबार