घाँस काटिरहेकी बालिकाको बलात्कारपछि घाटी रेटेर हत्या गर्न खोज्दा….
नेपालबहस संवाददाता
कात्तिक १६, २०७७ आइतबार १९:५६:३०
१६ कात्तिक, जनकपुर । मध्यान्हको घाम थियो । खेतको कान्लामा उम्रिएको घाँस काट्न बालिका घरबाट निस्किन् । बालिका सँगसँगै पछाडी लागे एक भारतीय युवक । पर्सा गाउँपालिका– ५ कि रमिला (नाम परिवर्तन) बारीमा आफ्नै धुनमा घाँस काट्न लागिन् ।
घाँस काट्न लागेकी बेला पछि लागेका युवक पनि बारीमा पुगे । बालिकाको बढ्दै गएको जवानी देखेर मोहित भएका उनी शुरुमा फकाउने प्रयासमा थिए । केहीबेर कुराकानी गरे । घरमा सञ्चो बिसञ्चो सबैलाई सोधे । आमा बिरामी थिइन् ।
बिरामी आमालाई लिएर बुवा सदरमुकाम गएका थिए । घरमा उनी र स साना भाई थिए । बुवा आमा नभएपछि २७ बर्षीय मुकेश मुखियाले रमिलाको जवानी रसपान गर्ने मौका गुमाउन चाहेनन् ।
शुरुमा कुरा गर्न खोजेका उनी पछि नजिक गए । नजिक हुँदै गएका उनले बालिकाको संवेदनशिल अंग छुन थाले । यति गर्दा पनि बालिका आत्तिएकी थिइनन् । दाईले जिस्क्याएको सोचेकी थिइन् । तर मुकेश यतिमै रोकिएनन् ।
जब बालिकाको घाँटी रेट्न खोजियो
यौनको प्यासमा तड्पिएका मुकेशले बालिकाको कपडा खोल्न थाले । तर रमिला चिच्याइन् । शुरुमा सानै स्वरले चिच्याएकी थिइन् । मुकेशले मौका झनै गुमाउन चाहेनन् । त्यसपछि उनले बालिकाको मुख थुने । कपडा खोल्न लागे । खासगरी रमिलाले लगाएको शुरुवाल उनले फुकाले ।
एक हातले मुख च्यापेका मुकेशले सकेका थिएनन् । बालिकाले दुवै हात हटाएर झन् चिच्याउन थालिन् । यसपछि भने मुकेश आत्तिए । डराए । बलात्कार प्रयास गर्दा नसकेपछि उनी डराएनन् मात्रै । बालिकाको ज्यानै लिने धाउन्नमा लागे ।
त्यसपछि उनले बालिकाले घाँस काटिरहेको हँसिया समाते । बालिकालाई तर्साउन उनको आैला काटिदिए । त्यतिले पनि बालिका डराइनन् । उनको मुखको छेउमा हँसियाको चुचो लगाएर च्यात्न खोजे । औला र मुखबाट रगत बगेपछि बालिका डराइन् । तर गुहार माग्न छाडिनन् ।
त्यसपछि निकै आत्तिएका मुकेशले बालिकाको स्वर ठूलो हुँदै गएपछि घाँटी रेट्न तम्सिए । एक हातले मुख समातेर हँसिया घाँटीमा लिएर थोरै काटिसकेका थिए । त्यहीबेला परबाट बाइकको हर्न बज्यो ।
स्पीडमा हर्न बजाउँदै आएको बाइक नजिकै आएपछि मुकेशले घाँटीबाट हँसिया हटाए । यतिञ्जेल बालिका ‘बचाउ बचाउ, मार्न लाग्यो’ भनेर चिच्याएकी थिइन् । घाँटीबाट रगत बगिरहेको थियो ।
एउटा बाइकले बचाएको जिन्दगी
रेटिनका लागि घाँटीमा पुगिसकेको हँसिया देखेर बालिका बेहोस हुन मात्रै बाँकी थियो । रगत भलभली बगिरहेको थिाये । उनी अब म मारिन्छु भन्नेमा ढुक्क थिइन् । तर पनि गुहार माग्न छाडिनन् । कराउँदै गइन् । जब उनको नजिक बाइक आयो । बाइकमा चढेका युवक झरे । र बालिकाको नजिक गए ।
मुकेश यतिबेला हँसिया छाडेर नजिकै बसेका थिए । विभत्स अवस्थामा बालिकालाई देखेपछि उनले बाइकको पछाडी राखेर अस्पताल लिएर गए । प्रहरीलाई भनेर तुरुन्तै मुकेशलाई पक्राउ गर्न लगाए ।
घटना थाहा पाएपछि वडाध्यक्ष उमेश यादव बालिकालाई भेटेर फर्किएका छन् । प्रहरीले भने बलात्कारपछि हत्या गर्नै लागेका मुकेशमाथि थप अनुसन्धान गरिरहेको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थप७ वर्ष कैद सजाय मागसहित दुर्गा प्रसाईंविरुद्ध साइबर अपराधको मुद्दा दर्ता
मंसिर २६, २०८१ बुधबार
वैदेशिक रोजगारीका लागि विदेश पठाइदिने भन्दै रकम ठगी गर्ने तीन जना पक्राउपछि सार्वजनिक
मंसिर २६, २०८१ बुधबार
१७ वर्षकी बालिका बलात्कार आरोपमा पक्राउ परेका पूर्वमेयरलाई चार दिन हिरासतमा राखिने
मंसिर २५, २०८१ मंगलबार
जाडोमा हृदयघात र स्ट्रोकबाट बच्न ओछ्यानबाट उठ्नेबित्तिकै गर्नुहोस् यी काम
नेपालबहस संवाददाता
मंसिर २५, २०८१ मंगलबार
पर्सामा रवि लामिछानेको ४ घण्टा बयान, १७ प्रश्न सोधिए
आबिद हुसेन
मंसिर २५, २०८१ मंगलबार
समस्या देखियो भनेर कामबाट पन्छिन हुन्नः मुख्यमन्त्री कँडेल
मंसिर २७, २०८१ बिहिबार
वायु प्रदूषण न्यूनीकरण आवश्यकः मन्त्री शाही
मंसिर २७, २०८१ बिहिबार
संयुक्त राष्ट्र महासभाको गाजा युद्धविरामको मतदानलाई हमासद्वारा ‘स्वागत’
मंसिर २७, २०८१ बिहिबार
टाइम म्यागजिनद्वारा डोनाल्ड ट्रम्पलाई दोस्रो पटक ‘पर्सन अफ द इयर’ घोषणा
मंसिर २७, २०८१ बिहिबार
बागमती नदी तथा खोला किनारसम्बन्धी मापदण्ड कार्यान्वयन नगर्न पत्राचार
मंसिर २७, २०८१ बिहिबार
दश करोड बढी लगानीमा विद्युतीय माइक्रोबस सञ्चालन
मंसिर २७, २०८१ बिहिबार