स्याङ्जाको सामुदायिक विद्यालयमा मगर भाषाको पढाइ
नेपालबहस संवाददाता
कात्तिक १५, २०७७ शनिबार १२:४२:१८
१५ कार्तिक, वालिङ । स्याङ्जाको गल्याङ नगरपालिका ७ कल्लेरीमा रहेको सरस्वती आधारभूत विद्यालयमा मगर भाषा पढाउन थालिएको छ । मगर समुदायको भाषा, लिपी, लिपी र रीतिरिवाजको संरक्षण गर्दै नयाँ पुस्तामा हस्तान्तरण गर्ने उद्देश्यले मगर भाषाको पढाइ शुरु गरिएको विद्यालयका प्रधानाध्यापक दलबहादुर रानाले बताए ।
“पछिल्लो समय मगर समुदायका बालबालिकालाई यसबारे जानकारी नहुँदा मगर भाषा बोल्न जान्दैनन्”, प्रअ रानाले भने, “मगर भाषा संरक्षण गर्न विद्यालयमा यसको पठन पाठन शुरु गरेका हौं ।” विद्यालयले गत माघदेखि कक्षा एकमा पाठ्यक्रम विकास केन्द्रले निर्माण गरेको पाठ्यपुस्तकलाई आधार बनाएर ऐच्छिकरुपमा एकसय पूर्णाङ्कको मगर भाषाको पठन पाठन शुरु गरेको हो । “कक्षा एकमा अध्ययनरत विद्यार्थीलाई मगर भाषा पढाएका छौं”, प्रअ रानाले भने, “आगामी शैक्षिक सत्रबाट अन्य कक्षाहरुमा पनि ऐच्छिक विषयकोरुपमा मगर भाषा पढाउन शुरु गर्छौं ।”
विद्यालयमा हाल १–३ कक्षा सञ्चालन हुँदै आएको छ । मगर समुदायको बाहुल्यता रहेको गल्याङ नगरपालिकाको उक्त विद्यालय मगर भाषा पढाउने पहिलो विद्यालय रहेको गल्याङ नगरपालिकाका शिक्षा शाखा प्रमुख केदार शर्मा आचार्यले बताए ।
मगर भाषा, कला, संस्कृति, लिपीको संरक्षण गर्दै नयाँ पुस्तामा भाषा हस्तान्तरण गर्नका लागि नगरपालिकाले मगर भाषा अध्यापनका लागि एक जना शिक्षक उक्त विद्यालयलाई उपलब्ध गराएको शाखा प्रमुख आचार्यले बताए । नगरपालिकाले नेपाली भाषापछिको दोस्रो भाषाकोरुपमा मगर भाषालाई मान्यता दिने निर्णय गरेको थियो ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपसकियो एकेडेमिक इनाभेसन इन इण्डष्ट्री विषयमा एकदिवसीय सेमिनार
असोज १७, २०८१ बिहिबार
गर्मी बढेपछि महोत्तरीका विद्यालय धमाधम बन्द
असोज ८, २०८१ मंगलबार
अत्यधिक गर्मी बढेपछि विद्यालय बिदा
असोज ७, २०८१ सोमबार
लामिछाने छुटाउन भित्रभित्रै हारगुहारः गृहमन्त्री लेखकसँग डीपीको भेटघाट
कुसुम सेञ्चुरी
कात्तिक १३, २०८१ मंगलबार
एआईजी बढुवा र अवकाशमा हुने राजनीतिक चलखेलः को को होलान् एआईजी र डीआईजी ?
नेपालबहस संवाददाता
कात्तिक १४, २०८१ बुधबार
मौसम विभाग भन्छ, भोलिदेखि भाइटीकासम्म पानी पर्छ
नेपालबहस संवाददाता
कात्तिक १४, २०८१ बुधबार
साम्बा भन्छिन्- यो हार बिर्सिन धेरै समय लाग्छ
कात्तिक १५, २०८१ बिहिबार
आयल निगमले घटायो पेट्रोलियम पदार्थको मूल्य
कात्तिक १५, २०८१ बिहिबार
अर्जुन कपुर र मलाइकाकाे ब्रेकअप !
कात्तिक १५, २०८१ बिहिबार
नेपाल संवतसहित भोली गाई, बलि, हली र म्हपूजा, भाइटीकाको शुभ साइत आइतबार ११ः३७ बजे
कात्तिक १६, २०८१ शुक्रबार
भक्तपुरका नेवार समुदायले आज म्हः पूजा, भोलि भाइटीका मनाउने
कात्तिक १६, २०८१ शुक्रबार
भरतपुरमा मोटरसाइकल अनियन्त्रित भई पल्टिँदा चालकको मृत्यु
कात्तिक १६, २०८१ शुक्रबार
भैरहवा उडान गर्ने सर्तमा थाई एयरको प्रतिबन्ध फुकुवा
कात्तिक १६, २०८१ शुक्रबार
साउदी अरबपछि सिंगापुरमा पनि सिंघम अगेन रिलिज नहुने
कात्तिक १६, २०८१ शुक्रबार
स्पेनको बाढीमा मृत्यु हुनेको संख्या १५८ पुग्यो
कात्तिक १६, २०८१ शुक्रबार