कर्णालीको कहर थाँती, ओलीको निर्णयपछि मात्रै पुनर्गठन
नेपालबहस संवाददाता
कात्तिक १६, २०७७ आइतबार २०:३५:३९
१६ कार्तिक, काठमाडौं । लगभग पुनर्गठनको अन्तिम तयारीमा पुगेका कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाही एक्कासी रोकिएका छन् । हिजो साँझ मुख्यमन्त्री शाहीले पुनर्गठन गर्ने तयारी गरिरहँदा प्रधानमन्त्री ओली पक्षका दुईजना मन्त्रीलाई हटाएर नेता माधवकुमार नेपाल पक्षका दुुईजनालाई मन्त्रिमण्डलमा समावेश गर्ने जानकारी अध्यक्ष पुष्पकमल दाहाललाई दिएका थिए ।
त्यसको संकेत उनले हटाइन लागेका मन्त्रीहरुलाई गरिसकेका थिए । सोही बमोजिम हटाइन लागेका मन्त्रीहरुले सामाजिक सञ्जालमार्फत आफ्नो विदाईको स्वघोषणासमेत गरेका थिए । तर आज बिहानै अध्यक्ष प्रचण्डले केही दिन पुनर्गठन नगर्न सल्लाह दिएकाले हाललाई रोकिएको स्रोतले बतायो ।
आफू पक्षका दुईजनालाई हटाउने बुझेपछि प्रधानमन्त्री ओलीले त्यसको प्रतिक्रिया दिने तयारी गरेका थिए । यसबारे संकेत पाएका प्रचण्डले बिहानै नेता नेपालसँग टेलिफोन संवाद गरे । साथै, ओलीले नयाँ कदम नचलेसम्म कर्णालीमा पुनर्गठन नगरौं भन्ने सहमति दुईजनाबीच भएको छ–खुमलटार निकट स्रोतले भन्यो ।
त्यसैले ओलीले अब गर्ने संघीय मन्त्रिमण्डलको पुनर्गठन र अन्य कदम प्रष्ट भएपछि मात्रै कर्णाली प्रदेशबारे के गर्ने भन्ने टुंगो लाग्ने छ– स्रोतले भन्यो । फेरिपनि बल ओलीकै कोर्टमा पुुगेको छ भन्दै स्रोत भन्छ– ओलीले गर्ने क्रियाको प्रतिक्रिया हामीले दिने हो । ओलीको निर्णयले नै पार्टीको आगामी कार्यक्रम र दिशा स्पष्ट हुनेछ ।
यसको अर्थ संघीय सरकारको स्वरुप जस्तो रहन्छ, कर्णालीको पनि त्यस्तै रहने हो । यसैबीच, ओली पक्षका भनिएका कर्णाली प्रदेशका सांसद्हरुबीच मत बाझिएको छ । यामलाल कंडेलको व्यक्तिगत कुण्ठाले गर्दा समग्र कर्णाली प्रदेश प्रभावित हुन लागेको भन्दै केही सांसदले यस्तो अस्थिरता अन्त्य गर्ने भएका छन् ।
यस प्रयोजनका लागि थप छलफल गर्न उनीहरु राजधानी आउँदैछन् । प्रधानमन्त्रीसँगै भेटेर सबै कुरा गर्ने भन्दै केही सांसदले मुख्यमन्त्री शाहीलाई सघाउने संकेत गरेको बुझिएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपकर्णालीमा अझै आयोडिनयुक्त नुन पु-याउनै कठिन
मंसिर ३, २०८१ सोमबार
एक होइन, अनेक सम्भावनाको क्षेत्र हो कर्णाली: मुख्यमन्त्री कँडेल
मंसिर १, २०८१ शनिबार
हुम्लाबाट जिल्ला बाहिर जान टिकटको समस्या
कात्तिक २७, २०८१ मंगलबार
मोरङबाट तस्करी लाइन सुचारु, महिनाबारी असुल्न घुमुवा परिचालन !
नेपालबहस संवाददाता
मंसिर ७, २०८१ शुक्रबार
सेनालाई काम नलाग्ने केटु सिरिजका हतियार किनाउन ठेकेदार कार्कीको चलखेल
नेपालबहस संवाददाता
मंसिर ८, २०८१ शनिबार
इरानले शुक्रबार फ्रान्स, जर्मनी र बेलायतसँग आणविक वार्ता गर्ने
मंसिर ९, २०८१ आइतबार
अब हिंसाका तथ्याङ्क र घटना कम गर्न आवश्यक छ : महानगर प्रमुख महर्जन
मंसिर १०, २०८१ सोमबार
यस्तो बन्दैछ ग्वार्कोमा ‘फ्लाई ओभर’ [ फोटो फिचर ]
मंसिर १०, २०८१ सोमबार
पत्रकारको भेषमा अपहरण गरी दुई लाख फिरौती माग्ने बीरगञ्ज टाइम्सका हरिशंकर प्रहरी फन्दामा
मंसिर १०, २०८१ सोमबार
निःशुल्क विशेषज्ञ डाक्टरको सेवा पाउँदा दुर्गमका नागरिक खुसी
मंसिर १०, २०८१ सोमबार